नेपाली दुतावास भवन : बेश्यावृत्ति र लागू औषधको अखडा
● कृष्णहरि पुष्कर
यो एउटा दुख लाग्दो तथा सत्य कथा हो कि यूरोपकै मुटुमा रहेको बोनस्थित नेपाली दुतावास भवन अहिले गैह्र कानुनी बेश्यावृत्ति र लागू औषध दुर्ब्यसनी केन्द्रमा रुपान्तरिक भएको छ । अवलोकन कर्ताहरुले दाबी गरिरहेका छन्, यो एउटा गैह्र कानुनी क्रियाकलाप र ठग तथा लुटेराहरुको केन्द्र बनिरहेको छ । तरपनि यो अझै अनुसन्धान भैरहेको विषय हो । यो भवनलाई यूरोपेली सुरक्षा निकायद्वारा गैह्र कानुनी केन्द्रका रुपमा राख्न सक्ने संभावना हुनसक्छ । नेपालको परराष्ट्र मन्त्रालयको गैह्र जिम्मेवारी र नीतिहिनताका कारण त्यो हुन संभव छ ।
पहिले जर्मनीको बोन स्थित यो भवन नेपालीको मुख्य सरकारी भवन थियो, यहिँ मुख्य क्रियाकलाप हुन्थे । मेरो बिचारमा यस बारे अधिकांश जर्मन नागरिक र नेपालीहरु सचेत छन् । जानकार छन् । यो भवन सुन्दर छ । सुबिधा सम्पन्नपनि छ । महत्वपूर्ण कुरा के हो भने यो नै एक मात्रै आधिकारिक सरकारी भवन हो नेपालको । नेपालीको करबाट किनिएको यो भवन अझैपनि नेपाल सरकारकै मातहतमा छ ।
जबदेखि हाम्रो दुतावास बर्लिनमा सर्यो यो पुरै खाली र अनाथ बन्यो । यो विशाल सुन्दर भवन र यहाँका सुन्दर वस्तु, फर्निचर, अन्य बहुमुल्य चिजलाई पुरै बेवास्ता गरियो । ति प्रयोगहिन, महत्वहिन भएका छन् । मन्त्रालयको कर्कश, स्वाँगी, हाइसन्चो मानेर बस्ने र टपरटुइयाँ ब्यवस्थापन र अधिकारीका कारण त्यसो भएको हो । सबैभन्दा लज्जाहिन कुरो त के भने यत्रो सम्पत्ती प्रयोगहिन भैरहेको छ । टुटफुट र भत्किरहेको छ ।
तर सरकारले तिर्नु पर्ने न्युनतम सेवा शुल्क भने यो भवनका लागि तिरिरहेको छ । हामी नेपालीको करबाट जम्मा भएको हजारौं यूरो बिभिन्न जर्मन अधिकारीसमक्ष बुझाउनु पर्छ वर्षेनी । के यो लाजैमर्दो विषय, नेपालीलाई झट्का दिने कुरो होइन ? यो सबै देख्दा के लाग्छ भने हाम्रा अधिकारीको बेञ्चले गैह्र कानुनी कुरोलाई उत्साहित गरिरहेको छ । यस्ता नकच्चरा खालका चौकिदार स्तरका नीतिनिर्माण कर्तालाई हामीले थुइक्क भन्नै पर्छ ।
बोनस्थित नेपाली दुतावासको अवस्था बुझ्न, जान्न र यथार्थता पत्ता लगाउन मैले निकै समय र परिश्रम लगाएँ । नेपाली र अन्य सरकारी अधिकारीसितपनि छलफल गरें बोनको राजदूत भवनको अहिलेको अवस्थाको जानकारीकालागि । उनीहरुले त्यसको हालत देखेका छन् । र त्यहाँ बत्ती देखि झ्याल, ढोका, सिसा, रुख विरुवा र बगैंचा, बिद्दुतिय सामान र ढलका सामान कि त चोरी भैसकेको छ । कि त ति फुटेर, बिग्रिएर, कोत्रिएर र भाँचिएर गएका छन् । लुटेरा र चोर, गैह्र कानुनी बेश्याब्रित्तीका क्रियाकलाप, लागू औषधका अम्मली, जँड्याहा र केहि अपरिचित हुल्याहा र समूहहरु हाम्रो राजदूतावास भवन भित्र र बाहिर देखिन्छन् । खासगरि ति अलि रातको समय र एकान्त हुने समयमा देखा पर्छन् ।
