बेल्जियन नागरिकको आँखामा कहालिलाग्दो नेपालको दृश्य

लुना / बेल्जियम

nepal-pm-cleaning-the-road-3343

बेल्जियम नागरिक ब्रुनोले यो भिडियो ईमेलमा पठाउनु भएको थियो । ब्रुनोले युबट्युब मार्फत  भेटेका रैछन् । यो भिडियो गएको १३ डिसेम्बर  २०१२ मा पोस्ट भएको रैछ  । भिडियोमा काठमाडौँ हिमालय, नेपाल, ट्रेकिंग शब्द उचारण गरेको बाहेक अरु क्यै शब्द बुझिन । फ्रान्सेली भाषा प्रयोग भएको छैन भिडियोमा । बाँकी सबै दृश्यले नै बताउँछ भाषा नबुझिए पनि । सार्है दुख लाग्दो दृश्य हो यो  ।

(भिडियो हेर्न यो लिन्क http://www0.humour-humour.com/la-pollution-fait-rage-chez-les-habitants-de-katmandou.html लाइ कपी पेस्ट गर्नुस्)

यो भिडियो काठमान्डू घुम्न आउने कुनै एक पर्यटकले खिचेका हुन् । भिडियोमा काठमान्डूका नदि (नदिको नाम उल्लेख गरिएको छैन तर हेर्दा देखिन्छ यो काठमान्डूको कुनै नदी (बिष्णुमति) मा ठेला रिक्साबाट फोहोर फालिएको छ  । फोहोरका थुप्राले नदि भनेर ठम्याउनै मुश्किल  झैँ देखिएको छ  । नदीमा बगेको पानी पानी नभएर ढलको रुपमा परिणत भईसकेको छ  । यो कुरा ति बिदेशी पर्यटकको नजरमा कहालीलाग्दो भएपनि हामीलाई भने पाच्य (बानी परेको हुन सक्छ) यस हद सम्मको बाताबरण प्रदुषित दृश्य । तर  पनि यथार्थ के हो भने यो भयावह दृश्य नै हो ! 

हावापानी हाम्रो जिबन हो । हावा पानी नै भयावह रुपमा दुषित भए पछि के हामी निरोगी भएर बाँच्न सक्छौ ? हाम्रा कलिला सन्तान निरोगी भएर बाँच्न सक्छन् ? उचित ब्यबस्थापन नगरी जथाभाबि  फालिएका प्लास्टिकजन्य प्रदार्थ, रसायनजन्य प्रदार्थ देखि लिएर ब्याट्री र अन्य घातक प्रदार्थहरुले हावापानीलाई अत्यधिक प्रदुषित बनाउँदा अनेक किसिमका क्यान्सर रोग उत्पन्न भैरहेको छ  । यस्तो घातक रोगको शिकार जो कोहीपनि हुनसक्छ ।

यो त भो क्यान्सर जस्ता डरलाग्दा रोगका कुरा । अब बर्तमान मै लागौ । बर्तमान काठमान्डूको  नागरिक स्वास्थ्यको बारेमा बुझौ  । हरेक १०० नागरिकमा कम्तिमा ८० जनालाई श्वास प्रश्वास देखि लिएर पेट  मस्तिस्क सम्बन्धि र छालाको रोग (रुघा खोकी, घाँटी दुख्ने, खाएको नपच्ने, पखाला, आउँको समस्या, टाउको दुख्ने, शरीरको छालामा एलर्जी हुने आदि) यी प्रमुख रोगको रुपमा रहेका छन् । यसो हुनुमा प्रदुषित बाताबरणको अत्यधिक असर हो  ।

कुरा केही समय अघिको ।  हाम्रा प्रम डाक्टर बाबुराम भट्टराई सरसफाई अभियानमा संलग्न हुनु भा’थ्यो । त्यो बेला हाम्रा मिडियाहरुले प्रम ज्यु अनि सरकारी प्रतिनिधिहरुले कुचो समाउनु भा’को फोटो असाध्यै महत्वका साथ छापिरहेका थिए । त्यसको लगत्तै  उक्त एकसाते कार्यक्रममा कुचो – माक्स – पन्जा आदि खर्चमा करिब दुई करोड रुपैया (एक करोड ९४ लाख) खर्च भएको कुरा पनि मिडियामा आयो जोडतोडका साथ । त्यस पछि उक्त सरसफाई अभियानले अहिले कुन रुप लिइरहेको छ ? यस बारेमा हाम्रा मिडियामा कुनै कुरा आएको थाहा भएन ।

प्रधान मन्त्रि मार्फत उक्त एकसाते कार्यक्रम भएको केही महिना पछि  एक बिदेशी नागरिकले केही हप्ता अघि (१३ डिसेम्बर २०१२) मा काठमान्डूको बाताबरण भयावह देखिने यो भिडियो पोस्ट गरे युटुबमा  ।

बिहान बिहान काठमान्डू बढार्ने अभियानलाई मात्रै सरसफाई अभियानको रुप मान्ने हो भने यो भिडियोमा देखाएको दृश्यले नै स्पस्ट भन्छ, त्यो मात्र जनताको आँखामा धुलो छर्ने काम  हो । बिहान बिहान काठमान्डू बढार्ने र नगरपालिकाका ठेला रिक्सा / ट्रकहरु  काठमान्डूबासीका घर घरमा फोहोर लिन जाने कामले मात्रै शहर सफा गर्दै छ सरकारले  भनेर चित्त बुझाउने स्थिति रहेन । स्थिति

