एन आर एन बेल्जियमको निर्वाचनकै मुखमा राजनितिक दाउपेचका अनेक खेल

सन्तोष न्यौपाने / बेल्जियम 

santosh-neupane-150x150एन आर एन केन्द्रिय निर्वाचन नजिकिँदै गर्दा एन आर एन बेल्जियमलाई पनि यहाँको निर्वाचनले निक्कै छोएको छ । तर यो निर्वाचन ले उमेदवाराह्रुलाई तताएपनि बेल्जियमवासी अन्य नेपालीहरुलाई भने त्यति तान्न सकेको छैन । विगत दुई वर्षको अवधिमा एन आर एन बेल्जियमले देखाएको विवाद र घटनाक्रमहरुले यसको शाख निकै गिरेको छ ।

आफ्नो स्वार्थपुर्तिको निमित्त नेपालका राजनितिक दलका बेल्जियमस्थित भातृ संगठनहरुले गतसाल एन आर एनको सदस्यता तँछाडमँछाड गरि गरि सकेसम्म धेरै बनाए । विभिन्न लोभ लालच पनि देखाए । अवैधानिक अबैधानिक रुपमा बसेका नेपालीहरुका समस्या समाधान गर्ने, महिलाहरुका समस्यालाई समाधान गर्ने तथा अन्य नयाँ कार्यक्रम ल्याउने र विषेशत युवावर्गहरुमा नयाँ कार्यक्रम ल्याउने घोषणा गरेका थिए । यसमा प्रमुख रुपमा बोल्नेहरुमा निवर्तमान महाशचिव शिव बरुवाल, अध्यक्ष् जानकि गुरुङ र आइ सिसि सदस्य अर्जुन कुमार श्रेष्ठ थिए । 

तर विजय पश्चात न त यि तिन जनाले बोलेको पुरा गरे न त सिंगो एन आर एन नै यसतर्फ लागि परयो । बरु दुई वर्ष पुरै समय अवधि नेपाल हाउस र इप्पर स्मारक निर्माणमै बित्यो । यिनिहरु जसले यहाँका नेपालीमाझ आफनो स्तर गुमाएर भोट मागेका थिए, त्यो भोट केवल आफ्नो स्वार्थ परिपुर्तिका लागि थियो भन्ने कुरा सिद्ध भएको छ । जयन्तु संस्कृतम अभियानका नेत्रित्वकर्ता राधाकृण्ण अधिकारिका अनुसार नेपाल हाउस तुहाउनेमा महाशचिव शिव बरुवाल र बोधराज पौडेल रहेका छन । जसले यो परियोजना जयन्तु सस्कृतमले नगरेर एन आर एन ले नै गर्नुपर्दछ भनेर एन आर एन बेल्जियमको पोल्टामा त पुर्‍याए । तर काम केहि नगरि त्यसलाई ध्वस्त बनाउने काम गरे ।

अहिले दुई वर्षपछि फेरि एन आर एन बेल्जियमले नयाँ कार्यसमितिकालागि निर्वाचन गर्न गइरहेको छ । तर विगतमा जस्तो अहिले त्यति धेरै मात्रामा मतदातापनिहरु पनि छैनन । भएका मतदाताहरु पनि स्व स्फुर्त रुपमा नभएर पार्टिगत रुपमा र कर बलले बनाइएका छन । उनिहरुको सदस्यता सम्बन्धित राजनैतिक दलका भातृसंगठनहरुले बनाइदिएका छन । आफैंले सदस्यता स्वरुप लाग्ने रकम तिरितिरि । धेरैको एन आर एन प्रति चासो हराइसकेको छ । तर पनि आफनो स्वार्थपुर्तिको लागि १५ सय भन्दा बढि सदस्यता अहिले बनाउँदै छन् ।

