बेल्जियममा क्या जम्यो मगरहरुको संक्रान्ती मेला

शेरबहादुर छन्त्याल / बेल्जियम

DSC_1291

हरेक बर्षमा आयोजना गरिने माघे संक्रान्ती विश्व मगर संघ, बेल्जियमले बडो रौनकता र खुशीयालीका साथ मनाए । माघ महिना यसै पनि जाडोले आच्छु आच्छु पारीहाल्छ नै । तर हिजो लुभेन शहरमा जाडोको मौसममा नै शुरु हुने मगर जातिको बिशेष चाड माघे संक्रान्तीको अर्कै झलक र बिशेष अर्थ थियो ।

DSC_1304

हल भित्र प्रवेश गर्नासाथ गाउघरको झल्को लाग्ने गरी मगर चेलीहरुले आफ्ना मौलिक पोशाकमा  ससाना सोलीबाट पाहुनालाई सगुन टक्र्याउँदै थिए अविभादनका साथ । मन्चमा औपचारिक कार्यक्रम चल्दै थियो । यता पाहुनाहरुलाई ब्यबस्थित गर्दै खानपिन बन्दोबस्त गर्न स्वयमसेवकहरु निरन्तर खटिरहेका थिए ।
DSC_1276

मन्चबाट कार्यक्रमको संचालन गरिरहेका कुल मगरले प्रमूख अतिथी पिजी शेर्पालाई बोल्न आग्रह गर्दा हलमा एकाएक कानेखुसी गरेको देखिन्थ्यो । कारण थियो, हरेकजसो कार्यक्रमको प्रमूख अतिथीमा राजदूत या दुतावासका अन्य कुटनितिक ब्यक्ति हुने गर्दथे । तर बेल्जियममा महामहिम राजदूत राममणी पोख्रेलले जातीय संघ संस्था विरुद्ध विवादित मन्तव्य र धम्कीपूर्ण प्रेस विज्ञप्ती दिएपछी अधिकांश जनजातिहरुले मन दुखाएका छन् । परिणाम हिजोको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ, बेल्जियमका अध्यक्ष पिजी शेर्पा बेल्जियमका जनजाति माझ सम्मानित बन्न पुगे । ‘यो सम्मान पिजी शेर्पा एउटा ब्यक्तीको मात्र होइन, सिङो आदिवासी जनजाति महासंघको हो ।’ प्रमूख अतिथीले पनि भूमिका बाँध्दै भने ।

DSC_1278
DSC_1288

औपचारिक कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष मार्के मगरले सम्पूर्ण पाहुनाहरुलाई माघे संक्रान्तीको शुभकामना र निमन्त्रणा स्वीकारीदिएकोमा धन्यवाद ब्यक्त गरे ।

DSC_0805

DSC_1300

DSC_1308

लगत्तै दोस्रो चरणको परम्परागत धनुषबाण खेल सकिएपछी बल्ल पालो आयो मनोरन्जनात्मक साँस्कृतिक कार्यक्रमको ।

DSC_1304

DSC_1317

शुरुमा नै सानी नानी कृतिका मगरले ‘फूलको आँखामा फूलै संसार’ बोलको गीत गाएर हलमा उपस्थित सबैलाई मन्त्रमुग्ध पारिन् । मगर पोशाकसहित स्थानीय कलाकारहरुको कौडा नाच खुब जम्यो । पुराना लोक गायक बलराम पुनले मन्चबाट पञ्चेबाजामा लोकगीत घन्काउँदा नाच्नेहरुको भिडै भयो ।

DSC_1299

DSC_0813

अर्का गायककार दुर्गा गुरुङले आफ्नो प्रस्तुतिमा युवापुस्ता लाई नचाउदै मनोरन्जन दिलाए ।  जब गायिका ज्योति मगर मन्चमा आइन्, सबैका कान टाठा भए । उनको हाउभाउ र कला प्रस्तुति ‘उही सिङ्किको पानी’ मा हुटिङ र ‘ओन्स मोर’ संगसंगै नाच्दै, गाउँदै र रमाउँदै खुशीयालीका साथ माघे संक्रान्ती मनाए ।

तपाइँको प्रतिक्रिया