यो ज्यानलाई कस्तो छ कुन्नी !

मन जित्ने आआफ्नै तरिका । बरोईङ आउल भनिने उल्लूको भालेले पोथी फकाउँदै । चराहरुपनि प्रियसीको मन जित्न पहिले नजिक नजिक जान्छन् । चासो राख्छन् । ख्याल गरेझैं गर्छन् । आहारा खोजेर ल्याउँछन्, ‘खाउ खाउ’ भन्दै मुखैमा लगेर दिन्छन् । यो फोटोमापनि फोटोग्राफर स्टिभ सिन यहि गतिबिधी नियालीरहेका थिए । चौरमा बसिरहेकी पोथी नजिक यो भाले भुरुर्र उडेर आयो । पोथीलाई जिस्काउन थाल्यो । तर जिस्काउन आउँदा सधैं कहाँ मन पर्छ र ? मानिसको जस्तै कतिपय बानि ब्यहोरा चारमापनि मिल्छ ।

त्यसैले चराका भाले केटाहरु झैं जिस्काउन जान्छन् । पोथीहरु केटीले जस्तै रुचाउँदैनन् । स्टिभले यो उल्लूको पोथीलेपनि त्यस्तै मन नपराएको अवलोकन गरे । पोथी धकेल्दै थिई भालेलाई । त्यहाँ उसलाई छोडेर अन्यत्र जा भन्दै । अटेर गरेपछि पोथीले भालेलाई धम्कि नै दिईछे । भाले लत्रक्क पर्दै उडेर बाटो लाग्यो । यो फोटो अमेरिकाको क्यालिफोर्नियास्थित ओरँज कन्ट्रीमा खिचिएको हो ।

तपाइँको प्रतिक्रिया