यस्तो भो नेपाल बन्द (फोटो ब्लग)
एकात्मक चारदलीय सिण्डिकेट, राष्ट्रपतिको राष्ट्रघाति कदर र प्रन्या खिलराजको कथित चुनावी सरकारको विरुद्ध अग्रगामी ३३ दलले आह्वान गरेको नेपाल बन्दलाई संघीय मञ्च तथा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद र अन्य सङ्गठनहरुको साथमा काठमाडौंमा सशक्त नेपाल बन्द भएको छ । चैत्र २५ गते बिहान सबेरैबाट गरिएको नेपाल बन्दमा कुनै पनि सार्वजानिक तथा नीजी सवारी साधनहरु चेलेका छैनन् । सबै पसल तथा कार्यालयहरु पूर्णरुपमा बन्द छन् ।
काठमाडौं, ललितपुरको सातदोबाटो क्षेत्रमा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद र नेकपा–माओवादी सम्बद्ध लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको नेतृत्वमा नेपाल बन्द सशक्तताका साथ भएको छ । पूर्व लिम्बुवानमा चलेको संघीयता र पहिचानसहितको लिम्बुवान आन्दोलनले अहिले सशक्त रुपमा एकात्मकसत्ताकेन्द्र काठमाडौंलाई बन्द गर्न पुगेको छ । साथै, अरुणपूर्व ९ जिल्ला लिम्बुवानमा पनि सबै जिल्लामा सशक्त नेपाल बन्द भएको छ ।


















