फोटोमा जिवजन्तु

चिनको छेङ्गुस्थित लोङ्कियाओ टाउनसिप भालु उद्दार केन्द्रमा मुन बेयर भनिने दुई भालु खेल्दै । भालुको पित्तको ब्यापार गर्नका लागि चिनमा खोलिएका भालु पालन केन्द्रका भालुहरु हटाएर पित्तको लागि भालु पालिने केन्द्र बन्द गराउन र भालुको संरक्षण गर्न एनिमल एशियाले यो केन्द्रको स्थापनामा सहयोग गरेको हो । भियतनाम र चिनका भालु पालन केन्द्रबाट ७०० भालुको उद्दर गर्न सो केन्द्रले ति देशसित संझौतामा हस्ताक्षर गरिसकेको छ । परम्परागत औषधीकालागि चिन, कम्बोडिया र भियतनाममा भालुको पित्तको ब्यापार चरम रुपमा हुने गरेको छ । फोटो- वु होङ / इपिए

केन्टको दुङनेस प्राक्रितिक पार्कमा पहिलो पटक उद्दै दूर्लभ खोले हाँस (बिटर्न)। रोयल सोसाइटे फर द प्रोटेक्सन अफ बर्ड्सले यो दुर्लभ चराको संख्या बढाउन मानविय रेखदेखमा हुर्काउने र प्रक्रितिमा छोडिदिने गर्छ । फोटो- गारेथ फुलर / पी ए

बसाईमा कोइली । बेलायतदेखि अफ्रिकासम्म हजारौं किलोमिटर टाढा बसाई सर्छन् कोइली । बेलायतमा कोइलीको संख्या घटेपछि त्यसको कारण पत्ता लगाउन संरक्षणवादीहरुले पाँचवटा कोइलीका खुट्टामा मेशिनले अनुगमन गर्न सकिने चिप्स सहितका कल्कि बाँधेर छोडिएदिएका थिए । फोटो- द गार्डियन दैनिक

स्पेनको एक तालमा हुर्कँदो अवस्थाको फ्लेमिंगो चरो। यी चराको विकासक्रमबारे थप जानकारी लिन अध्ययन गर्न लागेका बैज्ञानिकहरुले चराको खुट्टामा औंठी बाँधीदिएका छन् जसले गर्दा अनुगमन गर्न सजिलो हुन्छ । फोटो- द गार्डियन दैनिक

चितुवाको आक्रमण: भारतको सिलिगुडीस्थित प्रकाशनगर गाउँ नजिकै वन रक्षकलाई आक्रमण गर्दै चितुवा । गाउँ पसेको यो चितुवालाई प्राविधिक टोलीले नियन्त्रणमा लिनु पहिले छ जनामाथि आक्रमण गरेको थियो । गाउं पसेर पाल्तु जनावर मार्न थालेपछि चितुवालाई लठ्याउने सुई (ट्र्याङ्कुलाईजर) लगाएर नियन्त्रणमा लिएका थिए । फोटो- दिप्तेन्दु दत्त / ए एफ पी

हंगेरीमा लाटो कोसेरो (लङ एयर्ड आउल) लाई स्वतन्त्र छोडिदिँदै एक चरावीद । घाईते लाटोकोसेरोलाई उपचार गरेर सन्चो पारेपछि त्यसको अनुगमन गर्न सजिलो होस् भनेर खुट्टामा औंठी बाँधेर छोडिदिएका हुन् । फोटो- लास्लो बालोग / रोयटर्स

भारतको भुपालस्थित वनबिहार राष्ट्रिय निकुञ्जमा आफ्ना फुल जोगाउँदै अजिंगर । यसले २२ वट फुल पारेको भेटिएको थियो । फोटो- संजिव गुप्ता / इ पि ए

उत्तरपूर्वी जर्मनीस्थित जुथेनमा कौतुलतापूर्वक नियाल्दै रातो लोखर्के । फोटो – जोहानेस आइसले / ए एफ पी

तपाइँको प्रतिक्रिया