एन आर एन बेल्जियममा अर्को धुर्बे आतंक

उता नेपालाम विश्वको ठूलो स्तनधारी जिव हातीको चर्चा छ । अर्थात् ध्रुबे आतंकको चर्चा । यता एन आर एन बेल्जियममा त्यस्तै अर्को ध्रुबे देखा परेको छ । उता हात्ती ध्रुबेको आतंक र चर्चा । यता बेल्जियममा मेडिया ध्रुबेको चर्चा । अर्थात नेपालप्लस ध्रुबे । उता पोथी नपाएर, समूहबाट छुट्टिनु परेकाले ध्रुबेको आतंक सहेका छन् नेपालीले । यता धर्मशास्त्रलाई साक्षी राखेर, धार्मिक पुस्तक गीता र चण्डी पढेर पैसा नदिनेहरुको गोप्यता सार्वजनिक गरिदिएकाले नेपालप्लसको चर्चा । दुखि नेपालीका, बिरक्तिँदै दुख गरेका नेपालीलाई के के न गर्ने भनेर गुईलो चखाउँदै सहयोग गर्न भनेर खोलिएको एन आरएनमा तिरेको सदस्यताको रकमपनि नदिनेहरुको नाम सार्वजनिक भएपछि अनुहार लुकाउनेहरुबिच ध्रुबे आतंक । उता चितवनमा गोली हान्न थालेपछि बिरक्तिँदै ध्रुबे जंगलभित्र फरार भएको कथा । यता बेल्जियममा पैसो नदिएपछि वेभ र पत्रीकामा फेरी नाम लेखिदेला भनेर गुपचुप बस्नेको कथा । उता मार्लान् भनेर ध्रुबेको भागाभाग । यता ‘ संस्थाको पैसो किन नदिएको’ भन्दै नाम लेखिदेला र बेईज्जत होला भन्ने त्रासले समाजसेवीको भागाभाग । उता प्रधानमन्त्री बाबुराम भट्टराई त्रस्त । यता महामहिम राजदूत राममणी पोख्रेल आतंकित ।

बेल्जियमका राजदूत राममणी पोख्रेलपनि आफूले जथाभाबी बोल्दै हिंड्ने, एक पक्षलाइ काखी च्याप्ने र अर्को पक्षलाई ईन्कार गर्ने, नेपाली नेपालीबिच निकट र टाढा राखेर ब्यवहार गरेका उनले मेडियाले त्यसको समाचार सार्वजनिक गरिदिएर आतंकित बनेका रहेछन् । तर देशको करमा तलब र सुबिधा लिएका उनले कसैलाई काखा र कुनै नेपालीलाई पाखा गर्न पाइन्न भन्ने चाहिँ भुलेछन् ।

हो यो आतंक हिजो भएको हो एन आर बेल्जियमको वार्षिक साधारण सभामा । भन्नलाई साधारण सभा भनियो । तर त्यो पत्रकारको आलोचना गर्ने जस्तै थियो । कि त प्रशंसा गर्ने थिए । कि आलोचना गर्ने । वार्षिक साधारण सभा भनिएपनि त्यहाँ करिब ८५ जना थिए । त्यसमा आधा भन्दा बढि त तमु समाजका सदस्य थिए । एन आर एनका भएका भनिएका पाँच सदस्यमा कसैलाई चासो देखिएन । आउन् पनि किन ? न त्यहाँ नेपालीको हितको कुरा हुन्छ । न नेपालका लागि काम हुन्छ । न बोलेका काम पुरा हुन्छन् । न दिएको रकम सदुपयोग गर्छन् । बरु फेरी अनेक नाममा रकम उठाउलान् र त्योपनि हिनामिना गर्लान् भन्ने त्रास । अनेक नाममा बखेडा । किचकिच । झुठो आश्वासनमा खादा लाउने र माईकमा उफ्रिनेको घुइँचो हेर्न किन आउनु ? कार्यसमितिका सबै सदस्यपनि आएनन् । अड्कल काटियो, पैसो नतिरेको समाचार सार्वजनिक भएपछि लाजले ति मुख देखाउन नसकेर नआएका हुन् ।

तमु समाज बेल्जियमको अध्यक्ष पदम गुरुङ, जनजाति सरोकार मञ्चको राम गुरुङ, आदिबासी जनजाति महा संघका अध्यक्ष पिजी शेर्पा, जनप्रगतिशिल मोर्चा अध्यक्ष प्रेम पाठक, जनप्रगतिशिल मञ्च बेल्जियमक अध्यक्ष चित्र सुबेदीपनि थिए, मन्तब्य राख्नेमा । यि मध्ये राम गुरुङ, प्रेम पाठक लगायत केहिले चाहिँ मेडियाले देखेको र भएका घटनालाई सत्य तथ्य रुपमा बाहिर ल्याएको भन्दै प्रशंसा गरेका थिए । केहिले मेडियाका बारेमा कुनै प्रसंगनै निकालेनन् ।

