एन आर एन बेल्जियमको मुद्दाले विश्व सम्मेलनमा लफडाको संकेत

NRN-299x300एन आर एन बेल्जियमको गत निर्वाचनले गर्दा आगामी अक्टोबर महिनामा नेपालमा हुने एन आर एन को अन्तर्राष्ट्रिय सम्मेलनमासमेत लफडा हुनसक्ने संकेत देखिएको छ । एन आर एन बेल्जियमको निर्वाचनमा समाबेशी समूह भनेर छुट्टै प्यानल सहित देखा परेको समूहले केन्द्रसमक्ष उजूरी दिएको थियो । तर केन्द्रले खासै सुनुवाई गरेको थिएन । र बिजयी भनिएकै प्रेम गुरुङको समूहलाई मान्यता दिएको थियो । तर अहिले हारेको समूह वा समाबेशी समूहले आफ्नो उजूरीमा केन्द्रले न्याय नगरे वा पून निर्वाचन नगरे अगामी बिश्व सम्मेलनमा जोडतोडले यो मुद्दा उठाउने भनेर केन्द्रलाई निबेदननै दिकाले अब यो मुद्दाले बिश्व सम्मेलनमापनि लफडा निम्त्याउने संकेत देखिएको हो ।

एन आर एनको गतिबिधीमै अब आइन्दा भाग नलिने भन्दै प्रेस विज्ञप्ती जारि गर्ने र बेल्जियमबासी नेपालीसमक्ष एन आर एन बेल्जियमको गत निर्वाचन बारे ब्यापक छलफल गर्ने भनेर सार्वजनिक कार्यक्रम आयोजन अगरेपछि यो मुद्दा बेल्जियममापनि फेरि तात्ने देखिएको छ । समाबेशी समूहले यसबारे छलफल गर्न सेप्टेम्बर एक का दिन लुभेन शहरमा अन्तर्क्रिया राखेको छ ।

समाबेशी समूहले आगामी विश्व सम्मेलन अगाडिनै पून निर्वाचन गर्नुपर्ने माग राखेको छ । आगामी विश्व सम्मेलनबाट एनआरएन बेल्जियममको बारेमा अन्तिम टुङ्गो नलागेसम्म यस संगठनका नाममा गरिने सवै कार्यक्रम तथा गतिविधिमा बेल्जियमबासी समावेशी समुहका संस्थागत रुपमा भाग लिएका नेपाली जनसम्पर्क समिति, नेपाली जनप्रगतिशील मंच, संघिय समाजबादी पार्टीको नेपाली संघिय समाज, नेपाल आदिबासी जनजाति महासंघ, बेल्जियम एन आर एनका गतिबिधीमा सहभागि नहुने अडान राखेपछि यो मुद्दा चर्किएको छ । यसका पक्षकाले विश्व सम्मेलनमापनि यस मुद्दालाई चर्काउने अवस्था देखा परेको हो ।

एन आर एन बेल्जियमका पूर्व अध्यक्ष तथा समाबेशी समूहका तर्फबाट उम्मेदवार बनेका पिजी शेर्पाले केन्द्रलाई पठाएको पत्रमा मतगणना कार्यमा जम्मा खसेको मत र मुचुल्का उठाइएको संख्या भन्दा ३८ बढि मतपत्र बाकसमा भेटिएको प्रमाणित भएको उल्लेख छ । अख्तियारीको चरम दुरुपयोग गरि तत्कालिन अध्यक्ष तथा एक पक्षिय निर्वाचन समिति र निर्वाचन प्रयवेक्षक पुष्प थापा, जर्मनी, आईसिसि अर्जुन कुमार श्रेष्ठ र रविन्द्रंमान श्रेष्ठलेसमेत निर्वाचनको विश्वव्यापी मान्यताको खिलापमा धांधलिका साथ फर्जी मतको प्रयोग गरिएको प्रत्यक्ष अवलोकन नै गरीरहेपनि निश्पक्ष जिम्मेवारी निर्वाह नगरेको आरोपपनि बिज्ञप्तीमा लगाइएको छ ।

त्यति मात्रै होइन धाँधलीपूर्ण निर्वाचनलाई बदर गरि फेरि निष्पक्ष ढंगले निर्वाचन गरिपाउँ भनेर निबेदन गर्दापनि त्यसलाई वेवास्ता गरी संसार भरको एन सिसिहरूमा समेत असर पर्न सक्छ भनेर समयमा नै विवेकशील निर्णयमा नपुराउनेमा आई सिसि अध्यक्ष जिवा लामिछाने सहित परिषद सेक्रेटारियट सदस्य एन आर एन युरोप संयोजक कुमार पन्तलाइपनि आरोप लगाइएको छ ।

