आदिबासी जनजातिको कार्यक्रममा भडुवाहरुको चलखेल

janajati-programme-24-02-2013 102

(कार्यक्रमका सहभागि)

अस्ति नेपाल आदिबासि जनजाति महासंघ बेल्जियमले अन्तर्क्रिया कार्यक्रम र बिभिन जनजातिको झाँकि देखाउने काम गर्‍यो । म निम्तालु थिएँ । आएँ । संघिय समाजवादी पार्टीका अध्यक्ष अशोक राई, आदिबासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पा दुबै क्रमश प्रमुख अतिथी र विशेष अतिथि थिए । प्रस्तुती आआफ्ना खालका हुने भए । तर निकै स्पष्ठ थिए दुबैका भनाई । धेरै कुरा स्पष्ठ पारे । मैले त्यहाँ बोल्ने सबैको अडियो रेकर्ड गरें । तर ति सन्दर्भहरु म केहि दिनमा राख्ने छु । कार्यक्रममा एन आर एन बेल्जियमकि अध्यक्ष जानकी गुरुङको नेत्रित्वमा केहि महिला डन निकाल्न खोजियो। जसले ममाथि हातपात गर्ने मनशाय राखेर बाटो छेक्ने कोसिस गरेका थिए । तिनको भनाई के भने मैले झुठा समाचार र लेख लेखें अरे एन आर एन बेल्जियम र तिनका बारेमा । तर आजसम्म तिनले के झुठो लेखेको हो, सत्य के हो भनेर खण्डन गर्न सकेका थिएनन् ।

janajati-programme-24-02-2013 098

(प्रमुख अतिथि अशोक राई)

janajati-programme-24-02-2013 053

janajati-programme-24-02-2013 039

(नेपाल आदिवासी जनजाति महासंघका महा सचिव काजी शेर्पा लाई माईक मिलाउँदै कुल मगर र पिजी शेर्पा र त्यसपछि नेपाली जनप्रगतिशिल मोर्चाका सल्लाहकार विष्णु भुजेल)

ति पुरुष र महिला डन मध्ये सबै जसो एन आर एन बेल्जियमका पदाधिकारी थिए । त्यसको चाँजो पाँजो बिहान हलमा प्रबेश गर्नेलेपनि मिलाएका थिए । तर आफुहरु कमजोर देखिएपछि तिनले हमला गर्न सकेनन् । अर्को तिर पत्रकारिताको स्वतन्त्रता प्रति धेरै देखा परे । र तिनले पत्रकार प्रति सद्भाव देखाए । न्यायिक, न्यायिक, कानुनी र बैधानिक बिकल्प हुँदा हुँदै गुण्डागर्दीमा उत्रिने, हुममुल गर्ने, गुण्डा गुण्डागर्दीमा उत्रिने डन महिला र तिनका मतियारको भिडियो र फोटो मसित सुरक्षित छ । बिहान आएर लोलोपोतो घसेर आक्रमणको बातावरण बनाएर हिड्ने ब्यापारी र प्रतिस्ठित नामधारीको योजना बारेपनि म पूर्ण जानकार छु । ति सबै तस्विर सहित राख्ने छु केहि समयमा ।

बेल्जियममा म ब्यापारी, म उध्योगपती, म समाजसेवी भन्नेका ठगी, अरुलाई रुवाउने काम, गैह्र कानुनी कमाई, गैह्र कानुनी ब्यवशाय पत्ता लगाएको छु । नेपालीलाइ अनेक यातना दिएर, षडयन्त्र गरेर ठग्नेका जालसाँजीपनि पत्ता लगाएको छु । केहि प्रमाण फेला परेका छन् । बिस्तारै ति सबै सार्वजनिक गर्ने छु । तर गुण्डागर्दीमा उत्रिने, बन्द कोठामा योजना बनाएर महिलालाई अगाडि सार्ने र आफु लुक्ने, तर्साउन खोज्ने, समाजमा बिक्रिति फैलाएर मुख देखाउन नहुने भएकासित म डराउन्न । यो घटनाको बिवरण तस्विर सहित सार्वजनिक गर्ने छु । बाटो छेक्न आउनेको तस्विरलाई गोलो घेरामा राखि राखि नाम सहित चिनाएर लेख्ने छु ।

अहिले चाहिँ नेपाल आदिबासी जनजाति महासंघको त्यो कार्यक्रमका केहि तस्विर हेर्नुस ।

janajati-programme-24-02-2013 016

janajati-programme-24-02-2013 057

(माथिल्लो तस्विरमा बिपी प्रतिष्ठान बेल्जियमकी सचिव सिता सापकोटा र पछिल्लोमा आङकाजी शेर्पाको तस्विर खिच्दै दुई नेपाली)

janajati-programme-24-02-2013 094

            (सहभागिहरुको तस्विर खिच्दै आङकाजी शेर्पा)

janajati-programme-24-02-2013 105

janajati-programme-24-02-2013 123

janajati-programme-24-02-2013 125

janajati-programme-24-02-2013 126

(यस माथिका चार तस्विर जनजातिले निकालेको झाँकि)

