एन आर एनमा यसरि घुस्यो आधिकारिक रुपमै राजनिति

देशभक्त खनाल / बेल्जियम

nrn-icc-Belgium-political-programme-121234

हुन त एन आर एन गैह्र राजनितिक संस्था भनिन्छ । त्यसो भनिएपनि राजनिति हुँदै नभएको त थिएन । भरमार हुन्थ्यो । तर आधिकारिकरुपमै राजनिति घुसेको भने थिएन । अर्थात राजनितिक पार्टीका नेतालाई एन आर एनकै नाममा, एन आर एनकै आयोजनामा राजनितिक बहस गराएर सिधै राजनिति गर्ने थलो भने बनाईेएको थिएन । तर अब भने एन आरमा राजनितिलाई बकाईदा आधिकारिक रुपमै घुसाईेको छ । कसले घुसायो होला यो ? एन आर एनमा बिक्रिति घुसाउने बेल्जियमबाट शुरु भएको हो भन्ने आरोप लगाउँथे । यो राजनितिलाईपनि एन आर एन बेल्जियमलेनै घुसाएर आधिकारिकता दिएको हो । अर्थात एन आर एनका अन्य सदस्यका आँखामा भने एन आर एन बेल्जियमले अर्को बिक्रितिको शुरुवात गरेको हो । यो राजनिति घुसाउने मुख्य भूमिका एन आर एन बेल्जियम अध्यक्ष जानकी गुरुङ र महासचिव शिव बरुवालले गरेका हुन् । भलै यसबारे एन आर एन बेल्जियममा छलफल भएर हो वा होइन स्पष्ठ भएको छैन । राजनिति घुसाउनु पर्छ भनेर सल्लाह दिनेमा सल्लाहकार युवराज गुरुङ र आइ सिसी ससद्य अर्जुन श्रेष्ठपनि पक्कै थिए ।

मार्च १८ का दिन एक्कासि यहाँका नेपालीहरुले खबर पाए, ‘संघियता संवन्धी बहस हुने रे । आयोजक एन आर एन बेल्जियम रे । त्यसकालागि मुख्य अतिथि थिए, नेपाली कांग्रेस प्रवास बिभागका संयोजक अर्जुन जोशी । त्यसपछि अर्का बक्ता नेकपा एमालेका एमालेका केन्द्रिय नेता परशुराम मेघी गुरुङ । उनीहरुले एन आर एनको बकाईदा ब्यानरनै बनाएर राजनितिक बस चलाए । त्यहाँ नेपाली कांग्रेसका जोशी र एमालेका गुरुङले चर्को सित राजनितिक बहस गरे । यो बहसमा बेल्जियमका सबैजसो राजनितिक दलका भात्रि संगठनहरुलाई निम्ता गरियो । संघ संस्थाका प्रतिनिधीहरु टनाटन राखेर नेपालमा संघियता, कस्तो संघियता, पहिचान सहितको संघियता कि पहिचान बेगरको ? यस्ता विषयमा धेरैले बहस गरेर एन आर एन मा अब राजनितिक मुद्दा भित्रिएको आधिकारिकता दिए ।

nrn-icc-Belgium-political-programme-121236

तर अचम्म के भने यो भन्दा पहिले एनआरएन वेल्जियममा राजनिति भयो भन्दै खुब हल्ला गरिन्थ्यो । गैरराजनीतिक संगठन भन्थे । तर १८ मार्चको कार्यक्रम आयोजनाले कम्तिमा एन आर एन बेल्जियम अब गैह्र राजनितिक संगठन रहेन भन्ने पुष्टि गराएका छन् । विशुद्ध राजनीतिक वहशको कार्यक्रम एन आर एनकै लोगोमा गराएर । अझ अचम्म त के भने पहिले पहिले यिनैले एन आर एनमा राजनिति  भयो भन्दै कराउँथे । तर अहिले तिनैलेनै राजनितिक कार्यक्रम गराए । यसरि हेर्दा आफ्नो स्वार्थ पर्दा एन आर एनलाई राजनितिक संगठनका रुपमा पनि लैजान हुने । तर अरुले चाहिँ यो संस्थामा बसेर राजनितिक बहस गर्न नहुने रहेछ भन्ने हैकमबादी शैलीपनि देखिएको छ ।

