बिश्व साइकलयात्रीलाई दालभातको चिन्ता
“ददिजी, अब पेरिस आएपछि के गर्ने ? आइफल टावर चढ्ने। मोनालिसा हेर्ने। अरु के गर्ने ? नेपालीहरु भेट्ने । दालभात बजाउने। यार दालभात नखाएको निक्कै भयो।”
–उहि साइकले।
नेपाली बिश्व साइकलयात्री पुश्कर शाहकालागि पेरिसमा केहि न केहि कार्यक्रमगर्नकालागि के गर्ने मन छ भन्ने प्रश्न सोधेर पठाउँदा पुश्कर शाहले निकै रौसिएको भावमा इमेल मार्फत फर्काएका जवाफ हुन यि। नरौसिउन पनि किन? जतिबेला उनी विश्व शान्तिको कामना गर्दै साईकलयात्रामा निस्किएका थिए त्यतिबेला उनको आफ्नै मातृभुमी रगतले रंगिएको थियो। हत्या, हिंसा, बलात्कार, अपहरण, यातना र स्वेच्छचारी गिरफ्तारी दैनिक नियतिनै थियो।
तर अहिले त्यो अवस्थाले पुरै कोल्टे फेरेको छ। देशमा शान्ति छाएको छ। उनी निस्कँदाको कोलाहलपूर्ण मुलुक अहिले एउटा पूर्ण प्रजातान्त्रीक र दिर्घकालिन शान्तिको बाटोतिर उन्मुख छ। त्यसैले उनी आफ्नो उद्देश्यमा सफलनै भएका छन। यो भन्दा खुसीको क्षण उनलाई के होला अर्को? हो, यिनी तिनै विश्व साईकलयात्री पुश्कर शाह हुन जसले आफ्नो देश र सिंगो विश्व शान्तिकोलागि कामनागर्दै सन् १९९८ को नोभेम्बर २९ का दिन आफ्नी आमाले दिएको एकसय रुपियाँबाट सुरु गरेका थिए विश्व साईकल यात्रा काठमाडौबाट। र हालसम्मको आफ्नो यात्रा शुभेच्छुकहरुकै सहयोगमा चलेको बताएका छन। अहिले उनले विश्वका ९८ मुलुक भ्रमण गरिसकेका छन। हाल उनी अफ्रीकाको घानामा साईकल पेल्दै छन। त्यहाबाट उनी आइभोरिकोष्टहुदै गन्तब्यको सयौ देश फ्रान्स आइपुग्दै छन। जुलाई महिनाको पहिलो हप्ता फ्रान्स आइपुग्ने उनले पालुवालाई जानकारि दिएका छन। उनले आफ्नो भ्रमण सक्दा तिन लाख ९० हजार किलोमिटर को दूरि साईकल चलाएर छिचोल्ने छन। उनको भ्रमण सयौं देश पुगेको उपलक्ष्यमा फ्रान्समा छलफल, साईकल यात्रा लगायतका कार्यक्रम गर्न लागिएको छ। आफुले भ्रमण गरेका देशहरुको राष्टृय झन्डा बोकेर सन् २०१० मा विश्वको सर्बोच्च शिखर सगरमाथा चढ्ने लक्ष्य उनले राखेका छन।





