बेलायतको सडकमा हरेक तेस्रो ब्यक्ति नेपाली
रिडिङ शहरको हिन्दू मन्दिरमा देब्रेबाट शशी दाइ, म र सरमन मगर)
यतिखेर म बेलायतमै छु । लण्डनको नाकमुन्तिर छ बसाई । हिजो बिहान उठेर फेरी उहि किताबका गफ गरियो एक्कै छिन् भाउजु करुणासित । शशी दाईले अब केहि घत लाग्ने, मन छुने, चाकरी रुचाउनेले होइन, न त हो देखाउनलाई । साँच्चै पाठकले रुचाउने किताब लेखे हुन्थ्यो । यो बेलायतमा यति धेरै बेलायती छन् नेपाल जाने बुझेका, नेपालका अनेक विषयमा विश्षज्ञ कि ति सित हिमचिम बढाएर किताब लेख्ने हो भने यहाँ जुन विषयकोपनि पाइन्छ ।
कुटनितिज्ञ, राजनीतिका ज्ञाता, प्रक्रितिविद, सांस्क्रितिक खोजकर्ता, मानवशास्त्री, मानवशास्त्रमापनि अझ कोहि ग्रुङ मात्रै, कोहि तामाङ मात्रै, कोहि राइ लिम्बु मात्रै अनुसन्धान गर्नेपनि पाइन्छन् । आफुलाई जे विषयमा चाख लाग्छ त्यहि विषयमै केन्द्रित भएर लेखौं भनेपनि हुन्छ ।
यता एमालेको भेलामा गयो । उता नेपाली कांग्रेसले जमघट बोलाउँदा हुत्तिँदै पुग्यो । माओवादी नेताका युग बदल्ने भाषण सुन्यो । निम्ता दिँदा बोल्यो दुई चार शब्द । विदेशको ठाउँ सबै जसो नेपाली सबैमा ज्ञाता हुँ झैं गर्छ । सानो कुरोमा फनन्न गर्छ । न जस दिन्छ न आफुले केहि गर्छ । अपजसको पुन्तुरो बोक्यो । घरसम्म बोकेर ल्यायो । अनि अलिकति परिवारलाईपनि बाँडेर मन अमिलो पारिदियो ।
(देब्रेबाट चन्द्र घरब्जा छन्त्याल, शशी दाई र सरमन मगर)
पुस्तक लेखे त त्यस्तो हुन्न नी ! देशलाइ एउटा बौद्दिक सम्पत्ती । आफुलाई ज्ञान । ‘यी बिदेशी पैसा कमाउन मात्रै माहुरी घारमा टाँस्सिएझैं हाम्रो मुलुकमा टाँसो लाग्छन्’ भन्ने बेलायती सोचाइमापनि चुनौति दिन सकिने । तिनको आदर पाइने । आफ्नै वरिपरिको साँघुरो घेरेको मुल्यांकन होइन कि फराकिलो चौघेरो भित्र बसेका, नचिनेका, नजानेका हजारौंको मनबाट प्रशंसित हुन पाइने । नापिन पाइने । आहा ! कति राम्रो काम हुने थियो । यहि कुरो गरेर हौस्याउने कोसिस गरियो शशी दाईलाई ।
लण्डन को सेरोफेरोमा बस्ने केहि साथीहरुको फोन आउने क्रम थियो भेटौं सर, ए ए तपाइलाई म चिन्छु, तपाइको घर चितवन हैन ?, जसरि’नी भेटौं न सर भन्दै फोन र मेल आएका थिए । तर समय अति छोटो भएकाले त्यो संभव भएन । रिडिङ भन्ने ठाउँमा जानु थियो । लामो समयदेखि फेस बुकमा मित्र बनेका चन्द्र घरब्जा छन्त्याल र उनैको लहरो पहरोले तानेर भर्खरै भेटेका अर्का मित्र सरमन मगरसित भलाकुसारी गर्न ।
यो मुलुकको ज्यान लिने काम । न मेरी त प्रियसी बिरामी परि है आज, काममा आउन्न भनेर बिदा दिन्छन् । कोसौं परबाट मेरो साथी आउँदै छ भनेर काम हापें भन्न पाइन्न । सजिलो छैन नेपालमा झैं ‘आज मेरी मामाको काकीको ठुली आमा मार्फत उहाँको भदाले लौ न साथीलाई काठमाडौंको फलानो वस पार्क लिन गइदिनु भनेको छ, म आज यस्सो बेलुका फाईलमा हाजिरी जनाउन मात्रै आइपुग्छु है ?’ भन्दै बस्न । काम भनेको काम हो । मन लागे काम गर । नलागे जागिर पखाल अनि जाउ उहि भदा सित हावा खाँदै ।
त्यसैले उहाँसित भेटेर अलि समय बिताउन मुस्किल हुने देखियो । तर अस्ति साँझ फोन गर्दा उनले भने ‘ददिजी, ल मैले एक जना साथीसित साटेर भोलीको लागि दिनभरि बिदा लिएँ’।
बिहान शशी दाई र म भान्छामा छिर्यौं । खाना त बनाउनु पर्छ नी । भाउजुलाई उति सञ्चो छैन । ‘ल त्यसो भए त म बनाउँछु । ‘ह्या , पेरिस आएपछि खान बनाउन लाउने सुरले चलाखि गरेको?’ दाइले भने ।
‘हाहाहा ! किर्ते र घुमाएर बोल्ने बानी छैन । मिठो खुवाउन हो।’
‘त्यस्तो मिठो बनाउनुहुन्छ ?’
