हात्तीको दाना मान्छेले खाए, लोकतन्त्रलाई टिबी
लोकतन्त्र भन्ने चिज देख्नै नहुने भो नेपालमा । शासन पद्दतीको लोकतन्त्र त टिबी रोगले ग्रसित छ नै । हुँदाहुँदा लोकतन्त्र नाम देखेपछि हात्तीलाईपनि टिबीले आक्रमण । २०६८ को हात्ती सुन्दरी प्रतियोगितामा फस्टरनरअप भएकी लोकतन्त्रकली (फोटो)लगायत करिब एक दर्जन हात्तीलाई टिवीले ग्रस्त पारेपछि जिवजन्तुबिद, हात्तीका माहुते र हात्तीका चिकिस्शकलाई समेत चिन्ता थपिएदिएको छ । हाम्रो शासन पद्दतीको लोकतन्त्र त हाम्रै नेताको कमजोरी र जनता बढि सजग नहुनाले टिबीको शिकार भयो । तर मरक्क मरक्क पार्दै केराको बोटै चपाउन सक्ने । टाउकोले यस्सो धकलिदिए सिंगो रुखै ढालिदिने । सडकमा हिँड्दापनि खुट्टाले खाडल पारिदिने । सूँडले समातेपछि सिंगै रुख जरक्क उचालेर ल्याउन सक्ने । संसारकै सबैभन्दा ठूलो स्थनधारी जिव, साह्रै बलियो जन्तु हात्तीलाईपनि कसरि टिबीले समात्यो ?
चितवन राष्ट्रिय निकुञ्जमा गस्ती (निगरानी) र पर्यटकलाई चढाउन भनेर राखिएका करिब ६० हाती मध्ये केहि टिबीले ग्रस्त छन् । केहि औषधी खाएर निको हुँदै छन् । त्यस्तै निजि पर्यटक ब्यवशायीले राखेका हात्तीमापनि टिबी लागेको छ । किन लाग्छ हात्तीलाई टिबी ?
हातीलाई किन टिबी लाग्छ भन्ने बुझ्नु अघि हात्ती कस्तो जिव हो भन्ने बुझ्नु जरुरि हुन्छ । हाती यस्तो जनावर हो जुन कहिल्यै पनि सय प्रतिशत घरपालुवा बन्न सक्दैन । अर्थात ति मानिससित पुरै रत्तिँदैनन् । चरा, कुकुर, बिरालो, बँदेललाई झैं सय प्रतिशतनै घर पालुवा बनाउन हात्तीलाई संभव छैन । तिनमा केहि प्रतिशत जंगलीपना बाँकिनै रहन्छ । त्यसैले यदि घर पालुवा हात्तीलाई जंगलमा लगेर छोडिदिने हो भने ति जंगलमै हराउन सक्छन् । बर्दि या, पर्सा र चितवन राष्ट्रिय निकुञ्जमा हात्ती हराएपछि महिनौं पछि फेला परेका घटना छन् । त्यहि कारणले गर्दा हो । यसबाट के बुझिन्छ भने पाल्तु अवस्थाको हावापानी, रहनसहन र खान्किले हातीलाई पूर्णरुपमा खुशि बनाउन सक्दैन । हात्तीको शारिरिक विकास र स्वास्थ्य अनुकूल हुँदैन ।
जंगलमा रमाउँदा हात्तीहरुले प्राक्रितिक वातावरणमा अनेक खाले वनस्पती खान्छन् । आफ्नो स्वास्थ्यकालागि उचित हुने बनस्पती तिनले चिनेका हुन्छन् । कतै प्रतिकूल हुँदा ति अर्को आफूलाई अनुकूल हुने ठाउँतिर, मौसम अनुसार आवश्यक वनस्पती पाईने क्षेत्रतिर बसाई सर्छन् । त्यसैले तिनमा रोग प्रतिरोधक क्षमतापनि बढि उन्छ । ति बढि स्वस्थ हुन्छन् । ति बलिया हुन्छन् । त्यहि कारणले हो एउटै जंगली मत्ता भालेले घरपालुवा हात्तीको बथानमा पसेर चितवन र बर्दिया निकुञ्जमा बेला बेला धेरै हात्तीलाई कुट्ने र घाईते पार्ने गरेको ।
