कागलाई नजिस्काउनुस्, गाली खानु पर्ला
बाहिर निस्कँदा तपाइले ख्याल गर्नु भएको छ चराले तपाइलाई देख्दा कस्तो प्रतिक्रिया देखाउँछन् ? चरा रमाएको, खुशि भएको, रिसाएको ख्याल छ ? भोटे कागहरुले पहिले पहिलेको बातचित संझन्छन् । अघिल्लो भेटमा भएका आवाज र गरेका संवादलाई संझेर पछिल्लो पटक प्रतिक्रिया जनाउँछन् ।
अघिल्लो पटकको आवाजहरु सम्झेर पछिल्लो पटकको भेटमा आवाजपनि बदल्ने गर्छन् । त्यसैले यदि तपाइले पहिले कुनैबेला कागलाई जिस्काउने, कराउने, लखेट्ने र दुख दिने गर्नुभएको थियो भने बुझ्नुस्, पछिल्लो पटक भेट हुँदा , देख्दा , तपाइको आवाज सुन्दा तिनले गालीगरिरहेका हुन्छन् । रिसाइरहेका हुन्छन् । सरापेका हुन्छन् ।
करेन्ट बायोलोजी भन्ने बिज्ञान संवन्धि पत्रीकाले त्यसको रहस्य खोलेको छ । पत्रीकाका अनुसार कागहरुले देखेका मान्छे र तिनका बोली ठम्याउने गर्छन् । तिनले अघिल्लो पटक भेट्दा कस्तो थियो बोली, कसरि बोलेको थियो भन्नेपनि संझेका हुन्छन् । कागहरुले देखेका मान्छेको अनुहार संझेका हुन्छन् भन्ने त यस अघिपनि सार्वजनिक गरिएकै हो ।
मान्छेले कत्तिको हेलमेल गर्छ, कस्तो प्रतिक्रिया देखाउँछ, कत्तिको हितैषी पारा देखाउँछ भन्ने हेरेर कागहरुले फरक मान्छे छुट्याउँछन् । तिनले नाता संवन्ध र के कस्तो संलग्नता हुन्छ भन्नेपनि छुट्ट्याउने गर्छन् । पहिले देखे भेटेका शत्रु वा मित्रु के देख्छन् त्यसै अनुसार भोटेकागहरुले आवाज बदल्छन् ।
मान्छेहरु रिसाउदा चर्को चर्को स्वरमा कराउँछन् । तर काग ? अचम्मका हुने रहेछन् । सधैं भन्दा झन मलिनो आवाज निकाल्ने रहेछन् । र क्रियाकलाप चाहिँ शत्रुतापूर्ण, रिसालु खालको देखाउने गर्छन् । हामीले “तपाईको हाल खबर के छ ? राम्रो ? सन्चै?” भने झैं कागलेपनि खुशि साथ क्रियाकलाप देखाउने रहेछन् ।
नयाँ मान्छेलाई त झन कडा र अझ नराम्रो क्रियाकलाप देखाउँछन् । कुनै नयाँ मान्छेले ढोकामा हान्दा हामीले रिसाउँदै “तपाई को?” भनेर झर्किँदै र फन्किँदै सोधे झैं । कागको आवाज मसिलो, झिनो, चर्को, मिठो हुनुमा निकै चाख लाग्दो प्रतिउत्तर हुने बैज्ञानिकहरुले पत्ता लगाएका छन् । कडा र चर्को स्वरमा आवाज निकाल्छन् नयाँलाई देख्दा ।
(फोटोपनि करेन्ट बायोलोजी)







