फोटोमा जिवजन्तु
भारतको जम्मुस्थित एउटा प्रदुषित पोखरीमापानी पिउँदै गाई । फोटो- चन्नी आनन्द / एपी
यसलाई भन्छन् द ग्रेट स्नाईप । एक खालको पानी ढुकुर । यि चरा दुई दिनमै स्विडेन देखि उडेर अफ्रिकाको सहारा मरुभूमी पुग्न सक्छन् । उडानमा यि चरा ज्यादै तिब्र, खप्पिस मानिन्छन् । यो फोटो चाहिँ बेलारुसमा खिचिएकोहो । फोटो- भासिली फेलासेन्को / रोयटर्स
जर्मनीको ह्यामबर्ग स्थित आल्स्टेरभन्ने ठाउँमा रहेको पार्कमा आफ्नी आमाको भुत्लामा न्यानो खोज्दै हाँस (स्वान) को बचेरो । फोटो- माल्टे क्रिश्चियन
गाउँमा पसेर स्थानियमाथि आक्रमण गर्न थालेपछि स्थानिय मानिसहरु चितुवा मारेर खाटमा बोक्दै । बासस्थानमाथि तिब्र अतिक्रमण हुन थालेपछि धेरै जंगली जनावर गाउँ पस्ने, आतंक मच्चाउने र मानिसमाथि आक्रमण गर्न थालेका छन् । फोटो- एपी
पिन्क डल्फिन भनिने सोंसका माउ र बच्चा खेल्दै हङकङको लान्ताउमा । फोटो – हङकङ डल्फिन कन्सरभेसन सोसाईटी
पखेंटा फ्याङ्ग पार्दै सेतो मुजुर । यस्तो सेतो मुजुरलाई कहिलेकाहि रक्ताक्षी (अल्बिनो) भएको भनेर झुक्किन्छन् मानिसहरु । फोटो- नोआ सेलाम / एएफपी











