एन आर एन बेल्जियमको निर्वाचनकै मुखमा राजनितिक दाउपेचका अनेक खेल
● सन्तोष न्यौपाने / बेल्जियम
एन आर एन केन्द्रिय निर्वाचन नजिकिँदै गर्दा एन आर एन बेल्जियमलाई पनि यहाँको निर्वाचनले निक्कै छोएको छ । तर यो निर्वाचन ले उमेदवाराह्रुलाई तताएपनि बेल्जियमवासी अन्य नेपालीहरुलाई भने त्यति तान्न सकेको छैन । विगत दुई वर्षको अवधिमा एन आर एन बेल्जियमले देखाएको विवाद र घटनाक्रमहरुले यसको शाख निकै गिरेको छ ।
आफ्नो स्वार्थपुर्तिको निमित्त नेपालका राजनितिक दलका बेल्जियमस्थित भातृ संगठनहरुले गतसाल एन आर एनको सदस्यता तँछाडमँछाड गरि गरि सकेसम्म धेरै बनाए । विभिन्न लोभ लालच पनि देखाए । अवैधानिक अबैधानिक रुपमा बसेका नेपालीहरुका समस्या समाधान गर्ने, महिलाहरुका समस्यालाई समाधान गर्ने तथा अन्य नयाँ कार्यक्रम ल्याउने र विषेशत युवावर्गहरुमा नयाँ कार्यक्रम ल्याउने घोषणा गरेका थिए । यसमा प्रमुख रुपमा बोल्नेहरुमा निवर्तमान महाशचिव शिव बरुवाल, अध्यक्ष् जानकि गुरुङ र आइ सिसि सदस्य अर्जुन कुमार श्रेष्ठ थिए ।
तर विजय पश्चात न त यि तिन जनाले बोलेको पुरा गरे न त सिंगो एन आर एन नै यसतर्फ लागि परयो । बरु दुई वर्ष पुरै समय अवधि नेपाल हाउस र इप्पर स्मारक निर्माणमै बित्यो । यिनिहरु जसले यहाँका नेपालीमाझ आफनो स्तर गुमाएर भोट मागेका थिए, त्यो भोट केवल आफ्नो स्वार्थ परिपुर्तिका लागि थियो भन्ने कुरा सिद्ध भएको छ । जयन्तु संस्कृतम अभियानका नेत्रित्वकर्ता राधाकृण्ण अधिकारिका अनुसार नेपाल हाउस तुहाउनेमा महाशचिव शिव बरुवाल र बोधराज पौडेल रहेका छन । जसले यो परियोजना जयन्तु सस्कृतमले नगरेर एन आर एन ले नै गर्नुपर्दछ भनेर एन आर एन बेल्जियमको पोल्टामा त पुर्याए । तर काम केहि नगरि त्यसलाई ध्वस्त बनाउने काम गरे ।
अहिले दुई वर्षपछि फेरि एन आर एन बेल्जियमले नयाँ कार्यसमितिकालागि निर्वाचन गर्न गइरहेको छ । तर विगतमा जस्तो अहिले त्यति धेरै मात्रामा मतदातापनिहरु पनि छैनन । भएका मतदाताहरु पनि स्व स्फुर्त रुपमा नभएर पार्टिगत रुपमा र कर बलले बनाइएका छन । उनिहरुको सदस्यता सम्बन्धित राजनैतिक दलका भातृसंगठनहरुले बनाइदिएका छन । आफैंले सदस्यता स्वरुप लाग्ने रकम तिरितिरि । धेरैको एन आर एन प्रति चासो हराइसकेको छ । तर पनि आफनो स्वार्थपुर्तिको लागि १५ सय भन्दा बढि सदस्यता अहिले बनाउँदै छन् ।