चितवनमा पाल्तु हात्तीलाई बलियो राख्ने र आहार पुगोस भने हरेक दिन केहि सख्खर, नुन र धान दिने गरिन्छ । वर्षौं देखि यसको वार्षिक टेण्डर आव्हान गरिँदै आएको छ । तर हातीलाई खुवाईने यो धान न्युन कोटीको दिने गरिन्छ । सख्खर कुहिएको दिने गरिएको छ । नुन कहिले दिने गरिन्छ त कहिले दिईन्न । हात्तीको हेरचाह गर्ने माहुते, पछुवा र हात्तीसारका प्रशासक र ठेकदार मिलेर हात्तीको दानापानीमा भ्रस्टाचार गर्ने गरिएको छ । बजारमा मिल्किने अवस्थाको दानापानी ल्याएर दिने गरिन्छ ।
हात्तीलाई दिने धान, सख्खर र नुन घाँसका डल्ला पारेर दिने गर्नालेपनि त्यसको स्तर खास कसैले देख्न पाउँदैन । हातीहरुको स्वास्थ्य त्यहि कुहिएको धान र सख्खरका कारणले गर्दपनि छिटो टिबीको रोगी हुने गरेका छन् ।
हाम्रा पाल्तु हातीहरुलाई यसरि टिबी लाग्नुको कारण केपनि हो भने बढि काममा दलाउने र आराम नदिने गर्नाले । जंगली हात्तीहरु चौबिस घण्टामा करिब १६ घण्टा त नुहाउने, खेल्ने र चर्ने गरेरै बिताउँछन् । अहिलेका हात्तीका वंशपनि जंगली हात्तीकै भएकाले तिनको शरिरलेपनि त्यहि खोज्छ । तर निकुञ्जका हात्तीहरु बिहान साँझै पर्यटक बोकाउन लगिन्छ । कहिले त दिनमा तिन पटकसम्म लगिन्छ । पानीमा आहाल खेल्न बिरलै पाउँछन् । जसले गर्दा किराहरुले सताइराखेका हुन्छन् । वर्षाद लागेका बेला निकुञ्जको हरियो घाँस काटेर दिने गरिएपनि अरु बेला रुखो पराल मिल्काएर छोडिदिन्छन् । १६ घण्टा आफूखुशि रमाएर, खाएर र डुलेर समय बिताउनुपर्ने जिवलाई १६ घण्टा गतिलो खान्कि नदिइकनै काममा लदाएपछि के हुन्छ ?
पाल्तु हात्तीहरुलाई यसरि टिबी लाग्नुको कारण दानापानी र आरामको अभाव हो भन्ने कुरा किनपनि पुष्टी हुन्छ भने किन जंगली अवस्थामा रहेका हात्तीलाई टिबी लागेको प्रमाण भेटिँदैन । जुनसुकै हात्तीमापनि टिबी लाग्ने हो भने त झन कुनै उपचार र रेखदेख बिना जंगलमा बस्ने हात्तीलाई अझ बढि टिबी लग्नुपर्ने होइन र ?
हात्तीमा लाग्ने टिबीको प्रक्रिति जोनोटिक हुन्छ । अर्थात जनावरबाट मानिसमा सर्ने वा मानिसबाट जनावरमापनि सर्न सक्छ । विशेषज्ञहरुको यहि दाबीका कारण गत साल फ्रान्समा टिबी लागेका दुई एशियाली हात्तीलाई लठ्ठ्याएर मारिएको थियो । टिबी लागेपछि मानिसमा जस्तै हात्तीमापनि खोक्ने, हिँडडुल गर्न कम रुचाउने, तौल घट्ने, ज्वरो आउने, कमजोर बनाउने हुन सक्छ । तर हात्तीम अलि गम्भिर रुपमा नफैलिएसम्म लक्षण नदेखिनपनि सक्छ । तर लक्षण नदेखिँदैपनि टिबी ले ग्रसित हात्तीले अरुमा सार्न भने सक्छ ।
मान्छेको टिबीको जाँच गर्दा छालाबाट स्याम्पल लिइन्छ भने हात्तीको चाहिँ सूँडबाट जसलाई ट्रङ्क वास स्याम्पल भन्छन् । हात्तीले किरा भगाउनको लागि शरिरमा धुलो छर्किन्छ र त्यो सूँडलेनै टिप्छ । सबै खाने कुरो सूँटलेनै समातेर मुखमा पुर्याउँछ । हरेक चिज छाम्ने, पानी तान्ने, समात्ने गर्दा सूँड बढि चलाउने हुँदा यसैको जाँच गर्ने गरिएको हुनसक्छ ।