किन यो बेला राजनिति हुले त एन आर एनमा यतिखेर ? एकिक्रित नेकपा माओवादी, नेकपा-माओवादीले त राजनितिक कार्यक्रम गर्दै आएकै थिए । पछिल्लो समयमा नेकपा एमाले र नेपाली कांग्रेसबाट अलि बढि समर्थक बाटो छोडेर संघिय समाजवादी पार्टीमा हिँडे । हिँड्नत केहि मानिस नेकपा-माओवादी, एकिक्रित माओवादी र राप्रपा बाटपनि हिँडेका हुन् । तर एमाले र नेपाली कांग्रेस छोड्नेको मेलो अलि बेशी भयो ।

त्यहाँ आङकाजी, अशोकराई लगायतका नेता आएर बहस चलाए, पहिचान सहितको संघियताका पक्षमा । तर नेपाली कांग्रेस र एमालेका तर्फबाट दह्रोसित बहस गर्ने कोहि देखिएन । बेल्जियममा खिईएको सांगठनिक अवस्थामा संघियताका विषयमा आफ्नो पार्टीको धारणा सार्वजनिक गर्नुपर्ने भयो । अरु कार्यकर्ता भाग्नबाट रोक्न सकिन्छ कि भनेर । अन्य मोर्चाबाट त्यस्ता कार्यक्रम गर्नु भन्दा एन आर एन बाट गरे बढि आकर्षण होला भन्ने भ्रमले त्यसो गरिएको हो । यता नेपाली कांग्रेस हुँ भन्ने जानकि गुरुङ एन आर एन बेल्जियमकि अध्यक्ष । उता एमालेका शिव बरुवाल एन आर एन बेल्जियमका महासचिव । एन आर एन अनतर्राष्ट्रिय समन्वय समितिका सदस्या अर्जुन श्रेष्ठ पनि एमालेकै भए । आफ्नै हात जगन्नाथ भने झैं यिनीहरुले एन आर एनलाई आफ्नो राजनितिक स्वार्थकालागि दुरुपयोग गरे । एन आर एनमा राजनितिलाई घुसाए । बिक्रित बनाए ।

अब यसको असर विश्वभरि पर्न सक्छ । राजनिति भएपनि आधिकारिक रुपमा एन आर एनको ब्यानरमुनी राजनिति हुने गरेको भने थिएन । अब एन आर एन बेल्जियमले गर्न हुन्छ भने हामीले किन हुन्न भन्दै अन्य देशमापनि यो राजनिति घुस्न सक्छ पक्कैपनि । र अब  राजनितिक कार्यक्रम गर्नैकालागिपनि एन आर एन बेल्जियममा तानातान, बिक्रित झैझगडा, खोसाखोस हुन सक्छ । अन्य पक्षलेपनि अब एन आर एन बेल्जियममार्फत राजनितिक कार्यक्रम आयोजना गर्न थाल्ने छन् । त्यसले एन आर एन बेल्जियमलाई झन बिबादमा तान्ने छ । यस्तो पराक्रम गरेबापत एन आर एन बेल्जियमको अध्यक्ष भएपछि बखेडा मात्रै निकालेर इत्तिहास कायम गरेकि जानकि गुरुङलाई अझ धेरैले धन्यावाद दिने छन् । युवराजजीको रेस्टुरेन्ट अझ बढि चल्ने छ बैठकै बैठक आयोजना गरेर । अर्जुन श्रेष्ठ एन आर एनको अझ ठूलो पदमा पुग्लान् सायद यस्तो राम्रो काम गरेबापत । सबैलाई बधाई !

(फोटो-युवराज गुरुङको फेसबुकबाट)

तलका ब्लगपनि हेर्नुस्

लौ हेर्नुस् ‘आक्रमणकारी महिला डन’ र आक्रमणको पूर्ण बिवरण

यसरि गरेका थिए आक्रमणको दुस्प्रयास (भिडियो ब्लग)

एनआरएन वेल्जियमको राजनीतिक अन्तर्रकृया र यसले उठाएका सवालहरु

एन आर एनको सदस्यतानै खारेज गरिदिने धम्की, संस्थाको वेभसाईटपनि बेचेर खाएको आरोप

बेल्जियममा झुठको पर्दाफास जारि, जंगबहादुर शैलीमा पत्रकारलाई उर्दी

एन आर एन बेल्जियमको झुठको पर्दाफास

 

 

तपाइँको प्रतिक्रिया