बेल्जियमका म्याग्देलीहरु देउसी भैलोमा रमाउँदै

 ∙ एल बि नेपाली / बेल्जियम

यु टुबमा देउसी-भैलो हेरेर चित्त बुझाउनु पर्ने अवस्था बेल्जियमका म्याग्देलीहरुलाई छैन । लक्ष्मी पूजा कै दिनदेखी घर घरमा गएर देउसी भैलो भट्ट्याउने र आशिस दिने गर्दै रमाईरहेका छन् म्याग्दी जिल्लाका नेपालीहरु बेल्जियममा नेपाल कै झल्को आउने गरी । मोना बेल्जियमको आयोजनामा सांस्कृतिक संयोजक सुमित्रा घिमिरेले नेत्रित्त्व गरेको देउसी भैलो  खेलमा भट्ट्याउने मात्रै होइन, चुट्किला सहित र बिच बिचमा झ्याउरे गीत  गाएरपनि रमाईलो गरेका छन् । बिभिन्न दर देउतालाई भाकी आसिश दिएका थिए देउसी खेलिएका घरका अभिभावकहरुलाई ।

मोना बेल्जियमका उपाध्यक्ष देवी कार्की तथा राजेन्द्र कार्की डोर्ने स्थित गृहमा सहभागीता भै सेलरोटीबाट शुभारम्भ गरेका थिए । त्यसपछि स्याम्पेनले सत्कार गरेका थिए । मादललाई स्वरस्वती पूजा गर्दै गाउँले संस्क्रिति झल्किने गरि घुम्दै गर्दा बल्ल तिहार आएको जस्तो भएको महसुश गरेका थिए । पहिलोचरणमा चन्द्र कार्की, दल शाही, माया शेरचन, अजय शेरचन, सविना भण्डारी र दोस्रो चरणमा महासचिब रकेन्द्र घिमिरे, ईन्द्र कुनवर र दिल आलेको गृहबाट दियोमा बत्ती बालेर, सेल रोटी, अक्षता र  दक्षिणा दिँदा खुशिको सिमा रहेन ।

आज अध्यक्ष घन शाहिको घरबाट शुभारम्भ हुँदै बिभिन्न घरमा देउसी भैलो खेल्ने कार्यक्रम छ । एन्ट्वेर्पेनमा रहेको चर्चित नेपाली क्लब बि एन टि भि, सी एन टि भि र यती हाउस हुँदै मोनाका संस्थापक अध्यक्ष शिव बरुवालको घरमा सम्पन्न गरिने छ । देउसी भईलीको अनुभव तथा मनोरन्जन गर्न अन्तिम दिन भाई टिकाको दिन उक्त स्थानमा सहभागी हुन मोना बेल्जियमले अनुरोधसमेत गरेको छ ।

तपाइँको प्रतिक्रिया