‘धेरै दिन भोकै सुत्यौं, लुगलुग काँप्दै रात बितायौं‘

सन्तोष न्यौपाने / कपिलवस्तु

‘धेरै दिन भोकै सुत्यौं अनि धेरै दिन लुगलुग काँप्दै रात बितायौं‘ रुन्चे स्वरमा १५ वर्षिय विमल विकले भने । उनलाई पढ्ने लेख्ने मन छ । किताब र कापीसित खेलेर भविष्यमा केहि बन्ने ईक्ष्छापनि उत्तिकै छ । तर बिहान र बेलुकाको गाँस जुराउनै तल्लिन हुनुपरेपछि कसरि जाने स्कूल ? दैनिक गुजारा जम्मा गर्नुपर्ने बाध्यताले विध्यालय जान सकिरहेका छैनन् उनी । “पढेर केहि बन्न मन् छ सर । तर खानी कुरो छैन काँबाट स्कूल जानी ?” १० वर्षिय आफना भाई निर्मल विक संग रहेका बिमलको पिडा हो यो ।

आमा बुवाको काखमा लुटपुटिने बेला हो यो । दाजु भाइ र अभिभावकसित घुर्की लगाएर आँगनका डिल र करेसामा भाग्दै र खेल्दै हुर्किने उमेरका वालक हुन् यी । कलम र कापीसित खेल्दै स्कूल जाने बेला । तर समय र परिस्थितिबाट ठगिएका छन् । उमेर नपुग्दै विहान र साँझको गाँस खोज्दै भौतारिनु पर्छ यीनले ।

कपिलवस्तु जिल्लाको पिपरामा बस्छन् यी दाजूभाई  । ५ महिना अघि आमा देउमाया वि क को मृत्यु भएपछि यि दाजुभाई अहिले विचल्लिमा परेका हुन । आफ्नै बाबुले जन्म त दिए तर भविष्य दिन सकेनन् । आमा मरेपछि बाबुले अर्की पत्नी च्यापेर हिँडे । तर आफ्नै बचेराको ख्याल गरेनन् । बाँकी यीनको आफ्नो भन्नु कोहि छैन कसले हेर्नु ? यीनका बाबु कान्छी पत्नीसित कतै लहसिँदै होलान् तर यिनिहरु भने अहिले विहान साँझको एक गाँस र आङ ढाक्ने एक धरो लूगाको अभावमा दिन काटिरहेका छन ।

अध्ययनमा तेज थिए विमल । केहि समय अगाडिसम्म सानीमासित म्याग्दिमा बस्थे । उतैको स्कूलमा कक्षा पाँचमा पढ्थे । तर आफ्नी आमा देउमायालाई छोड्न सकेनन् र उनी आमा कपिलवस्तुमा भएकाले यतै आए । दैनिक मजदुरि गरेर आफ्ना छोराहरुलाई पालन पोषण गर्दै आएकि आमा दूर्भाग्यवस गुमाएपछि तिनको लालनपालन गर्ने कोहि भएन । त्यसपछि यि दुइ नावालकको बिचल्लि भएको हो । अहिले न त यिनिहरुले दिनहु राम्रोसँग खान पाएका छन नत यो जाडोमा न्यानो लगाउन । न ओढने कपडा नै छ । जाडोमा ठुर्र काम्दै दिन काटीरहेछन् यी दाजुभाइ ।

यीनले सुनेका छन् ‘केहि मान्छे मनकारी हुन्छन् अरे । तिनले दिनदुखिको सेवा गर्छन् अरे । असहायहरुलाई बाटो देखाइदिन्छन् अरे । कुनै उपाय लगाइदिन्छन् अरे ।’ त्यसैले जसले चासो राख्छ तिनलाई यी आफ्ना वेदना सुनाउँछन् । तर अहिलेसम्म त्यस्तो मनकारी मान्छे भने फेला पार्न सकेका छैनन् । गास कपासको अभाव खेपिरहेका उनिहरुलाई दुख बिमार पर्दासमेत हेर्ने कोहि छैन । औषधि ल्याइदिने कोहि छैन ।

भाइ निर्मललाइ जेनतेन स्थानिय विध्यालयले पढने ब्यवस्था गरिदिएको छ । तर अध्ययनमन तेज रहेका विमल भने उक्त विध्यालयले यस अघि अध्ययन गरेको प्रमाणपत्र खोजेकाले अध्ययनबाट वञ्चित हुन पुगेका छन । म्याग्दी एक्लै गएर प्रमाणपत्र यी वालकले कसरि ल्याउनु ?

सन्तानको लागि भनेर आमाले २१ धुर जमिन पिपरा कपिलवस्तुमा जोडेर सानो छाप्रो जेनतेन बनाइदिएकि थिइन । अहिले उनिहरु त्यहि छाप्रोमा बस्दै आएका छन । तर फुस्को घर कति दिन टिक्ला ? खरको छानो कहिलेसम्म नफेरी चल्ला ? आमाले बनाइदिएको यो झुप्रो रहन्जुल त हो । त्यसपछि यसैलाई अर्को छाना हाल्ने कसरि ? यसैका बार लगाउने कहाँबाट के ल्याएर ? दिनदिनैको गर्जो टार्ने समस्याले यत्तिपनि सोच्न भ्याएका छैनन् यी जोडी वालकले ।

अहिले दैनिक गुजारा चलाउन मजदूरी गर्ने गरेको विमलले सुनाए । “मैले कहिले २० रुपियाँ दिन्छु । कहिले केटाहरु भोकै भए भनेर चामल दिन्छु ” । उनीहरुको झुप्रो छेउ घर भएकि इन्द्रकला टण्डनले दुखेसो पोखिन “यिनिहरुले धेरै दुख पाएका छन । सहयोग गर्ने कोहि भएमा यनिहरुको भलो हुने थियो ।”

यी वालकलाई सम्पर्क गर्नको लागि ईन्द्रकला टन्डन र समाचार लेख्ने सन्तोस न्यौपानेको सम्पर्क –

Santosh Neupane emails

[email protected]

[email protected]

Indrakala Tandan फोन 00977 9847541791

तपाइँको प्रतिक्रिया