म्याराथनमा जानु अघि नियमित ब्यायम गर्छन् चरा

ददि सापकोटा

malard-duck-4

यदि तपाई  कुनै म्याराथन दौडमा जानु छ भने अघिल्लो दिन मात्रै भाग लिन्छु भनेर हुन्छ ? केहि समयदेखि दौडको तालिम वा ब्यायाम नगरि सकिन्छ ? सकिन्न । ठिक त्यस्तै हो चराको म्याराथन पनि । अर्थात लामो दूरीको बसाईमा निक्लिनु अघि चराहरुलेपनि यदि ब्यायम नगरि उडे भने असफल हुन्छन् । त्यसैले अब यति समयपछि आफ्नो ठाउँ छोडेर अन्त जानुछ भन्ने भएपछि पहिलेदेखिनै बसाई सर्ने चराहरुको ब्यायमकालागि धमर्धुस चल्छ । कुन कुन चराले कस्तो कस्तो खालको ब्यायाम गर्छन् । कति समय अघिदेखि ब्यायाम गर्न थाल्छन् भन्ने सबै प्रजातिको अनुसन्धान त भैसकेको छैन ।

00218297

तर बेर्नाकल गिज भनिने पानी हाँसहरुको बारेमा भने बैज्ञानिकहरुले अलि गहिरो अध्ययन गरेका छन् । तर बसाईसराई गर्ने सबैजसो चराले केहि न केहि समय ब्यायाम गर्छन् भन्ने चाहिँ सार्वजनिक भैसकेको छ । धेरै बैज्ञानिक तथ्यहरुको ब्याख्या गरिदियो भने तपाईहरुलाई झर्को लाग्न सक्छ । चाख नलाग्न सक्छ । त्यसैले म यसको छोटो रोचक तथ्य मात्रै उल्लेख गर्न चाहन्छु ।

malard-duck-5

हामी म्याराथुनमा जानु अघि खाना अड्कल्नु पर्छ । पानी कति पिउने ख्याल गर्नुपर्छ । गोडाका मांशपेशीलाई बलियो र दह्रो बनाउनुपर्छ । तिनलाई दह्रो बनाउन हरेक दिन ब्यायाम चाहिन्छ ।

malard-duck-6

दिनदिनै अलि अलि गर्दै ब्यायाम गर्दै जाँदा गोडाका मांशपेशीपनि दरिलो हुँदै आउँछन् । हो, बसाई सर्ने चाराकलागिपनि त्यस्तै हो ।

तिनलेपनि बसाई सर्नु अघि केहि समय थोरै थोरै गरेर हरेक दिन जस्तो उड्छन् । पखेँटा बलियो पार्छन् । पखेंटाका मांशपेशी तन्काउँछन् । खुल्ला ठाउँ वा नदी छेउछाउ केहिबेर हिँड्छन् ।

malard-duck-3

तिनले काम नलाग्ने, च्यातिएका, पुराना खस्ने बेला भएका प्वाँख र भुत्ला केलाउँछन् ।  दोब्रिएकालाई मिलाउँछन् । अनि मलद्वारमा सानो एउटा तेल ग्रन्थि हुन्छ । हो त्यसबाट तेल झिकेर प्वाँख र भुत्लामा घस्छन् । त्यसले प्वाँख र भुत्लालाई चिल्लो राख्छ । पानी ओत्छ । बलियो राख्छ । हावा छिर्नबाट बचाउँछ । शरिरलाई न्यानो राख्छ ।

Arkansas Democrat-Gazette/STATON BREIDENTHAL 11/21/11 Geese roam freely Monday afternoon on the Burns park Golf Course.

कुनै कुनै चराको ब्यायाम खुल्ला चौरमा हुन्छ । समूहमा जम्मा भएर तिनले ब्यायाम गर्छन् । आहारा खान्छन् ।

malard-duck-1 malard-duck-3 (2)

malard-duck-7

ब्यायामपनि बिस्तारै थोरै थोरै उड्दै आकाशिँदै गएर गर्छन् । शुरुमा कम गर्छन् । अलिपछि अलि बढाउँदै लैजान्छन्।

आहार टन्न खाएर बोसो जम्मा पार्छन् । किनकि चराको उडानमा इन्धन भनेकै बोसो हो । जति धेरै बोसो भयो उति धेरै बेर आहाराको काम गर्छ त्यसले । गाडीमा इन्धन हाले जस्तो । तर चराको शरिरमापनि बोसोको मात्रा जाँच्ने आफ्नै कला र माध्यम हुन्छ नै ।

00174135

डा स्टेभन पोर्चुगल एक ख्याती प्राप्त पशुपन्छी चिकित्शक हुन् । उनले चराको बसाईसराई पूर्वको दैनिक क्रियाकलापमा अनुसन्धान गरेका छन् । उनका अनुसार करिब २० देखि ३० मिनेटको ब्यायमले यि बर्नाकल गिज भनिने चरालाई २५०० किलोमिटर उड्न ब्यायाम पुग्छ । थरि थरि चराका अलग अलग तरिका र समय हुन्छ । तर बसाईमा जानु अघि प्राय सबै चराले ब्यायम चाहिँ थोरै धेरै गरेकै हुन्छन् ।

फोटो : बर्ड गाईड, डा स्टेभन पोर्चुगाल र हन्ड्रेड पात ब्लगस्पोट डटकम

तपाइँको प्रतिक्रिया