नेपालमय बनेको छ स्विजरल्याण्डको जुरिच शहर
● निराजन श्रेष्ठ / जुरिच, स्विजरल्याण्ड
गैर आवासीय नेपाली संघ (एन आर एन ए) युरोपको क्षेत्रिय वैठक स्वीजरल्याण्डमा भैरहेको छ आजदेखि । भोलीसम्म चल्ने यो बैठकले गर्दा यतिखेर जुरिच शहर नेपाली मेला जस्तो बनेको छ । एनआरएनका सदस्यहरु, पत्रकार, समर्थक र जिज्ञासुहरु विश्वका धेरै मुलुकबाट अहिले त्यहाँ सहभागि छन् । बाटोघाटोमा नेपालीहरु झोला तान्दै गरेको । नेपाली बोलेको। एन आर एनका बारेमा बिचार बिमर्श गरेको अहिले जुरिचमा भेटिन्छ । हातमा फूल, नेपाली पोशाकमा सजिएका महिला र पुरुषहरुको जमघटले त्यहाँ धेरैको ध्यान खिचेको छ ।
बैतडी दार्चुला जिल्लामा बहुलाएर आएको बाढीले पिडित नेपालीलाई तत्कालै राहत जुटाउनुपर्ने विषयमा निकै चर्च भएको छ । त्यसकालागि राहत जुटाउन स्विजरल्याण्डबाट चल्ने स्विस नेपाल डट कमले तत्कालै राहत संकलनकालागि आर्थिक सहयोग अभियानपनि शुरु गरेको छ ।
त्यहाँ बाढीले पुर्याएको मानवीय तथा पुर्वाधार क्षति, एनआरएनएमा देखिएको राजनितिकरण, अवैधानिक बसाइका क्रममा नेपालीहरुले भोगेका समस्या, कन्सुलरहरुमा नेपाली कागज प्रमाणीकरणमा देखिएका समस्या, सामुहिक लगानी, च्यारिटी कोष, एनसीसीको कार्यकाल ३ वर्षको हुनु पर्ने, युरोप आउने क्रममा नेपालीमाथि हुने ठगिका समस्याहरु, सवै एनसिसीमाहरुको विधानमा एक रुपता हुनु पर्ने विषयहरुका बारेमा चर्चापरिचर्चा भएको छ ।
ति सबै विषयमा एन आर एनका बिभिन्न मुलुकका अध्यक्ष, आइ सिसि सदस्य र अन्य सरोकारवालाले जिज्ञासा राखेका थिए । ति जिज्ञासाको एनआरएन युरोपेली क्षेत्रिय संयोजक कुमार पन्तको संयोजकत्वमा भएको अनौपचारिक कार्यक्रममा केन्द्रिय अध्यक्ष जिवा लामिछाने, प्रमुख संरक्षक राम प्रताप थापा, सल्लाहकार दिलबहादुर गुरुङ, उपाध्यक्ष हितमान गुरुङ, उपाध्यक्ष रामेश्वर शाह, महासचिव तेन्जी शेर्पा, महिला उपसंयोजक राधा बस्नेत, अमेरिकाका संयोजक दिनेश खरेलले एनसीसीहरुले जवाफ दिएका थिए ।