त्यसो त, अहिले केहि ब्यत्तिहरु आफनो रहर भन्दा पनि पार्टिको दबाबले उम्मेदवार बनेका छन । आफनो सदस्यता नविकरण कसरि भयो भन्ने समेत उनिहरुलाई पत्तो छैन । यो अवस्थामा बनेका निर्विरोध तथा निर्वाचनबाट विजयि उम्मेदवारहरुले एन आर एनमा दिने योगदानको बारेमा प्रश्न चिन्हनै उठेको छ ।

बेल्जियममा अहिले विषेशत एन आर एनको निर्वाचन भन्दा पनि नेपाली जन सम्पर्क समितिको निर्वाचत जस्तै भएको छ । नेपाली कांग्रेसका दुई धार अलग रुपमा आआफ्नै उम्मेदवार खडा गरेर मैदानमा उत्रिएपछि त्यो अवस्था देखिएको हो । एकै पार्टिको राजनैनित युद्ध एन आर एनमा प्रस्ट देखिएको छ । तर कांग्रेस मिलेको खण्डमा अर्को समिकरण पनि बन्ने सक्ने प्रवल सम्भावना थियो ।

नेपाली कांग्रेस बेल्जियममा लामो समयदेखि गंगाधर र इन्द्र क्षेत्री पक्षधरबिच विवाद थियो । जुन विवाद सल्टाउन केहि समय अगाडि निर्वाचन पनि भयो । तर गौतमकै लापारवाहिको कारण उत्त निर्वाचनले सार्थकता पाउन सकेन । निर्वाचनले सार्थकता पाउन नसकेपछि इन्द्र क्षेत्री पक्षले गौतम पक्षलाई चुनौति दिँदै आएको थियो । र त्यो चुनौति स्विकार गर्नको लागि प्रतिपक्ष मानिने ईन्द्र क्षेत्री पक्ष जुनसुकै मुल्य चुकाउन पनि तयार भएर बस्यो । फलस्वरुप यो युद्ध लडने ठाउँ एन आर एनको निर्वाचन बन्यो । यस भन्दा अगाडि एन डि एफ बेल्जियमको पनि यस्तै पारा भएको थियो । तर यतिसारो खुल्लेआम थिएन । उता माओवादिका डयास र क्यास माओवादिले भने आफ्नो विवाद बाहिर ल्याउन दिएनन जुन संस्थागत हिसाबले राम्रो कुरा रहयो ।

अहिले एन आर एन बेल्जियमको अध्यक्ष् पदको लागि तिन जना चुनावि मैदानमा भिड्दै छन् । ईन्द्र क्षेत्री पक्षका प्रेम गुरुङले गंगाधर गौतमलाई दरिलो चुनौति दिएर अगाडि सरेका छन् । केहि समय अगाडि स्थापना भएको जि ६ समुहले हरि थपलियालाई अगाडि सारेको छ । गुरुङजन सम्पर्क समिति र ब्यवसायि सघंमा काम गरिसकेका छन । तर उनको राजनैतिक इतिहास भने प्रवासबाट सुरु भएको थियो । उनमा संस्थालाई कुशल तवरले चलाउन सक्ने क्ष्मता भएको मानिन्छ । तर उनमा आफनो शसक्त निर्णय गरेर संस्थालाई अगाडि लैजानमा चाहिँ कमी रहेको बताइन्छ । परेमा दण्ड र भेद प्रयोग गर्ने खुबि उनिमा छैन । त्यस्तै, गौतम स्रंस्थालाई कटिबद्ध तरिकाले लैजान सक्ने क्षमता भएका मानिन्छन् । उनले परेको बेलामा साम दण्ड भेद प्रयोग गरेर प्रतिपक्षसंग जुध्ने खुबि रहेको छ । यसका बाबजुत उनमा भएको अहमताले उनि आफै नभएर जन सम्पर्क समितिलाई नांगो बनाउने काम गरेका छन । अर्कोतर्फ उनिमा सबै कुरामा मेरै गोरुको ब्राह्रै टक्क हुनुपर्दछ भन्ने दम्भ छ । गुरुङ र गौतमको तुलनामा थपलिया भने कान्छो नै रहेका छन । ब्यवसायि संघबाट बेल्जियमको समाजमा छिरेका उनमा संस्थालाई शसक्त रुपमा अगाडि लैजान सक्ने आत्मबल चाहिँ नरहेको विशेलषण कर्ता बताउँछन ।