त्यसो त, हातीमा टिबी अहिलेका चिकित्शकले नयाँ भनेपनि होइन । किनकि करिब दुई हजार वर्ष पहिलेनै संस्क्रितित ग्रन्थहरुले हातीमा एक थरी रोग लाग्ने गरेको उल्लेख गरिसकेका थिए । अहिले हात्तीमा लागेको टिबी त्यहि भएको कोरेट स्कूल अफ भेटेरिनरी मेडिशिन हिब्रु यूनिभर्सिटी अफ जेरुसलेमका प्रोफेसरले दाबी गरेका छन् । हात्तीलाई लाग्ने टिबीलाई मिकोबेक्टरियम ट्युबरक्लोसिस भनिन्छ । मामुत अमेरिकानम भनिने परापूर्वकालिन हात्तीको हड्डी अनुसन्धाअन् गर्दा त्यसमापनि टिबी रोग लागेको पाइएको थियो ।
त्यसो त मानिसले प्रत्यक्षरुपमा हात्तीमा तिबी लागेको प्रमाण फेला पारेको सन् १८७५ मै हो । त्यो बेला बेलायतको लण्डनस्थित सदरचिडियाखानामा एउटा हात्ती टिबी लागेर मरेको थियो । इन्डियन एलाफेन्ट भनिने एशियाली हातीमा लागेको थियो । तर अफ्रिकी हात्तीमा भने टिबी लागेको फेला परेको सन् १९६० को दशकमा हो । अमेरिकामा टिबी रोगले हात्ती र मानिसकालागि चिन्ताको चासोको विषय बनेको भने सन् १९९६ बाट हो । त्यो बेला पाल्तु हात्तीको एक समूह मध्ये दुई वटा हात्तीलाई तिबी लागेपछि चासो बनेको थियो । त्यसपछी त्यो रोग अन्य हात्तीमा छ कि छैन, छ भने कुन अवस्थाको हो । त्यो सर्छ कि सर्दैन भनेर सबै पत्ता लगाउन अमेरिकी क्रिषी बिभाग (युएसडिए) ले एउटा अनुसन्धान टोली गठन गर्यो ।
१९९८ मा टिबी रोग पत्ता लगाउने, मार्गनिर्देशन गर्ने भनेर गठित टोलीले एउटा गाईडलाईन बनायो, सबै हातीहरुको स्वास्थ जाँच र टिबी उपचार बारे । त्यहि बेलादेखि विश्वभर हात्तीको उपचारमा विशेष निगरानी हुन थालेको हो । सन् १९९४ देखि सन् २००५ को बिचमा अमेरिकामा ३३ वटा घटना भेटिएका थिए हात्तीमा टिबी लागेको । ति मध्ये ३१ वटा त एशियाली हात्ती थिए । ति मध्ये केहिको सूँड जाँचेर हेर्दा थाह पाइएपनि अधिकांशको म्रित्युपछि पोस्टमोर्टम गरेपछि मात्रै पत्ता लागेको थियो । तैपनि त्यो बेलासम्म टिबी रोग म्रित्युको कारकको रुपमा निश्चित गरिसकिएको थिएन ।
अमेरिकामा गरिएको अनुसन्धान अनुसार हरेक आठ वटा हत्तीमध्ये एउटामा टिबी लागेको पाइएको छ । अमेरिकाको चार राज्यका ३८७ हात्तीमा परिक्षण गर्दा हालसालै ५९ वटामा टिबी फेला परेको थियो । त्यसरि अनुसन्धान गर्दा मन्दिरमा राखिएका हात्तीमा सबैभन्दा बढी टिबी फेला पर्यो । मन्दिरमा राखिएका ६३ मध्ये १३ हात्ती टिबीको रोगी थिए । १६० वटा निजि हात्ती (ब्यक्तिले पालेका) मध्ये १४ वटामा र वन बिभागका १६४ हाती मध्ये चाहिँ जम्मा १९ वटामा लागेको थियो ।
(पहिलो तस्विर- नागरिक न्युज)