त्यसो त, अहिले केहि ब्यत्तिहरु आफनो रहर भन्दा पनि पार्टिको दबाबले उम्मेदवार बनेका छन । आफनो सदस्यता नविकरण कसरि भयो भन्ने समेत उनिहरुलाई पत्तो छैन । यो अवस्थामा बनेका निर्विरोध तथा निर्वाचनबाट विजयि उम्मेदवारहरुले एन आर एनमा दिने योगदानको बारेमा प्रश्न चिन्हनै उठेको छ ।
बेल्जियममा अहिले विषेशत एन आर एनको निर्वाचन भन्दा पनि नेपाली जन सम्पर्क समितिको निर्वाचत जस्तै भएको छ । नेपाली कांग्रेसका दुई धार अलग रुपमा आआफ्नै उम्मेदवार खडा गरेर मैदानमा उत्रिएपछि त्यो अवस्था देखिएको हो । एकै पार्टिको राजनैनित युद्ध एन आर एनमा प्रस्ट देखिएको छ । तर कांग्रेस मिलेको खण्डमा अर्को समिकरण पनि बन्ने सक्ने प्रवल सम्भावना थियो ।
नेपाली कांग्रेस बेल्जियममा लामो समयदेखि गंगाधर र इन्द्र क्षेत्री पक्षधरबिच विवाद थियो । जुन विवाद सल्टाउन केहि समय अगाडि निर्वाचन पनि भयो । तर गौतमकै लापारवाहिको कारण उत्त निर्वाचनले सार्थकता पाउन सकेन । निर्वाचनले सार्थकता पाउन नसकेपछि इन्द्र क्षेत्री पक्षले गौतम पक्षलाई चुनौति दिँदै आएको थियो । र त्यो चुनौति स्विकार गर्नको लागि प्रतिपक्ष मानिने ईन्द्र क्षेत्री पक्ष जुनसुकै मुल्य चुकाउन पनि तयार भएर बस्यो । फलस्वरुप यो युद्ध लडने ठाउँ एन आर एनको निर्वाचन बन्यो । यस भन्दा अगाडि एन डि एफ बेल्जियमको पनि यस्तै पारा भएको थियो । तर यतिसारो खुल्लेआम थिएन । उता माओवादिका डयास र क्यास माओवादिले भने आफ्नो विवाद बाहिर ल्याउन दिएनन जुन संस्थागत हिसाबले राम्रो कुरा रहयो ।
अहिले एन आर एन बेल्जियमको अध्यक्ष् पदको लागि तिन जना चुनावि मैदानमा भिड्दै छन् । ईन्द्र क्षेत्री पक्षका प्रेम गुरुङले गंगाधर गौतमलाई दरिलो चुनौति दिएर अगाडि सरेका छन् । केहि समय अगाडि स्थापना भएको जि ६ समुहले हरि थपलियालाई अगाडि सारेको छ । गुरुङजन सम्पर्क समिति र ब्यवसायि सघंमा काम गरिसकेका छन । तर उनको राजनैतिक इतिहास भने प्रवासबाट सुरु भएको थियो । उनमा संस्थालाई कुशल तवरले चलाउन सक्ने क्ष्मता भएको मानिन्छ । तर उनमा आफनो शसक्त निर्णय गरेर संस्थालाई अगाडि लैजानमा चाहिँ कमी रहेको बताइन्छ । परेमा दण्ड र भेद प्रयोग गर्ने खुबि उनिमा छैन । त्यस्तै, गौतम स्रंस्थालाई कटिबद्ध तरिकाले लैजान सक्ने क्षमता भएका मानिन्छन् । उनले परेको बेलामा साम दण्ड भेद प्रयोग गरेर प्रतिपक्षसंग जुध्ने खुबि रहेको छ । यसका बाबजुत उनमा भएको अहमताले उनि आफै नभएर जन सम्पर्क समितिलाई नांगो बनाउने काम गरेका छन । अर्कोतर्फ उनिमा सबै कुरामा मेरै गोरुको ब्राह्रै टक्क हुनुपर्दछ भन्ने दम्भ छ । गुरुङ र गौतमको तुलनामा थपलिया भने कान्छो नै रहेका छन । ब्यवसायि संघबाट बेल्जियमको समाजमा छिरेका उनमा संस्थालाई शसक्त रुपमा अगाडि लैजान सक्ने आत्मबल चाहिँ नरहेको विशेलषण कर्ता बताउँछन ।
