जापान बसेर रत्नपार्कको राजनिति गर्ने साथीहरु ?
● नारायण / ओशाका, जापान
आदर्णीय अध्यक्ष ज्यू तथा संपूर्ण एन आर एन जापानका साथीहरु हार्दिक नमस्कार ।
साथीहरु हिजो आजका तपाईहरुको मेल पढ्दा सारै लज्जित बनायो । र अचम्म लागेर आयो । त्यसैले बाध्यताबस यो मेल लेख्दै छु । साथीहरु मैले तपाईहरु लाइ ६ बर्ष अगाड़ी देखिनै भन्ने गरेको थिएँ ‘एन आर एन हामी सबैको स्वयंसेवी साझा संस्था हो । यो हाम्रो साझा संस्थामा कुनैपनी राजनीती र जातीय भाबनाहरु ल्याई भाँड्ने काम नगरिदिनु होला ।’ तपाईहरु कसैले पनी बुझ्ने प्रयास गर्नु भएन । आज त्यसको परिणाम तपाईहरुकै सामू स्पष्ठ छ । तपाई हामीहरुलाई नै बिगारी रहेछ । अनि हामी एक आपस मै भाँडीरहेछौ । तपाईहरुलाइ अलिकति लाज त लाग्नु पर्ने हो । कुरा एउटा गर्ने काम अर्को ?
हाम्रो साझा संस्था एन आर एन आज राजनीतीका कारणले भाँडिँदै छ । तपाई हामी सबैको गल्ती हो यो । तपाईहरु आफै सोच्नुहोस न किन गर्नुपर्यो राजनीती बिदेश मा बसेर ? किन खोल्नु पर्यो राजनीतीका पार्टीका संस्थाहरु ? अस्ति भर्खरै तपाइहरुले नेपाली कांग्रेसको ठुलो बेज्जत गर्नु भयो । एक आपस मा मिल्न सक्नु भएन । तपाईहरु सबैलाइ पद नै चाहिने ? अचम्म लाग्छ । कुनै साथिहरु कांग्रेस रे । कुनै साथिहरु एमाले रे । कुनै माओबादी रे । सबै साथीहरु राजनीती गर्ने । तर तपाईहरु कसैसंग पनी देशलाई सम्मान गर्ने निति नै छैन । तपाईहरु सबै राजनीतीको निति बिगार्दै रत्नपार्कको राजनीती गरी राज गर्न खोज्ने ?
ओसाकामा पनी पूर्ब अध्यक्ष हरि राज ढकाल ज्यू, म र केही भाईहरु ले सम्झाउँदा सम्झाउँदै पनी साथीहरुले कसैलाई संपर्क नै नगरी जनसंपर्क समितिको उद्घाटन गरेरै छाडे । हाम्रा यस्ता निति भएका सथिहरुलाई कसरी बिस्वाश गरेर हामीले यीनिहरुको नेतृत्वमा काम गर्ने ? तपाईहरु जस्तो सबै बिध्वान, पढेलेखेको अनि बुझक्कि साथीहरु बाट पनी यस्तो सानो संस्थामा तँछाड मँछाड गर्नु हुन्छ भने नेपालमा अनपढ़ ब्यक्तिले कसरी बुझ्ने र सम्झने ?
एन आर एन जापान को अधिबेसन नजिकिँदै गएको बेला झन कार्य तालिकाको तयारी तिर नलागी सामूहिक राजीनामा दिनु उचित देखिएन । तपाइहरु टोकियो मै भएर पनी कान्तोको अधिबेसन सफल तरिकाले गर्न सक्नु भएन । अब केन्द्रको अधिबेसन कसरी सफलताका साथ गर्नु होला ?