‘मैले पकाएको खाना खानेलाई त औंलामा टेप लगाएर मात्रै खान भन्छु’
‘हो ? किन होला?’
यति मिठो हुन्छ कि मैले पकाको के कुरा गर्ने ? मिठो भएर औंला चुस्दा चुस्दा टोकेर घाउ नै बनाउँछन्’
हाहाहाहा, दाइको हाँसो छुट्यो ।
रिडिङ हिँडियो । चन्द्रजी कुरेर बसेका रहेछन् । गफ गाफ गरियो । बेलायतको बसाईमा के हो सुख ? बिदेशमा नेपालीका दुख, पीडा, बेदना के छन् । यूरोप स्वर्ग हो भन्दै प्राण हत्ते गरेर यूरोप छिरेका नेपाली सबै र सधैं खुशि छैनन् । के कुराले मन चस्स घोच्छ ? किन आए ? के पाए ? के हो दुख ? के हो खुशि ? यो गोरेको मुलुकमा कति खेर पोखिन्छ नेपालीको आँशु ? कतिखेर मुस्कुराउंछन् ति ? आँसुका घुट्का पिउँदै र स्वदेशका डाँडा पाखा संझँदैपनि किन दिन गनेर बसिरहेका छन् ति ? केले रोकिरहेको छ तिनलाई स्वदेश फर्किन ? कसरि यो भिन्न संस्क्रिति र फरक परिस्थिति बोकेको अलग मुलुकमा आफुलाई अभ्यस्त गराइरहेका छन् ?
नेपालीका कथा भनिसाध्य छैनन् । एक्कैछिन् मन फुकाएर बस्नुपर्छ, नेपालीका उकुसमुकुस तत्कालै पोखिन थाल्छन् । यिनै अनुभव, अनुभुती र भोगाइ सुन्न म हतारिएको थिएँ । चन्द्रजीले सुनाए आफ्ना अनुभव । यो रिडिङ भन्ने सानो शहरमा मात्रै पाँच हजार नेपालीको बसोबास रहेछ । शहर यस्सो निस्किनुपर्छ नेपालीहरुसित ठोक्किहालिन्छ । बेलायतमा यति धेरै नेपाली भैसकेकि त्यसको लेखाजोखा छैन । नेपालै जस्तो भैसक्यो । ‘बेलायतको सडकमा निस्कनुपर्छ, हरेक तेस्रो ब्यक्ति नेपाली भेटिन्छ’ शशी दाई सुनाउँदै थिए । त्यति खेर दुई नेपाली महिला सडकमा ‘हो तनी हो तनी’ भन्दै हिँडिरहेको सुनियो । ‘त्योपनि नेपाली हो, उ ति जोडी’नी नेपाली, उता जाने ति दुइटी आमा छोरी’ । यस्तै यस्तै । नेपाली त कति कति !