त्यस्तै, एमाले परित्याग गरेर माओवादिमा प्रवेश गरेका कमल भारति गत एन आर एन निर्वाचनमा कोषाध्यक्ष पदमा पराजित भएका थिए । अहिले उनि एन डि एफका गोपाल सिंखडा संग चुनावि मैदानमा उत्रेका छन । एन आर एन गतिबिधी र अन्य काम गर्ने विषयमा दुबै क्षेत्रमा अगाडि छन । भारति भन्दा सिंखडा बेल्जियमको सवालमा परचित नाम मात्र नभएर राजनैतिक रुपमा पनि तटस्थ ब्यत्तिको रुपमा चिनिन्छन ।
संस्थामा अध्यक्ष पछि शसक्त भुमिका रहेको पद महाशचिवमा जित लामा र माधव सापकोटाको प्रतिस्प्रधा हुनेछ । काम गर्ने हिसाबले दुबै अगाडिनै छन । लामा र सापकोटा संस्थाको लागि कटिबद्ध ब्यत्ति हुन । यि दुइमा जसले विजय हासिल गरेतापनि एन आर एनको लागि त्यति फरक नपर्ने देखिन्छ । तर गंगाधर गौतम र सापकोटाको पारिवारिक सम्बन्धको कारणले गर्दा पनि गौतमले मरिमेटि लागेर भएपनि उनलाई विजयि गराउनेमा दुइमतनै रहेको छैन । यसको जवाफि कारवाहिको लागि लामाले छुटिटएको माओवादि, जनजाति महासंघ र एन डि एफसंग नयाँ समिकरण बनाउनुपर्ने देखिन्छ ।
अर्कोतर्फ एमालेका बुद्धि बराल र माओवादिका माकुना राई निर्वाचन मैदानमा उत्रिएका छन । एन आर एन तथा संस्थामा काम गरेको अनुभव र कार्यक्षमताको हिसाबले राईको तुलनामा बराल निकै अगाडि देखिन्छन । युवा जोश र जागर भएका बराल संस्थालाई राजनैतिक रुपले मुक्त बनाएर लैजानुपर्छ भन्ने मान्यताका हुन । उनको तुलनामा राई विषेशत किराँत समाजमा अग्रसर रहेका छन । उक्त समाजमा उनको भुमिका अतुलनिय रहेको छ । समग्र बेल्जियमको हिसाब र एन आर एनको सबालमा चाहि बुद्धि बरालको स्थान केहि माथिनै रहेको छ ।
अध्यक्ष पश्चात नेपाली कांग्रेसका दुइजना कोषाध्यक्षमा लड्ने घोषणा गरेका छन् । यो पदमा अरु राजनैतिक दलबाट उम्मेदवारि परेको छैन । ईन्द्र क्षेत्री पक्षका नरहरि सापकोटा र गौतम पक्षका सुभास गुरुङ चुनावि मैदानमा उत्रेका छन । गुरुङ को तुलनामा अगाडि रहेका र जन सम्पर्क समितिमा पनि कोषध्यक्ष पदमा लडेका सापकोटाले आफ्नो पद सुनिश्चित गर्न एन आर एनमा पाउँछन पाउँदैनन त्यो हेर्न बाकि छ ।