जे होस्, एन आर एनका उपस्थितहरु मध्येपनि पुरै आतंक छाएको देखिएको थियो । एन आर एन अध्यक्ष जानकी गुरुङ, पूर्व महासचिव नन्द घले, आई सिसी सदस्य अर्जुन कुमार श्रेष्ठ, एन आर एन सल्लाहकार युवराज गुरुङ, लगायतका धेरैले हाका हाकी चर्कि चर्कि मेडियाको खोइरो खनेका थिए । तर नाम भने नेपालप्लसको सिधा लिन नसकेर पेरिसबाट चल्ने भन्दै नेपालप्लसलाई संकेत गरे । सल्लाहकार युवराज गुरुङले भने पत्रकार दीपकज्योति पौडेलले फेसबुकमा उनले लेखेको स्टाटसलाई इंगित गर्दै आलोचना गरेका थिए । एन आर एन बेल्जियम ओरालो लाग्दै छ भन्ने आशयको स्टाटसलाई उनले आधार बनाएर पौडेलको नामै तोकि तोकि साधारण सभा हलमा बिरोध गरे ।

कार्यक्रममा समाजसेवी सिता सापकोटा, एन आर एन आ इ सि सि सदस्य पिजी शेर्पा, कांग्रेस नेता गंगाधर गौतम, रजनी प्रधान, शिव बरुवाल लगायत केहिले मात्रै मेडियाको आलोचना नगरि मन्तब्य दिए । क्यास माओवादी भनेर चिनिने एकिक्रित नेकपा माओवादीको भगिनी संस्था जनप्रगतिशिल मञ्च र ड्यास माओवादी भनेर चिनिने नेकपा-माओवादीको जनप्रगतिशिल मञ्चबिच भने सानोतिनो जुहारी चलेको थियो ।

एन आर एनको साधारण सभा भनिएपनि कार्यक्रम पुरै पत्रकारहरुलाई गाली गर्न, आफु साखुल्ले बन्न, आफ्ना कमजोरीहरु ढाक्न र ‘लौ न हाम्रो त इज्जतै गयो पैसा नदिने भनेर लेखिदिनाले’ भनेर चिल्लाउँदै बिताएका थिए । उनीहरुले मेडियाले किन लेखिदियो भनेर रुन्चे गुनासो र धम्कीको भाषा त बोले । तर आफुले भएको रकमपनि झिकेर एन आर एन खाता किन शुन्य पारियो, सदस्यले तिरेको सदस्यता शुल्क किन हिनामिना गरियो ? एन आरएनले किन नेपालीका बिच भाँजो हाल्ने भूमिका खेल्यो । यसबारे भने केहि बोलेनन् ।

शरणार्थी क्याम्पमा बसेका दुखि नेपालीको पैसो र झोला समेत ठगेर खाइदिने । एन आर एनको पैसो हिनामिना गर्ने । एन आर एनको  नेत्रित्वमा दुई वर्ष भित्रमा नेपाल हाउस बनाउने भनेर घोषणा गरेपनि कबुलेको पैसो समेत नदिने । बरु अन्य सदस्यबाट उठेको रकम समेत हिनामिना गर्ने । अरु नेपाली समूदायले गर्न खोजेका काममा आक्रमण र हस्तक्षेप गरेर एन अर एनलाई पंगु बनाउने । बोलेको रकम नदिने तर त्यहि बोलियो भन्दै समाजसेवी बनेर खादा र फूलमाला लगाउने । निधारमा राता टिका टल्काउनेका कमजोरीहरुलाई नेपालप्लसले सार्वजनिक गरेको थियो । र आवाज उठाएको थियो, कबुलेको रकम देउ, बोलेको काम गर । तर उनीहरुले ति कर्तुत र कमजोरीहरुलाई अझै ढाकछोप गर्न खोजेका थिए ।

(फोटो शेर बहादुर छन्त्यालले खिचेका हुन् । महामहिम कसरि जंगिए, एन आर एन का केहि प्रतिनिधी कसरि तर्सिए, साधारण सभा भनिएको हलमा के के भयो, को कोले के बोले, के कसरि आरोपित गरे, त्रस्त बने, त्यहाँ के के भयो पुरा समाचार र चिरफार आउँदै छ पर्खिनुहोला ) ।

तपाइँको प्रतिक्रिया