बाबुरामका अगाडि उपरखुट्टी नलगाउन बेलायती राजदूतलाई पत्र
बेलायत बसाईका चार दिन मध्ये पछिल्लो दिन हतार हतारमा बिहानै पुगियो रिचार्ड ओडेलका घर । करिब २५ वर्ष बिताएका रहेछन् उनले नेपालमा । खासगरि उनी रहेछन् बिकाशको संरचना तयार पार्ने ब्यक्ति । उनी बडो अजिवका मान्छे रहेछन् । के जङ चल्यो कुन्नी, उनले कम्मर कसेछन् विश्व भ्रमण गर्ने । घरबाट निस्कँदा ५० पाउण्ड रहेछ उनको गोजीमा । त्यत्तिमै विश्व घुम्न निस्केका । खासगरि विश्वको क्रिषी प्रणाली चहार्दै र नियाल्दै हिँडेका रहेछन् । ति देश घुम्दा दुई पटक काम गरेछन् । पैसा जम्मा पारे । अनि घुमे । त्यसैगरि घुमफिर गर्दा गर्दै उनी पुगे भारत हुँदै नेपाल । त्यहिँ पुगेर आँखा अडिए । ध्यान तानियो । मन रमायो। नेपालको क्रिषी प्रणालीलाई बदल्न, क्रिषकलाई सिकाउन र नेपालको खासगरि पश्चिम मा बसे। केहि समय पोखरामा कुष्टरोग उन्मुलनमा काम गरे ।
पटक पटक नेपाल गए । पटक पटक फर्किए । नेपाली क्रिषकलाई खेती कसरि गर्ने सिकाए । कफी खेतीका लागि पनि सिप दिए । पहाडी क्षेत्रमा उन्नत जातका भेंडा र नगदे बालीका अक्किल सिकाए । सन् २०११ मा बेलायत फर्किँदैमा नेपालको माया, त्यहाँ २५ वर्ष बिताएको लगानी, सिप र समय चटक्क बिर्सिने कुरो हुन्न । उनी अंग्रेजी माध्यमका समाचार हेरेर नेपालमा के भैरहेछ निगरानी गर्छन् ।
त्यहि मेसोमा उनले एक दिन देखे- भारतीय राजदूतले हाम्रा प्रधानमन्त्री डा बाबुराम भट्टराईका अगाडि अलिकतिपनि शिष्टाचार पालना नगरेको । जुत्ता माथि फर्काउँदै उपरखुट्टी लगाएर भारतीय राजदूत बसेको । यो खबरले राम्रै सन्सनी मच्चाएको रहेछ । रिचार्डलाई अचम्म लाग्यो । उनले जिब्रोपनि टोके, आम्मै’नी कता हाम्रा बेलायती राजदूतलेपनि त्यसैगरि उपरखुट्टी लाउने पो हुन् कि !
के त्यसो गर्दा भारतले हेपेको ठानेर इज्जत बढ्यो ? उल्टो भारतको बेइज्जत भएको हो। बुझ्नेले बेइज्जत ठान्छ । छिमेकि देशको प्रधानमन्त्रीका अगाडि बस्नपनि नजान्ने स्वाँठ, बुद्दिहिन, बेइज्जती । भारतीय डकैत मानसिकताले त भन्यो होला, हामीले नेपालको प्रधानमन्त्रीलाई हेप्यौं । दबायौं। तर सारा बाहिरी मुलुकले भन्यो, भारतीय कूटनितिज्ञलाई बस्न’नी आउन्न । लाज नभएका बेइज्जतीहरु ।
उता अमेरिकी राजदूतले पनि उपरखुट्टी लगाएको समाचारले सारै चर्चा पाएको । रिचार्डलाई सुर्ता लागेछ, अब बेलायती राजदूतलेपनि त्यसै गर्ने पो हुन् कि ! अनि आफ्नो देशको बेईज्जत हुन्छ भनेर उनले पत्र लेखेछन् बेलायती राजदूतलाई । भनेछन्, अरु देशका राजदूतले नेपालको प्रधानमन्त्रीका अगाडि उपरखुट्टी लगाएर तिनले आफ्नो देशको बेइज्जत गरे । तपाइलेपनि उपरखुट्टी लगाउनुहोला र हाम्रो देशको बेइज्जत होला नी !
बेलायती राजदूत जोन टकनटले उनलाई जवाफ दिए । “हामी सतर्क छौं । हामीबाट त्यस्तो काम हुँदैन । तपाइहरु ढुक्क भए हुन्छ ।” नेपालसित पहिलो कुटनितिक संवन्ध गाँसेको बेलायत । यसैपनि सतर्क हुन्छ नै । झन बेलायती कुटनिति । त्यसमाथि बेलायती जनता कति सचेत । “अरु देशका राजदूतले झैं हाम्रो देशको बेइज्जत गरौला है ख्याल गर” भनिभनि पत्र लेखेर सचेत पार्ने ।




