असहायहरुलाई सहयोग गर्ने मनकारीहरुको भेला

डिल्लीराम अंमाई / बेल्जियम

P1140702

बेल्जियम कुनै न कुनै रुपमा चर्चामा रहिरहन्छ नेपालीहरुका बिच । सामाजिक संस्थाका नाममा ब्यापार गर्ने । संस्थाको रकम हिनामिना गर्ने । मारमुंग्री मच्चाउने गरेका खबर बढिनै सुनिन्छ । केहि सिमित ब्यक्तिका दर्जनौं संस्थामा आबद्द्द्ता र तिनका बदमासीले गर्दा बेल्जियमका राम्रा कामहरु, असल क्रियाकलापहरु छायाँमा पर्ने गरेका छन् ।  वास्तवमा बेल्जियममा मनकारी नेपालीहरु थुप्रै छन् । दुखजिलो गरेर कमाएको केहि रकम छुट्ट्याएर आफ्नो मात्रिभूमीका लागि सहयोगपनि गरिरहेका छन् । चितवन सहायता कोष त्यस्तो संस्था हो जसले मूलत चितवन जिल्लामा बिभिन्न सामाजिक काम गर्दै आएको छ । त्यो बेल्जियमकै मनकारी नेपालीका दयालु मनले संभव भएको हो ।

P1140668

गएको आइतवार तिनै मनकारी मानिसहरु अन्त्वेर्पेन बेर्खिममा भेला भए । यस्तै मनकारी समाजसेवीहरुको सत्कर्मले यो पटक चौथो भेला मनाउन पाए ।   संस्थापक अध्यक्ष तथा समाजसेवी श्रीमती सिता सापकोटाले छोटो मन्तब्य सहित स्वास्थ्य लगायत बिभिन्न क्षेत्रमा आफ्नो संस्थाले पुर्‍याएको सहयोगले कहाँ के के भयो, के कतिले कस्तो सहयोग पाए भन्ने द्रिष्य देखाउँदै ब्याख्या गरिन् । उक्त हृदयबिदारक बृतचित्रले सबै दर्शकलाई भावबिह्वल बनाएको थियो । उनको द्रिष्यले थोरै सहयोगलेपनि कत्रो परिवर्तन ल्याउन सकिन्छ भन्ने देखाएको थियो । बिदेशमा अलिकति सहयोग जुटाउँदापनि आफ्नो देशका असहायलाई कति सहयोग गर्न सकिन्छ, कस्ता कस्ता अपरिवर्तन ल्याउन सकिन्छ भन्ने बोलेको थियो । असहाय र दुखीहरुका दुखका कहानी देखाउँदा सहभागीहरु भावुक देखिएका थिए ।

P1140664

बिशिस्ठ अतिथी चितवन निवासी आमा उमादेवी चापागाई थिईन् । उनले चारवटा पानसमा मैनबत्ती बालेर कार्यक्रम उद्घाटन गरिन् । उद्घाटन सत्रको सभापतित्व संस्थाका सभापति रामहरी घिमिरेले गरेका थिए ।

P1140670

P1140672

पुरानो समिती बिघटन लगत्तै सिता सापकोताको सँयोजकत्वमा गठित प्रेम पाठक, चिज कुमार श्रेष्ठ, कृष्णप्रसाद रेग्मी र कृष्ण प्रसाद पौडेलको निर्वाचन मण्डलले बन्दसत्रको राय र सुझाव अनुसार श्रीमती पार्वती अधिकारिको अध्यक्षतामा २१ सदस्यिय नयाँ कार्यसमिति  घोषणा गरेको छ । जसमा बरिष्ठ उपाध्यक्ष-दिनेश प्रसाद भण्डारी, उपाध्यक्ष- मोहम्मद रफी शाह, महासचिव- भुवन सुवेदी, सचिव-रामचन्द्र सापकोटा र कोषाध्यक्ष- इश्वरी प्रसाद कंडेल रहनु भएको छ । सदस्यहरुमा कृष्ण शाही, रमेश प्रसाद सापकोटा, राजु घिमिरे, तेजेन्द्र कँडेल, बिनोद मरहठ्ठा, श्रीराम प्रसाइ, नारायण प्रसाद पौडेल, सागर अधिकारी, विश्व अर्याल, शान्ती भण्डारी, धना वस्याल, मोहन केसी, वसन्त ढुंगाना, अभिशेक प्रधान, राधिका तिवारी रहेकाछन ।

P1140678

P1140680

बन्द सत्रले ९ सदस्यिय सल्लाहकार समितिको पनि चयन् गरेको छ । जसमा जानकी गुरुङ्, प्रेम पाठक, शहदेव गौतम, प्रकाश पौडेल, कृष्ण प्रसाद रेग्मी, पवन सुवेदी, चिज कुमार श्रेष्ठ, चिज कुमार श्रेष्ठ शिलु, एक पछी थप्ने गरी रहेका छन । अन्तमा बन्द सेसनले नै उक्त सस्थाको संरक्षकमा सस्थापक अध्यक्ष सिता सापकोटा र निबर्तमान अध्यक्ष रामहरी घिमिरेलाई चयन गरेको छ ।

P1140692

मानव सेवा नै सर्वोतम धर्म हो भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै २००५ जुन १९ मा जन्मेको चितवन सहायता कोष बेल्जियममा बसोबास गर्ने चितवनबासिहरुको परोपकारी सामाजिक संस्था हो । यसको सन्जाल अहिले विश्वका धेरै देशमा सकृय हुँदै गैरहेको छ । साथै यस संस्थाको सहयोगले चितवनका धेरै उत्पीडित वर्ग लाभान्वित भएका छन । गत १७ अक्टोबरमा उक्त सस्थाले चितवनमा २७ लाखको अक्षयकोष समेत खडा गरिसकेको छ ।

तपाइँको प्रतिक्रिया