उता महिलाहरुको आवाजलाई शसक्त रुपमा उठाउनको लागि भनेर एन आर एन बेल्जियमले महिला उम्मेदवार पद तोकेको छ । जसमा अहिले शारदा अर्याल र शुषमा भुषालको उम्मेदवारि परेको छ । काम गर्ने शिलशिलामा अर्यालको तुलनामा भुषाल निकै अब्बल मानिन्छिन । स्मरणिय यो छ कि अर्यालले यो पंक्तिकार लगायत पाँच जनालाई यहि ब्लगमा आएको समाचारलाई आधार बनाई मानहानिको मुद्दा हालेकि थिईन् थिइन । उनले पिडित नेपालीको केहि रकम र मोबाईल ठगेको आरोप पिडितकै सार्वजनिक बिज्ञप्तीका आधारमा समाचार लेखिएको थियो । यो विषयमा एन आर एन बेल्जियमनै मौन बस्यो । केहि बोल्ने आट गर्ननै सकेन ।
यसका साथसाथै राष्ट्रिय साथै अन्तर्राष्ट्रिय भुमिकाको लागि भनेर बेल्जियम प्रतिनिधिको रुपमा आइ सि सि पदको लागि शिव बरुवाल र पि जि शेर्पा उठेका छन । काम गर्ने क्ष्ँमताले दुबै उस्तै छन । तर नैतिकताको हिसाबले भने पि जि शेर्पा अगाडि रहेका छन । बरुवाल युनिटिको मामलामा अछुतो रहन सकेका छैनन । उनमा काम भन्दा पनि राजनैतिक अहमता हाबि रहेको छ । त्यस्तै, शेर्पालाई आइ सि सि पद छँदा छँदै संगठनको अध्यक्ष बनेर वैमनस्यता बढाएको आरोप लागिरहेको छ । किनभने शेर्पा संघिय समाजवादी पार्टी युरोपको संयोजक हुन् । यदि प्रेम गुरुङसँग मिलेर भित्रि समिकरण बनाउन सकेको खण्डमा शेर्पाको विजय सुनिश्चित देखिन्छ । अन्यथा बरुवालको बर्चस्व कायम नरहला भन्न सकिँदैन ।
यो त भयो, एन आर एन र निर्वाचनमा भाग लिने उम्मेदवारको बारेका विश्लेषण । यस बाहेक यि सबै ब्यत्तिहरु मध्ये एन आर एनलाई स्वच्छ तरिकाले लैजानुपर्दछ भन्ने मान्यता राख्नेहरु नभएकै भने होइनन् । छन् । तर त्यस्तो बिचार राख्नेहरुको संख्या करिब २५ प्रतिशत मात्रै छ । नेपालीहरुका समस्या ज्युँका त्युँ छन । पहिलेको समितिले नबुझेका उनिहरुका समस्या नयाँ समितिले समाधान गर्न सक्नुपर्दछ । नेपाल हाउस र इप्पर स्मारक निर्माणसँगै यहाँका नयाँ पिढिहरुलाई परिचालन गर्न सक्ने रचनात्मक कार्यक्रम ल्याउन सकेको खण्डमा एन आर एन बेल्जियमले केहि मात्रामा आफ्नो शाख जिवित राख्न सक्ला भनेर आवस्त हुन सकिन्छ । अन्यथा जति जोगि आए पनि कानै चिरेका भन्ने उखानलाई नयाँ समितिले पनि चरितार्थ नगर्ला भन्न सकिन्न ।
तलका ब्लगपनि बेल्जियमसँगै संवन्धित हुन्
लौ हेर्नुस् ‘आक्रमणकारी महिला डन’ र आक्रमणको पूर्ण बिवरण
यसरि गरेका थिए आक्रमणको दुस्प्रयास (भिडियो ब्लग)
एनआरएन वेल्जियमको राजनीतिक अन्तर्रकृया र यसले उठाएका सवालहरु
एन आर एनको सदस्यतानै खारेज गरिदिने धम्की, संस्थाको वेभसाईटपनि बेचेर खाएको आरोप
बेल्जियममा झुठको पर्दाफास जारि, जंगबहादुर शैलीमा पत्रकारलाई उर्दी