कार्यक्रममा आङकाजी शेर्पा र अशिक राईले बोलेका महत्वपूर्ण सन्दर्भहरुलाई केहि दिनमा उतारेर राख्ने छु । अस्ति  जुन घटना भयो त्यसका बारेमा केहि गतल सन्देश, बुझाई, अतिरन्जित र स्पष्ठ तरिकाले ब्याख्या गर्ने गरेको मैले देखेको छु । त्यसका बारेमा केहि दिनमा अ औने लेख र मेरो समाचारले स्पष्ठ पार्ने छ । अन्तर्वार्ता क्रममा बाहिर निकै ब्यस्त रहेकाले नेपालप्लस बेलैमा अपडेट गर्न नसकेकामा तपाईहरु सबैसित क्षमा माग्छु ।

कुल मगरको फेसबुकबाट लिएको यो समाचारपनि हेर्नुस्
 
नेपाल आदिवासी जनजाती महसंघ बेल्जियमको आयोजनामा एक अन्तरकृया तथा आदिवासी सयुक्त सान्स्कृतिक कार्यक्रम सम्पन्न भएको छ। महासंघ बेल्जियमको अध्यक्ष पेम्वा गेल्बु शेर्पाको अध्यक्षता र महासचिव कुल बहादुर मगरको सन्चालन तथा उपाध्यक्ष सोमनाथ थनेत स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा प्रमुख अथिती संघिय समाजवादी पार्टीको अध्यक्ष अशोक राई हुनुहुन्थ्यो भने बिशेष अथिती नेपाल आदिवासी जनजाती महसँघ केन्द्रिय महसचिव आङ काजी शेर्पा हुनुहुन्थ्यो। त्यसैगरी एन आर एन अध्यक्ष श्रीमती जानकी गुरुङ तथा आई सि सि सदस्य अर्जुन कुमार श्रेष्ठ पनि मन्चमा आशिन हुनुहुन्थ्यो। बेल्जियमस्थित बिभिन्न संघ संस्थाको आध्यक्ष तथा प्रतिनिधि, फ्रन्सबाट सन्चालन हुने नेपालप्लस डट कामको सम्पादक लगायत बेल्जियमस्थित पत्रकारको साथै आदिवासी जनजाती हकहितको लागि संघर्षरत बेल्जियमवासी नेपालीहरुको वाक्लो उपस्थिती रहेको थियो। उपाध्यक्ष श्रीमती अनन्त गुरुङले ब्यज तथा खादाले सम्मान गरेलगतै प्रमुख अथिती र विशेश अथितीद्वारा संयुक्त रुपमा उद्घाटन गरेलगतै आदिवासी राष्ट्रिय गीतवाट कार्यक्रम सुरु गरिएको थियो।
 
वि पि प्रतिस्ठान बेल्जियमको सचिव सिता सापकोटा,नेपाली जन प्रगतिशिल मन्च बेल्जियमको महासचिव कृष्ण तिवारी, नेपाली जनसंपर्क समिती बेल्जियमको अध्यक्ष गंगाधर गौतम,नेपाली जनप्रगतिशिल मोर्चा बेल्जियमको अध्यक्ष प्रेम पाठक,बुद्दिजिवी तथा आदिवासी जनजाती आन्दोलनलाई नजिक बाट सहयोग गरिरेको व्यक्तित्व बिष्णु भुजेल, आई सि सि सदस्य अर्जुन कुमार श्रेष्ठ र एन आर एन अध्यक्ष श्रीमती जनकी गुरुङ्ले आ आफ्नो जिज्ञासा र विचारसहित शुभकामना मन्तव्य राख्नु भएको थियो। त्यस्पस्चात विशेस अथिती तथा प्रमुख अथितीले करिव तीन घण्टा लामो मन्तव्यमा वर्तमान राजनैतीक स्थिती, आदिवासी जनजातिहरुको हक अधिकार र आन्दोलन तथा आन्दोलनको औचित्य, ठुला राजनैतीक दल्हरुको जनजातीप्रती रहेको धारणा, ठुला पार्टी जस्तो काङ्ग्रेस एमाले भित्रको जनजाती नेताहरुले गरेको विद्रोह र कारण अनी नयाँ पार्टी निर्माणको आवस्यक्ता लगायत बिषयमा स्पस्ट पार्नुभएको थियो।छोटो समय चलेको अन्तरकृया कार्यक्रममा हाम्रोखबर डट कमका सम्पादक सालीकराम गौतम लगयतले समसमायिक प्रश्नहरु राख्नु भएको थियो। अन्तमा अध्यक्ष शेर्पाले उपस्थित अथितीको मन्तव्यहरुमाथी छोटकारीमा टिप्पणी गर्दै उपस्थित सम्पूर्णलाई धन्यवाद दिदै कार्यक्रम समापन गर्नु भएको थियो।
संयुक्त किरात समाज बेल्जियमको तर्फवाट प्रस्तुत गरेको पल्लो किरातको ढोल नाच सँगै सुरु भएको सन्स्कृतिक कार्यक्रम मा शेर्पाको स्यप्रु नाच,राई लिम्बुको ढोल नाच र चन्डी नाच र गुरुङको झ्याउरे नाच अती आकर्षक रहेको थियो अन्य समुदायको मुख्य न्रित्यहरु प्रविधिक करणले राम्रो हुन सकेन अन्तमा नेपालबाट आउनुभएको कलाकारहरु ज्योति मगर र दुर्गा गुरुङको प्रस्तुतिसगै दर्शकहरु रमाएको थियो।

तपाइँको प्रतिक्रिया