बिज्ञप्ती हेर्नुस्

अध्यक्ष जीव लामिछाने,
तथा परिषद सदस्यहरू,
नमस्कार,

एन आर एन बेल्जियमको सन्दर्भमा समावेशी  समुहको  संयुक्त वक्तव्य

गैर आवासिय नेपाली संघ बेल्जियमको गत ७ जुलाइ २०१३ मा भएको निर्वाचनमा अन्य क्षेत्र लगायत लुभेन क्षेत्रमा मतदान पश्चात सवैको रोहवरमा मतपेटिका शिल बन्दी गरिएको ३३२ मत खसेको मुचुल्का गरिएको थियो ।  मतगणना कार्यमा जम्मा खसेको मत र मुचुल्का उठाइएको संख्या भन्दा ३८ बढि मतपत्र बाकसमा भेटिएको प्रमाणित भएको, अख्तियारीको चरम दुरुपयोग गरि तत्कालिन अध्यक्ष तथा  एक पक्षिय   निर्वाचन समितिले  र निर्वाचन प्रयवेक्षक पुष्प थापा, जर्मनी, आईसिसि अर्जुन कुमार श्रेष्ठ र रविन्द्रंमान श्रेष्ठ ले  निर्वाचनको विश्वव्यापी मान्यताको खिलापमा धांधलिका साथ फर्जी मतको प्रयोग गरिएको प्रत्यक्ष अवलोकन नै गरीरहेको तर निश्पक्ष जिम्मेवारी भुमीका निर्वाह नगरेको पनि स्पष्ट भै सकेको छ ।

धाँधलीपुर्ण चुनाव र  विश्व मान्यता विपरित   एक तर्फी घोषणा कार्यको सम्बन्धमा बेल्जियमको नेपाली समुदाय र विश्व जगत एन आर आर सबैमा  मेडिया  मार्फत अवगत तथा सार्वजानीक भैसकेको छ । यस समस्याको जन्म हुने स्थिति पैदा गर्ने माथि नाम पद उल्लेख भएका सबै पर्नु हुन्छ भने यसलाई वेवास्ता गरी संसार भरको NCC हरूमा समेत असर पर्न सक्छ भनेर समयमा नै विवेकशील निर्णयमा नपुराउनेमा ICC अध्यक्ष जीवा जी र परिषद सेक्रेटारियट सदस्यहरू सबै पर्नु हुन्छ, ईन्क्लुडिं RCO कुमार पन्त जी ।

प्रयवेक्षक पुष्प थापा र एन आर एनको केन्द्रमा समेत यस बारेमा   लिखित उजुरी दर्ज गराई सकिएको तर केन्द्रले उजुरी प्राप्त भएको जनाएको छ  भने हामीलाई यस बारेमा केहि नवताएको तर केन्द्रिय पदाधिकारीहरुले विश्व सम्मेलनमा यो मुद्धालाई उठान गर्ने जनाएका छन् । विश्व सम्मेलन अगावै यस मुद्धालाई किनारा नलगाउँदा सम्म बेल्जियममा एनआरएनलाई स्वच्छ मान्न नसकिने केन्द्रले निस्पक्ष न्यायको पक्षमा नउभिएको पनि स्पस्ट पार्न चाहान्छौं ।

यस परिप्रेक्ष्यमा एन आर एन को विश्वभरि  संजाल बढ्दै गइरहेको अवस्थामा  निर्वाचनको परिवेशका यस्ता गैह्र क्रियाकलाप, अस्वस्थता, धांधलिपुर्ण घटनाक्रमलाई निष्पक्ष रुपमा छानविन नगरि अगाडि बढ्दा यसको गलत प्रभाव अन्य मुलुकका एन आर एन हरूमा पनि पर्ने र परिसकेको कुरामा बेलैमा सबै एन आर एन बासी सजग र सतर्क हुन गैर आवासीय नेपाली संघ अन्तराष्टिय समन्वय परिषदलाई हामी जोडदार माग गर्दछौं ।

आगामी विश्व सम्मेलनबाट एनआरएन बेल्जियममको बारेमा अन्तिम टुङ्गो नलागेसम्म यस संगठनमा नाममा गरिने सवै कार्यक्रम तथा गतिविधिमा  बेल्जियमबासी समावेशी समुहका संस्थागत रुपमा भाग लिएका नेपाली जनसम्पर्क समिति , नेपाली जनप्रगतिशील मंच, संघिय समाजबादी पार्टीको नेपाली संघिय समाज , नेपाल आदिबासी जनजाति महासंघ, बेल्जियम लगायत नेपाली समुदाय सहभागी नहुने जानकारी सहित उत्तम विकल्प पुन: ताजा निर्वाचनको लागि हार्दिक अनुरोध गर्दछौं ।

साथै यस  समुहका संगठनहरु, उम्मेद्वारहरु, सहयोगी तथा समर्थकहरु र बेल्जियमका नेपाली संघसंस्था तथा समुदायहरुले बेल्जियमको सन्दर्भमा भएको अनियमितताको विश्लेषण र आगामी दिनमा कस्तो अबधारणाबाट अगाडि बढ्ने भन्ने सवालमा सामुहिक छलफल कार्यक्रम  तलको निम्न मिति, समय  र स्थानमा  तय गरिएकोले समस्त बेल्जियमबासी नेपाली दाजुभाई दिदीबहिनीहरुलाई उपश्थित भै दिनु हुन संयुक्त रुपमा हार्दिक अपिल गर्दछौं ।
मिति – १ सेप्टेम्बर २०१३
स्थान – लुभेन
समय –१४ बजे
सन्तोस जोशी सुवास – अध्यक्ष
चित्र सुवेदी ।           – अध्यक्ष
नेत्र मगर ।              – अध्यक्ष
पि.जी. शेर्पा             – अध्यक्ष
नेपाली जनसंपर्क समिति,
नेपाली जनप्रगतिशिल मंच,

नेपाली संघिय समाजवादी,
नेफिन , बेल्जियम,
With best regards.
P.G. Sherpa
ICC सदस्य Belgium

 

तपाइँको प्रतिक्रिया