सबैभन्दा चस्स मन छुने उता नेपालमा गाह्रो साह्रो पर्दा पुग्न नसक्नु । जान मन लाग्दा छुट्टि नपाउनु । गाउँघरको सम्झनाले सताउनु । भाइ बहिनी हुर्किएको देख्न नपाउनु । अझ वालवच्चा छन् भने त झन संझनाले हुटहुटियो । बस्यो । तरपनि यहाँको समूदाय मिलनसार भैदिएकाले सहज भएको अनुअभ्व सुनाउँथे चन्द्रजी ।
एक छिनपछि स हरमन जी आ इपुगे । बाफ रे बाफ उनी त बोलक्कड रहेछन् । साह्रै रसिलोसित बोले । हातको पारा लगाइलगाइ । शरिर मर्काएर । जिवन्त बोली उनको । बेलायतमा झण्डै १२ वर्ष बिताएका । अनेक बाटो, थुप्रै हण्डर र ठक्कर खाएर बेलायत छिरेका उनका कहानी कमलो मनलाई धुजाधुजा पार्ने खालका थिए । नेपालीले यति बिघ्न दुख गर्न सक्छ र भन्ने लाग्थ्यो । कहिले नेपाली यतिसम्म जोखिम मोल्न सक्ने बहादुर हुन्छन् र ? भनेर जिब्रो टोकिन्थ्यो ।
जिवन र जगतको भोगाइ । आफुले जता मोड्न खोज्यो मोडिन्न । त्यसकोपनि एकखाले अद्रिश्य पाङ्ग्रा हुने रहेछन् । ति आफुले चाहेतिर मात्रै नगुड्ने रहेछन् । सकेसम्म आफ्नो चाहनाले गुडाउन खोज्ने हो । नसके तिनले जता तान्छन् त्यतै लर्खरियो । सरमनजी मन चसक्क हुने गरि कहानी सुनाउँथे । तर घरी घरे ‘यस्तै हो सर, ठिकै छ, जिवन भोग्ने त हो’ भन्दै आशावादी हुन्थे । गफपनि कति गरिएछ भने साँझको ६ बजे त मिलिक्कै भएछ । ‘अब त जानु पर्छ हो साथी हो’।
(ध्यान बस्या होइन, उता अर्को मान्छेले नमस्कार गरेकोले भगवानको नमस्कारलाई दखल नपरोस् भनेर क्या !
‘ह्याँ नजिकै हिन्दू मन्दिर छ नी’
‘हिन्दू मन्दिर ? कति टाढा छ ?’
‘दुई तिन मिनेटको बाटो’ चन्द्रजी र शसी दाईले भने ।
‘ ए ए उसो भए त जानु परो नी’
(जनै पूर्णिमा आ उनु पर्दैन ह्याँ त, रक्षा बन्दन तु बाँध्न पाइन्छ । बिकसित मुलुकका त देउता नी बुझक्कि )
ओहोहोहोहोहो त्यो हिन्दू मन्दिर ! कत्रो हो बाबै ! भारतीयहरु छरिँदा कहिले काहिँ नेपालीलाई पनि फाइदा हुने एउटा लक्षण थियो त्यो । किनकि भारतीयहरुले हिन्दू मन्दिर बनाए । नेपालीकालागिपनि तिर्थस्थल बन्यो । भित्र त विशाल नै रहेछ । क्रिष्ण भगवान गोपीनी सित मख्ख परेका बाँसुरी सोझ्याएर । उता शिव आफ्नी प्रियसी पार्वती पाएर त्यहिँ दंग । जोडी जोडी बसेका । तिर्थालुहरु आउने जाने गरिरहेका थिए । कोहि प्रणाममा ब्यस्त । कोहि आँखा चिम्म गरेर भगवानसित केहि विशेष माग्दै हुँदाहुन् ।
लाई चाहिँ फो खिच्नुको चटारो ! फेसबुकको करामत क्या ! हाहाहा ! भुइँमा बसेर फोटो खिच्न खोज्यौं । एक जना भारतीयलाई “हाम्रो फोटो खिचिदेउ न” भनेर क्यामरा दिँदा त क्लिक गर्ने ठाउँमा त गुच्चा खेलेझै गर्छ औंलाले । ‘लौ मधिसेले गुच्चा खेलेझैं गर्यो यार क्याम्रा” भनें । सरमनजी साह्रै हाँसे ।
जनै पूर्णिमा त आएको थिएन । तर त्यहाँ डोरा बान्न काम चाहिँ भैरहेको थियो । सरमनजी आफ्नो बाटो लागे । हामीलाई त फेरी लण्डन छिर्नु पर्यो ।









