लगातार गलत समाचार लेखिरहेछन दैनिक पत्रीका
नेपालका दैनिक पत्रीकाले लगातार गलत समाचार लेखिरहेका छन । त्यस्तो गलत समाचारपनि झन महत्वपूर्ण रिपोर्टझैं नामै उल्लेख गरेर (बाइ लाइन) लेख्नेहरुपनि उल्लेख्य मात्रामा छन । अरु पत्रीकाको त के कुरा गर्ने, नेपालमा अहिलेसम्म सबैभन्दा उत्क्रिष्ठ कान्तिपुरनै हो दैनिकहरुमा । देशको नंबर एक भनेर दाबी गरिने । तर कान्तिपुर पत्रीकालेनै हुँदै नभएको समाचार लगातार प्रस्तुत गर्दै आएको छ । प्रमाणसहित हेर्न भित्र आउनुहोस ।
(यस्तो हुन्छ पाटे बाघ । चितुवा कस्तो हुन्छ तलको फोटो हेर्नुस ।)
नेपालमा बाघ कहाँ कहाँ पाइन्छन ? सबैलाई थाह छ -तराईका राष्ट्रिय निकुञ्ज, बन्यजन्तु आरक्ष र केहि अन्य वनमा । अथवा यसो भनौं-तराईको समथर भूभागमा मात्रै पाइएको छ । त्योभन्दा माथि उच्च पहाडी वा हिमाली भागमा त के, मध्ये पहाडि भागमापनि बाघ अहिलेसम्म पाइएको छैन । तराईको सम्म ठाउँबाहेक अलिकति माथि अर्थात काठमाडौं वरिपरिको पन्ध्र सय मिटर उचाईसम्मपनि बाघ पाइएको छैन । तर कान्तिपुर दैनिक जस्तो पत्रिकाले बिभिन्न मितिमा पोखरा, काभ्रे, नुवाकोट, गुल्मी, रामेछाप,जाजरकोटमा बाघले मानिसलाई आक्रमण गरेको भन्दै समाचार लेखेको छ । जबकि ति कुनैपनि ठाउँमा बाघ पाइँदैनन । त्यसरी लेख्नेमा नयाँ पत्रिका दैनिकपनि कम देखिएको छैन । कान्तिपुरकै नेपाल साप्ताहिकले त झन चुतुवाका बच्चाको फोटोलाई बाघका डमरु भन्दै छापेको छ ।
(यस्तो हुन्छ चितुवा । बाघ र चितुवा हुर्नुस त कति फरक छन )
सायद रिपोर्टमा बाघ भनेर उल्लेख गरिएका ति सबै ठाउँमा चितुवा थिए । चितुवा र बाघ भनेका भिन्नै जनावर हुन । बाघको लम्बाई दुई मिटर ७४ सेमीदेखि तिन मिटरसम्म र तौल १३० देखि २३५ किलो (भालेको बढि हुन्छ) । तर चितुवा १९० सेमीसम्म लामो र तौल ९० किलोसम्म हुन्छ । अब हेर्नुस त यत्रो फरक हुने जनावरलाईपनि दैनिक पत्रिकाले जे पायो त्यहि लेख्छन ।
अहिलेसम्म पाटे बाघ विश्वमै सबैभन्दा उचाईमा फेलापरेको भुटानको थ्रुमसिङ्ला राष्ट्रिय निकुञ्जमा हो । त्यहाँ रिसोर्सेज हिमालयका वन्यजन्तुविद डा प्रल्हाद योञ्जनले पहिलो पटक तिन हजार उचाईमा फेला परेको तथ्य फोटो सहित सार्वजनिक गरेका थिए । जिल्लाबाट त लौ स्थानिय संवाददाताले गल्ति गरे । काठमाडौंमा डेस्कमा बस्नेले के गर्ने रहेछन ? तिनको काम होइन र सच्याउने ? गल्ति कहिलेकाहिँ पो हुने हो लगातार पनि गरिन्छ र ? कि अहिलेसम्म पत्रकारले बाघ पनि देखेका छैनन फोटोमा पनि ?
(तेस्रो फोटो-भूटानमा ३००० मिटर उचाईमा फेला परेको बाघ । यो फोटो डा प्रल्हाद योञ्जनले खिचेका हुन ।)
दैनिक पत्रिकाले बाघ भन्दै कुन कुन मिति र शिर्षकमा दिए झुटा विवरण ?
–घरमा डमरु, परिवारलाई पिरलो (नेपाल साप्ताहिक, वैशाख ९, २०६४) यसमा त चितुवाका बच्चाको फोटोलाई बाघका डमरु भनेर लेखिएको छ ।
–बाघको आक्रमणले गाउँले आतंकित (नयाँ पत्रिका दैनिक, ०८ जनावरि २००८) म्याग्दी जिल्लामा बाघले आक्रमण गरेको भनेर लेखिएको ।
–बाघले चार मार्यो (नयाँ पत्रिका दैनिक, ०९ जनवरी २००८ । डोटीमा बाघले चार ब्यक्ति मार्यो भन्दै प्रकाशित) ।
–बाघको आक्रमणबाट घाईते (कान्तिपुर दैनिक, २२ वैशाख २०६५ । रामेछाप, भलुवाजोर ८ सेलेघाटका रामबहादुर माझी बाघको आक्रमणमा परी घाइते । )
–वृद्धले बाघ मारे (कान्तिपुर दैनिक, १४ मंसिर २०६३ बिहीबार । गुल्मी, रेसुंगा जंगलमा बाख्रा चराउन गएका एक वृद्धले बुधबार दिउँसो हँसियाले हानेर बाघ मारे ।
-बाघको आक्रमणबाट चार गाउँले घाइते (नेपाल समाचारपत्र दैनिक, गोरखाको बोर्लाङ गाविसमा बाघको आक्रमणबाट चार गाउँले घाइते। )
-बाघ आक्रमणबाट मृत्यु (कान्तिपुर दैनिक, २३ जेठ २०६५ ) -बाघ आक्रमणबाट बालिकाको मृत्यु (कान्तिपुर दैनिक, ९ असार २०६५ )