त्यस्तै, एमाले परित्याग गरेर माओवादिमा प्रवेश गरेका कमल भारति गत एन आर एन निर्वाचनमा कोषाध्यक्ष पदमा पराजित भएका थिए । अहिले उनि एन डि एफका गोपाल सिंखडा संग चुनावि मैदानमा उत्रेका छन । एन आर एन गतिबिधी र अन्य काम गर्ने विषयमा दुबै क्षेत्रमा अगाडि छन । भारति भन्दा सिंखडा बेल्जियमको सवालमा परचित नाम मात्र नभएर राजनैतिक रुपमा पनि तटस्थ ब्यत्तिको रुपमा चिनिन्छन ।

संस्थामा अध्यक्ष पछि शसक्त भुमिका रहेको पद महाशचिवमा जित लामा र माधव सापकोटाको प्रतिस्प्रधा हुनेछ । काम गर्ने हिसाबले दुबै अगाडिनै छन । लामा र सापकोटा संस्थाको लागि कटिबद्ध ब्यत्ति हुन । यि दुइमा जसले विजय हासिल गरेतापनि एन आर एनको लागि त्यति फरक नपर्ने देखिन्छ । तर गंगाधर गौतम र सापकोटाको पारिवारिक सम्बन्धको कारणले गर्दा पनि गौतमले मरिमेटि लागेर भएपनि उनलाई विजयि गराउनेमा दुइमतनै रहेको छैन । यसको जवाफि कारवाहिको लागि लामाले छुटिटएको माओवादि, जनजाति महासंघ र एन डि एफसंग नयाँ समिकरण बनाउनुपर्ने देखिन्छ ।

अर्कोतर्फ एमालेका बुद्धि बराल र माओवादिका माकुना राई निर्वाचन मैदानमा उत्रिएका छन । एन आर एन तथा संस्थामा काम गरेको अनुभव र कार्यक्षमताको हिसाबले राईको तुलनामा बराल निकै अगाडि देखिन्छन । युवा जोश र जागर भएका बराल संस्थालाई राजनैतिक रुपले मुक्त बनाएर लैजानुपर्छ भन्ने मान्यताका हुन । उनको तुलनामा राई विषेशत किराँत समाजमा अग्रसर रहेका छन । उक्त समाजमा उनको भुमिका अतुलनिय रहेको छ । समग्र बेल्जियमको हिसाब र एन आर एनको सबालमा चाहि बुद्धि बरालको स्थान केहि माथिनै रहेको छ ।

अध्यक्ष पश्चात नेपाली कांग्रेसका दुइजना कोषाध्यक्षमा लड्ने घोषणा गरेका छन् । यो पदमा अरु राजनैतिक दलबाट उम्मेदवारि परेको छैन । ईन्द्र क्षेत्री पक्षका नरहरि सापकोटा र गौतम पक्षका सुभास गुरुङ चुनावि मैदानमा उत्रेका छन । गुरुङ को तुलनामा अगाडि रहेका र जन सम्पर्क समितिमा पनि कोषध्यक्ष पदमा लडेका सापकोटाले आफ्नो पद सुनिश्चित गर्न एन आर एनमा पाउँछन पाउँदैनन त्यो हेर्न बाकि छ ।