भयावह छ । यो भयावह स्थितिको दोष सरकारलाई मात्रै दिएको हैन हामी सबै काठमान्डूबासी उत्तिकै दोषी छौ । तर हामीलाई उचित मार्गमा ल्याउने काम त सरकारको हुनु पर्यो नि भन्ने मेरो गुनासो हो  । अरुको उदाहरण दिनै पर्दैन ।

सबै भन्दा पैला म मेरै उदाहरण दिन्छु कुन हद सम्म म पनि दोषी छु यो भिडियोमा देखाईएको  दृश्य (यथार्त) सँग प्रत्यक्ष वा अप्रत्यक्षरुपमा रुपमा । म काठमान्डू जाँदा बा आमाको घरमा बस्छु  ।

हप्तामा एक दिन ठेला रिक्सामा फोहोर उठाउन आउँछन नगरपालिकाका कर्मचारी हाम्रो बा आमाको घरतिर । घरमा फोहोर फाल्ने झोला या ससानो बोरा हुन्छ सधैं । अनि त्यस झोला या बोरामा फुटेको गमला, फुटेको सिसा, बोतल, टिन, फलामजन्य धातुका बस्तुहरु, प्लास्टिकका झोला देखि लिएर टुथ ब्रस, टुथ पेस्ट,खिईएका चप्पल, जुत्ता आदि जुन हामी दैनिक प्रयोगमा ल्याउछौ  । यि सबै बस्तु झोलामा पोको परेर बसेको हुन्छ फालिनलाई । जब फोहोर लिन आउँछन ठेला रिक्सामा, यि फोहोर राखिएका झोला त्यस ठेलामा पुग्छ  । त्यस पछि नगरपालिकाको ठेला रिक्सा हुँदै कहाँ पुग्छ त्यस्ता फोहोर बस्तु जुन भिडियोमा देखिएको छ ।

यो मेरो घरको कुरा मात्रै होईन , सम्पूर्ण काठमान्डूबासीहरुको  कुरा हो । अनि भिडियोमा देखाईएको दृश्यको दोषी हामी सबै हौं । त्यसमा प्रमुख दोषी हामीलाई सहि मार्गमा ल्याउन नसक्ने हाम्रो सरकार हो । हाम्रो सरकारले फोहोर ब्यबस्थापन सम्बन्धमा दह्रो योजना बनाउन जरुरी छ ! त्यसको लागि बजेट धेरै लाग्ने भए बरु काठमान्डूमा बसोबास गर्ने बासिन्दाहरुलाई कर लगाइयोस् आबश्यक रुपमा ।

१, खाद्यजन्य प्रदार्थ

२, औषधिजन्य प्रदार्थ

3, प्लास्टिक जन्य प्रदार्थ

4, सिसाजन्य प्रदार्थ

5, धातुजन्य प्रदार्थ

६, सुति कपडाजन्य बस्तु

७, पोलिस्टर पोलार जन्य बस्तु

८, कागजजन्य बस्तु

९, काठजन्य  बस्तु

१०, ब्याट्रीजन्य प्रदार्थ / बस्तु

११, सिमेन्ट बालुवा ढुंगा आदि भौतिक निर्माणजन्य बस्तु

यि बस्तुहरु मध्ये केहीको लागि झोला या डिब्बाको वितरण ब्यबस्था सरकारबाट हुन जरुरी छ । साधारणतया हप्तामा दुई पटक फोहोर उठाउने ब्यबस्था गरिनु जरुरी छ  । केही बिशेष बस्तुहरुको लागि महिनामा एक पटक उठाउने ब्यबस्था गर्न सक्छ  । जस्तो कि ब्याट्री जन्य बस्तु, कागज जन्य बस्तु, काठ जन्य बस्तु, कपडा जन्य बस्तु आदि  । महिनाको शुरुको आईतबार ब्याट्री उठाउन आउने,  सोमबार कागजजन्य प्रदार्थ उठाउन आउने  ।

हरेक घर घरबाट उठाईएका बस्तुहरुको रिसाईकिलिङ्ग (पुन : प्रयोग गर्ने बिधि मार्फत प्रयोगमा आउने बस्तु बनाउने) ब्यबस्था गर्ने । के यसो हुन असम्भब छ ?  छ यदि सरकारले पूर्णमा जिम्मेबारीबहन गरेर जनतालाई सहि बाटोमा हिँड्न बाध्य बनायो भने । उसो त सरकारी स्तरबाट क्यै काम भएका पनि होलान फोहोर ब्यबस्थापन सम्बन्धमा तर त्यो प्रयाप्त हुन नसकेको उदाहरण माथिको भिडियो साक्षी छ ।

यस भिडियोले काठमान्डूबासीको सभ्यताको परिचय दिएको छ ! यस शहरका हामी सभ्य नागरिक  ? आशा गरौं हाम्रा मिडियाको तिखो नजर यो दुर्दशामा पनि परोस् ! हाम्रा मिडियाले सरकार तथा नागरिकलाई झस्काउने काम गरोस् ।

http://www0.humour-humour.com/la-pollution-fait-rage-chez-les-habitants-de-katmandou.html

तपाइँको प्रतिक्रिया