अस्ति भर्खरै देखिएको कुरा देशलाइ बाढीले बगाईरहेको बेला देशको राष्ट्रपति परिवार सहित त्यहि बाढीमा बगिरहेका जनताको पैसाले उपचार गर्न संसारको सबै भन्दा महँगो शहर टोकियो आउनुभो । तपाईहरु सबै राष्ट्रपतिको चाकडि गर्दै अघि पछि लाग्नुभो । अनि राष्ट्रपति फर्किने बित्तिकै बाढिपीडितका लागी चन्दा उठाउन लाग्नु भो । होइन यार साथिहरु तपाइहरुले अलिकति सोच्नुहोस न । कस्तो रत्न पार्कको राजनीती गर्नु भएको तपाइहरुले ?
यो राजीनामा । कान्तोको अधिबेसन को ताल । यो सबै तपाईहरु सबै राजनीतीक पार्टीहरुमा लागेका कारण ले भएको हो । राजीनामा दिने बिचार हुंदा त एक चोटी तपाईहरु केंद्रको केन्द्रिय कमिटीमा बैठक बसेर छलफल गरेको भए राम्रो हुनेथियो । अनि राजीनामापनि केन्द्रको अध्यक्षलाई या कमिटीलाई या संरक्षकहरुलाई दिनु पर्ने किन आ इसिसि मा गरेको होला साथीहरुले । तपाई हरुलाई राम्रो भयो होला । तर हाम्रो बेज्जत भएको महसूस भएको छ हामीलाई । अबपनि नयाँ कार्य समितिमा आउन खोज्ने साथिहरु एन आर एनमा राजनीती नै लिएर आउँदै हुनुहुन्छ । साथीहरु तपाइहरुलाई थाहा हुँदा हुँदै पनी फेरी भाँडभैलो गर्दै हुनुहुन्छ तपाइहरु । कित तपाइहरु राजनीती तर्फ मात्रै लाग्नुहोस । कित सबैको साझा एन आर एन तर्फ मात्रै लग्नुहोस । एन आर एन भित्र आएर रत्न पार्क को राजनीती नखेल्नुहोस । यसले तपाई हामी सबैलाई बिगार्छ मात्रै । साथीहरु जबसम्म हामीहरु एकजुट भई मिलेर सक्षम ब्यक्तिलाइ अघाडि बड्न दिँदैनौं तबसम्म हाम्रो पासपोर्ट सधैं हरियो हरियै रहन्छ ।
अहिले हेर्नुस माओबादीले नारिवल मात्रै काट्न जानेको भए तेल कति निकाल्थ्यो होला । जनताले बिस्वास गरी दिएको मत परिचालन गर्न सकेन माओबादीले । देशमा क्रान्ति गरी पद पाउने द्रिष्टिकोण त सिके । तर त्यो पदको कदर गरी देश बनाउने द्रिष्टिकोण चाहिँ नसिकेको भएर पद चिप्लेको चिप्लियै भयो । हुन त माओबादी मात्रै होइन हाम्रो देशको सबै राजनीतीक पार्टीहरुको त्यहिनै हो ताल । हाम्रा सबै मन्त्रीहरु जनताले मन्त्रीको पद दिने बित्तिकै सफथ खान बिदेश जाने ।
साथीहरु जबसम्म हामीहरु सफा मन लिएर एकजुट भाई एकआपसमा मिलेर काम गर्न सक्दैनौं तबसम्म हामी कहिल्यै सफल हुन सक्दैनौं । तपाई हामीहरूले पढेर पिएचडी गरेपनि अनि जती धन कमाएपनि हामी एक गरीब राष्ट्रका अशिक्षित नागरिक हुन्छौं । मलाई आशा छ सबै साथीहरुले केही बुझ्ने प्रयास गर्नुहुन्छ भन्ने ।
हवस्त नमस्कार ।
(नारायणले गैह्र आवाशिय नेपाली संघका अध्यक्ष, संरक्षक लगायत एन आर एन जापान र अन्य एन आर एन सदस्यहरुलाई पठाएको पत्र, ईमेलबाट प्राप्त भएको हो




