धाँधली धाँधाली भन्दा भन्दै यस्तो भो एन आर एन बेल्जियमको परिणाम

nrn-belgium-election

नेपालप्लसले हिजै सुइँको पाएको थियो, एन आर एन बेल्जियमको निर्वाचनको परिणाम आउने आउने बेला के गर्ने भित्रि उद्देश्य छ भनेर । त्यहि अनुसार मैले हिजोको समाचार लेखें, यदि गंगाधर गौतम पक्षले हार्ने स्थिति आयो भने हाटहुट गर्ने, मत पेटिका च्यात्ने, फाल्ने वा केहि मतलाई घारघुर पारेर निर्वाचन धाँधले भो भन्दै बहिस्कार गरेको घोषणा गर्ने । किनभने गंगाधर गौतम पक्षको निर्वाचन अघि बसेको गोप्य बैठकमा यहि विषयमा छलफल भएको नेपालप्लसको बेल्जियम स्रोतले जानकारि दिईसकेको थियो । नभन्दै मत गन्दै जाँदा गंघाधर पक्षले बिहान धाँधली भो भनेर मत गणना केन्द्र बाट बाहिरिए । तरपनि मत गणना रोकिएन । प्राप्त मत अनुसार गंगाधर गौतम पक्षले हार्‍यो । प्रेम गुरुङ अध्यक्ष, शिव बरुवाल आइसिसि सदस्य लगायत अधिकांश पद यहि पक्षले हात पार्‍यो । 

यति हुँदाहुँदैपनि अहिले बिहान घोषणा गरिएको निर्वाचन परिणाम अनुसार अध्यक्षमा प्रेम गुरुङ पक्ष बिजयी भएको छ । मत गणना संख्या भन्दा ३४ मतपत्र धेरै देखिएको कारण समाबेशी समुहले अनियमितता भएकोले निर्वाचन परिणाम मान्न नसकिने बताँदै सो हलबाट बाहिरिएका थिए । त्यतिबेलासम्म दुई तिहाई मत गणना भैसकेको थियो । सो समूहले त्यस्तो अनियमितता सबै मत पेटिकामा हुन सक्ने हुनाले हामी मान्दैनौं भन्दै बाहिरिएका थिए । तर प्रेम गुरुङ पक्षले भने हार्ने स्थिति आएपछि बखेडा झिकेर निर्वाचन परिणाम स्विकार गर्ने हिम्मत नभएको भन्ने दाबि गरेका थिए ।

nrn-belgium-elected-body

निर्वाचन आयोगले हिजो पाँच बजेसम्म मतदान गर्ने र आज बिहानबाट मात्रै मत गणना गर्ने सहमती सार्वजनिक गरेपनि हिजो मत गणना सकिएपछि निर्वाचन आयोगको नियमलाई तोड्दै ‘हैन आजै रातिबाट गन्न थाल्नुपर्छ’ भन्दै दबाब दिनेमा गंगाधर पक्ष (अहिले हार्ने समूह) नै थिए । त्यसैले निर्वाचन आयोगका अधिकांश नियमहरुलाई अनादार गरेकोले फेरी निर्वाचन परिणामपनि अफ्नो पक्षमा नआएपछि धाँधली भएको भन्ने निराधार आरोप मात्रै लगाएको बिजयी प्रेम गुरुङ पक्षले दाबि गरेको छ ।

हामी यो निर्वाचन परिणाम मान्दैनौं भन्दै गंगाधर गौतम पक्ष निस्किएपछि निर्वाचन कमिटीले मत गणना भने जारि राखेको थियो । निर्वाचन कमिटीको निर्णयलाई आफुहरुले मान्दै आएको र यो मत गणना प्रक्रियालाईपनि सबैले मान्नुपर्ने भन्दै प्रेम गुरुङ पक्षले आफ्नो अडान लिएको थियो । गौतम पक्ष हलबाट बाहिरिएपनि मत गणणा जारि रह्यो र कमिटीले परिणाम घोषणा गर्‍यो ।

gangadhar-gautam-sandeshअचम्म के छ भने नेपाली कांग्रेसको भात्री संगठन नेपाली जन संपर्क समिति बेल्जियमको गत निर्वाचनमा राति डाङडुङ गरेपछि प्रेम गुरुङ पक्षले धाँधली गरेको भन्दै निर्वाचन प्रक्रियानै बहिस्कार गरेको थियो । त्यतिबेला नेपाली जन संपर्क समिति बेल्जियमका अध्यक्ष गंगाधर गौतमले ‘आफ्ना प्रतिद्वन्दि प्रेम गुरुङलाई लोकतन्त्रमा निर्वाचन प्रक्रियालाई मान्नु पर्ने र निर्वाचनमा हारेपछि निर्वाचन प्रक्रियानै मान्दिन भन्नु कुन संस्कार हो ?’ भन्दै सामाजिक सञ्जालबाट सन्देश पठाएका थिए । तर हिजो भएको निर्वाचन प्रक्रियामा भने आफ्नो पक्षले हार्ने स्थिति देखिएपछि धाँधली भयो भन्दै गौतम आफैं बाहिरिएका थिए । उता जित्ने प्रेम गुरुङ पक्ष भने धाँधली भएको छैन, प्रजातान्त्रिक प्रक्रिया अनुसार निर्वाचन को परिणाम मान्नु पर्छ भन्दै उफ्रिएका थिए ।

एन आर एन बेल्जियममा अहिले भएको निर्वाचन एन आर एनको भन्दापनि पाटीहरुबिचको लडाई हो । नेपाली कांग्रेस देउवा समूहका गंगाधर गौतम र नेपाली कांग्रेस कोइराला खेमाका प्रेम गुरुङ बिचको लडाई मुख्य रुपमा एन आर एन बेल्जियम मार्फत देखा परेको हो । तर गंगाधर गौतम पक्षले एकिक्रित नेकपा माओवादी र संघिय समाजवादी पार्टीसित गठबन्धन गरेको थियो । उता कोइराला खेमाका प्रेम गुरुङले नेकपा एमालेसित गठबन्धन गरेको थियो । अहिले एन आर एन बेल्जियमको निर्वाचनमा अधिकांश पद यहि कोइराला पक्ष र एमालेको गठबन्धनले जित्यो ।

यो निर्वाचनले अब नेपाली कांग्रेसको बेल्जियमको लडाईलाई उचाईमा पुर्‍याएको छ । अब ति दुई पक्षबिच झनै प्रतिस्पर्धा र द्वन्द निम्त्याउन सक्छ । लामो समयदेखि गंगाधर पक्षसित लडाई गर्दै आएपनि प्रेम गुरुङ पक्षले जित्न सकेको थिएन । अहिले एन आर एन बेल्जियममा बिजयी भएपछि उनीहरुले यसलाई आफ्नो ठूलो बिजयका रुपमा लिएका छन् । यो निर्वाचनले गंगाधर गौतमलाई कमजोर बनाएको छ । उता स्वच्छ, मिजासिला, राम्रो छबी बनाएका र धेरैले रुचाएका पिजी शेर्पालाईपनि ठूलो घाटा लागेको बेल्जियमबासीबिच चर्चा छ ।

(बिजयीले अबिर घस्दै गरेको फोटो पुष्प बरुवालको फेसबुकबाट लिईएको हो)

तपाइँको प्रतिक्रिया