उता महिलाहरुको आवाजलाई शसक्त रुपमा उठाउनको लागि भनेर एन आर एन बेल्जियमले महिला उम्मेदवार पद तोकेको छ । जसमा अहिले शारदा अर्याल र शुषमा भुषालको उम्मेदवारि परेको छ । काम गर्ने शिलशिलामा अर्यालको तुलनामा भुषाल निकै अब्बल मानिन्छिन । स्मरणिय यो छ कि अर्यालले यो पंक्तिकार लगायत पाँच जनालाई यहि ब्लगमा आएको समाचारलाई आधार बनाई मानहानिको मुद्दा हालेकि थिईन् थिइन । उनले पिडित नेपालीको केहि रकम र मोबाईल ठगेको आरोप पिडितकै सार्वजनिक बिज्ञप्तीका आधारमा समाचार लेखिएको थियो । यो विषयमा एन आर एन बेल्जियमनै मौन बस्यो । केहि बोल्ने आट गर्ननै सकेन ।

यसका साथसाथै राष्ट्रिय साथै अन्तर्राष्ट्रिय भुमिकाको लागि भनेर बेल्जियम प्रतिनिधिको रुपमा आइ सि सि पदको लागि शिव बरुवाल र पि जि शेर्पा उठेका छन । काम गर्ने क्ष्ँमताले दुबै उस्तै छन । तर नैतिकताको हिसाबले भने पि जि शेर्पा अगाडि रहेका छन । बरुवाल युनिटिको मामलामा अछुतो रहन सकेका छैनन । उनमा काम भन्दा पनि राजनैतिक अहमता हाबि रहेको छ । त्यस्तै, शेर्पालाई आइ सि सि पद छँदा छँदै संगठनको अध्यक्ष बनेर वैमनस्यता बढाएको आरोप लागिरहेको छ । किनभने शेर्पा संघिय समाजवादी पार्टी युरोपको संयोजक हुन् । यदि प्रेम गुरुङसँग मिलेर भित्रि समिकरण  बनाउन सकेको खण्डमा शेर्पाको विजय सुनिश्चित देखिन्छ । अन्यथा बरुवालको बर्चस्व कायम नरहला भन्न सकिँदैन ।

यो त भयो, एन आर एन र निर्वाचनमा भाग लिने उम्मेदवारको बारेका विश्लेषण । यस बाहेक यि सबै ब्यत्तिहरु मध्ये एन आर एनलाई स्वच्छ तरिकाले लैजानुपर्दछ भन्ने मान्यता राख्नेहरु नभएकै भने होइनन् । छन् । तर त्यस्तो बिचार राख्नेहरुको संख्या करिब २५ प्रतिशत मात्रै छ । नेपालीहरुका समस्या ज्युँका त्युँ छन । पहिलेको समितिले नबुझेका उनिहरुका समस्या नयाँ समितिले समाधान गर्न सक्नुपर्दछ । नेपाल हाउस र इप्पर स्मारक निर्माणसँगै यहाँका नयाँ पिढिहरुलाई परिचालन गर्न सक्ने रचनात्मक कार्यक्रम ल्याउन सकेको खण्डमा एन आर एन बेल्जियमले केहि मात्रामा आफ्नो शाख जिवित राख्न सक्ला भनेर आवस्त हुन सकिन्छ । अन्यथा जति जोगि आए पनि कानै चिरेका भन्ने उखानलाई नयाँ समितिले पनि चरितार्थ नगर्ला भन्न सकिन्न ।

तलका ब्लगपनि बेल्जियमसँगै संवन्धित हुन् 

लौ हेर्नुस् ‘आक्रमणकारी महिला डन’ र आक्रमणको पूर्ण बिवरण

यसरि गरेका थिए आक्रमणको दुस्प्रयास (भिडियो ब्लग)

एनआरएन वेल्जियमको राजनीतिक अन्तर्रकृया र यसले उठाएका सवालहरु

एन आर एनको सदस्यतानै खारेज गरिदिने धम्की, संस्थाको वेभसाईटपनि बेचेर खाएको आरोप

बेल्जियममा झुठको पर्दाफास जारि, जंगबहादुर शैलीमा पत्रकारलाई उर्दी

एन आर एन बेल्जियमको झुठको पर्दाफास

तपाइँको प्रतिक्रिया