ओहो सौराहाका हात्ती !

अंकल अन्टीहरु नमस्कार ! म आमोद सापकोटा, १२ वर्षको भएँ । म एक बिहान चितवन, सौराहाको हात्ती प्रजनन् केन्द्र घुम्न गएँ । मेरो घर सौराहा नजिकै हो । मैले त्यहाँ करिब दुई घण्टा फोटो खिचें । त्यहाँ खिचेका केहि फोटोहरु यहाँ राख्छु है त ? मैले पहिलेपनि एक पटक राखेको थिएँ नी यहि ब्लगमा मेरो फोटोहरु ! पहिलेको मेरो फोटो ब्लग यहाँ छ । अहिलेको फोटोहरु तपाईहरुलाई कस्तो लाग्छ प्रतिक्रिया लेख्नुस है ? फोटा त मैले धेरै नै खिचेको छु पछिपनि पठाउँदै गर्छु । बत्ति नभएर खिचेको फोटोपनि पठाउन र कम्प्युटरमा मिलाउन गाह्रो भयो । सुत्ने बेलामा बत्ती आउँछ के गर्ने ?

amoddashainelephants-040.JPG

हात्तीलाई घाँस दिँदै एक जना केटी टुरिस्ट ।

amoddashainelephants-044.JPG

माथिको फोटो र दुई जना साथीहरु रैछन । इजरायलबाट घुम्न आएको रे । यिनिहरुले त कति खिचे कति फोटो त ।

amoddashainelephants-093.JPG

शरिरमा किराले टोकेपछि भगाउन यसरि धुलो टिपेर छर्छ रे हात्तीले ।

baby-elephant-sucking-milk.jpg

ल हेर्नुस त आमाको दुध खाको । कता पट्टी पो हुँदो रैछ है हात्तीको दुध त ।

baby-elephant-with-her-mother.jpg

बच्चापनि आमासँगै घाँस लिएर फर्कँदै रैछ ।

elepant-grass-and-elephant.jpg

आफुले खाने घाँस लिन सबै हात्ती सबेरै जंगल जाने रैछन ।

elephant-breeding-centre-of-chitwan.jpg

यो मान्छेलाई त पटक्कै डर नलाग्ने रैछ ।

elephant-being-cuddled.jpg

आफ्नो माहुतेले सुम्सुम्याएपछि आनन्द मानेर सुत्ने रैछ हात्ती त ।

elephant-tail-sauraha.jpg

 हात्तीको पुच्छरमा भएको रौंले किरा, भुसुना धपाउने गर्छ रे । तर हेर्नुस त यो हात्तीको रित्तै । हातमा बाला लगाउनेले काटेर लगेको रे सबै । यस्तो रौं भएन भने किराहरुले टोकेर हात्ती दुब्लाउँछ रे ।

amoddashainelephants-100.JPG

हाम्रो चाड पर्वमा हात्तीको माहुतेहरुले यसरि आफ्नो आफ्नो हात्तीको नाममा लौरो गाडेर पुजा गर्ने रैछन । यसरि पुजा गरेपछि हात्ती खुशि हुन्छ रे अनि मान्छेलाई मार्दैन रे ।

amoddashainelephants-099.JPG

 त्यही हात्ती पाल्ने ठाउँ बाहिरको फूल हो यो । नाम त थाह छैन तर हाम्रो लागेकोले खिचेको मात्रै ।

amod-at-elephant-breeding-centre.jpg

आफ्नो फोटोपनि राखौंन है एउटा ? यो चाहिँ साथीले खिचेको हो ।

तपाइँको प्रतिक्रिया