यो भयाबह अवस्थाका बारेमा बर्लिनको नेपाली दुतावास र राजदुतलाई दोष दिन मिल्दैन । बरु जर्मनीस्थित हाम्रा राजदूतले केहि वर्षदेखि यो समस्या हल गर्ने पहल गरिरहेका छन् । बोनको राजदूतावास भवन बेचेर बर्लिनमा अर्को खरिद गर्नु उपयुक्त बिकल्प हुन सक्थ्यो । नेपाल सरकारको उपयुक्त निर्देशन र निगरानीमा अधिकारीहरुलाई यो भवन बिक्रि गर्न लागएर अर्को भवन खरिदकालागि कुनै बिकल्प बाँकि राखेन राजदूतवासले । यसमा दुतावासका हात बाँधिएका छन् । दुतावासले उच्च अधिकारी, प्रशासक, नेतासित छलफल गर्न बाहेक एक्लो निर्णय लिन सक्दैन । किनभने यसमा नेपालको परराष्ट्र मन्त्रालयले मात्रै निर्णय लिन सक्छ र त्यसकालागि मन्त्री परिषदको बैठकले पास गर्नु पर्छ ।
राजदुत र राजदुतावासले परराष्ट्र मन्त्रालय, मन्त्रीहरु र सचिवालयमा लगातार सम्पर्क गर्ने र यो समस्या सामधानकालागि प्रयास गरिरहेको छ । यी प्रयास नीजि र सराकारी आधिकारिक तवरबाटै भएका छन् । तर यो मामिलामा कसैले वास्तै गर्दैन । उनीहरु मुसुक्क हाँस्छन् र मिठा कुराका आश्वासन मात्रै दिन्छन् । तर त्यसको हातलागि चाहिँ अहिलेसम्म शुन्य छ । मेरो अनुमानमा सरोकारवाला अधिकारीहरुमा केहि नीजी स्वार्थ, ब्यक्तिगत नाफा र कमिशनको स्वार्थ लुकेको छ । त्यसैले यो काम नभएको हो । यसको एउटा उदाहरण हो बेलायतस्थित राजदूत भवन । त्यो भवन बोनको भन्दापनि मुस्किलले बिक्रियोग्य छ । तर हाम्रा उच्च अधिकारी र उच्च राजनितिक नेता त्यो भवन यथाशिघ्र छिटो बिक्रि गर्न कस्सिएका छन् । प्रश्न उठ्छ, बोनको भवनलाई आँखा चिम्लिएर किन लण्डनको हाम्रो दुतावास बिक्रिकालागि मरिहत्ती गरिरहेका छन् ? बोन र लण्डनको भवन मध्ये तुलना गर्दा कुन भवन बिक्रि गर्नु पर्ने हो चित्तबुझ्दो जवाफ दिन म हाम्रा उच्च अधकारी र नेताहरुलाई चुनौति दिन्छु । कुन भवन बिक्रिका लागि प्राथमिकतामा राख्नु पर्ने हो ? के तिनले कुनै चित्ताबुझ्दो र तुलनात्मक रिपोर्ट बिस्त्रित रुपमा दिन सक्छन् ?
मेरो बिचारमा लण्डनको भवन बिक्रि गर्न हतारिनु र बोनको भवनका लागि पिठ्युँ फर्काउनु भनेको राज्य र भावी सन्ततीप्रति अपराध हो । पूनर्निर्माण गर्ने विषयमा टपरटुइयाँ खालको खर्चको तर्क र ब्याख्या अगाडि सार्न सकिन्छ पूनर्निर्माण खर्च अति हुन्छ भन्दै । यसमा म बिरोध जनाउँछु । किनभने यूरोपमै रहेकाले त्यहाँ लाग्ने खर्चबारे म जानकार छु । बेलायतको भवनलाई मध्यनजर गरेर भन्ने हो भने बोनको भवनलाई १० भागको एक भाग खर्च भए पूनर्निर्माण गर्न सकिन्छ । त्यो भन्दा बढि देखाइन्छ भने त्यो कमिशनकालागि हो । घुस हो । त्यसैले म सम्पूर्ण सचेत नेपालीहरु समक्ष के आग्रह गर्न चाहन्छु भने यस विषयमा राज्यको यस्तो गैह्र जिम्मेवार र जंगली कार्य बिरुद्द यथाशिघ्र आवाज उठाउँ । तपाईहरुको सहयोग, चासो र साझेदारीका निम्ति तपाईहरु सबैलाई धन्यावाद ।
हार्दिकतापूर्वक तपाईहरुको,
कृष्णहरि पुष्कर
(अंग्रेजीमा लेखिएको यो सामाग्रि नेपालप्लसद्वारा भावानुवाद गरिएको हो । लेखकले बिभिन्न निकायमा पठाएको यो लेख नेपालप्लसका एक पाठकबाट प्राप्त गरेर यहाँ राखेको हो । लेखक स्वयंले पठाएका होइनन् -एडमिन)




