एम्स्टर्डमको रेडलाइटमा तिन नेपाली मुर्छा

‘यसको मूल्य २५’

उता पट्टीका जति सबैको ‘५० यूरो’

‘ह्याँ बाट यताका केटीको सय यूरो’

एम्स्टर्डमको शालिन शहर । भनिन्छ रेडलाइट एरिया । अर्थात् प्रमाणपत्र लिएर यौन आनन्द दिने र रकम लिन बसेका यूवतीहरु । सामानको मूल्य झैं छन् महिला । थरी थरीका भेष । अर्ध नंग्न अवस्था । झ्यालमा बसेर सडकमा हिँड्दै गरेका पुरुषहरुलाई शारिरिक हाउभाउ र कामुक अभिनय देखाएर यौन सन्तुष्टिका लागि बोलाउँछन् । भित्रा को कस्ता मान्छे पस्छन् कुन्नी बाहिरबाट नजर लाउने संख्या भने बाक्लै हुने रहेछ ।

शहर एकै हो । क्षेत्र उहि हो । घरहरु उस्तै छन् । शिशा बाहिर हामी छौं । भित्र ति केटीहरु देखिन्छन् । किन उस्तै क्षेत्रमा बस्ने, यौन आनन्दनै दिने, शरिर बेच्नेहरुको मूल्य फरक फरक ? मलाई जिज्ञासा लाग्यो । क्रिष्णबहादुर बिष्ट यहाँ २२ वर्ष बसेर पारंगत भएका । मध्यान्हमा दुई चार लपेटा हिउँ खसे जस्ता छ्यासमिस फूलेका जूँगामा ताउ लगाएर उनी मुस्कुराए ।

‘२५ यूरो वाला चाहिँ लाहुरी भैसीं जस्तो क्या ।’

‘भन्नाले ?’ मैले जिज्ञासा राखें ।

उनले अर्थ्याए ‘ठूला कल्चौडा भाका भएर ति भद्दा देखिने त्यसैले ति सस्ता ।

‘अनि ५० यूरो त?’

ए ए ति भन्दा अलि साना छाती, अलि राम्रा तर एकदम छुम छुम झैं मन नै भ्रंग हुनेखाले राम्रा होइनन् । त्यसैले ५० यूरो ।’

‘१०० वाला त ?’

‘ति कोरेली क्या । हेर्दै सानो पूठ्ठो । सिलिक्क परेको शरिर । मन पर्ने आकारको छाती । हेर्दै भित्र जाउँ जाउँ लाग्ने, मन नै आकर्षित हुने, उमेरपनि भर्खरका । सारै सुन्दरी के’।

म हरेक कुरोमा जिज्ञासा राख्थें । साथमा साथी पुष्प बरुवाल थिए । उनी ‘लौ न जाम, ल न जाम’ भन्दै हुटहुटी लगाउँदै थिए बाहिर निस्किनकालागि । तर क्रिष्ण बिष्टलाई चाहिँ मलाई राम्रोसित देखाउने रहर । ‘ह्या कहाँ जाने अहिले ? ददीजीलाई सबै देखाउँ न’। पुष्पजीले यो बाटो हिँड्दै पनि बात लाग्लाझैं गरेर हुटहुटिएको देख्दा हामी भने मुर्छा परिपरि हाँस्थ्यौं ।

मपनि सहि थप्ने विष्टलाईनै ‘आ….. हेर्दैमा के हुन्छ यार । मन सफा छ भने के हुन्छ ? नकाम गर्न, भित्र पस्न आएको हो र ? जान्न, बुझ्न, हेर्न पो आको । अब यो मुलुक फेरि आइन्छ कि आइन्न के भर ? आको बेला हेरेर जाउँ न ।’

क्रिष्णजी मैलाई हौस्याउँथे ‘हो त छोरा मान्छेले सबै कुरो जान्न पर्छ क्या’।

पुष्प जी फेरी ‘ल न यो वेष्यालय बाहिर कसैले देखे के भन्ला ? यसैकोलागि आएको भन्छन् । देखेभने बेईज्जत हुन्छ यार । कहिल्यै आ’को थिइन म त ह्याँ । ‘ उनी लाजले पानी पानी भएका थिए । हामी झ्यालबाट भित्र नियाल्थ्यौं, पुष्पजी सडकको पल्लो छेउतिर हेर्दै त्यो द्रिष्यबाट पन्छिन खोज्थे । उनलाई त्यहाँबाट उम्केर भाग्नै हतारो थियो ।

हामी थरी थरीका महिलाका अवस्था, बाध्यता र त्यो क्षेत्रबारे गफ गर्दा गर्दै क्रिष्णजीले भने ‘अलि पर थाइ मसाज छ, त्यहाँ १५० यूरो तिरेपछि सबै थोक । मसाज त के हुने ? यस्सो तेल लगाउँछन्, कुन नशो छुँदा कसरि पुरुषको उत्तेजित क्षेत्रले घेरो चुडालेर बहुलाउँछ तिनलाई थाह हुन्छ । त्यसै गरेर मसाजका नाममा यौन सन्तुष्टी पुरा गराएर कमाउँछन् ।

एम्स्टर्डममा यौन खुल्ला हो । तिनले प्रमाणपत्र लिएरै यस्तो काम गराउन पाउँछन् । कतिपय महिला अफ्रिकी, पूर्वी यूरोप र एशियाबाट  आउँछन् । दुखजिलो काम गरे बाँच्नै मुस्किल हुन्छ कि ठिक्क बाँच्न पुग्छ । केहि बचत हुन्न । त्यसैले ति मध्ये कतिपयले यौन सन्तुष्टीको बाटो रोज्छन् । तिनले मासिक कम्तिमा २० हजार यूरो कमाउने रहेछन् । यहाँ भेष बदलिन्छन् त्यस्तो यौन कार्य गराउँदा । अनि एक वर्ष काम गर्दापनि कम्तिमा दुई लाख यूरो कमाउँछन् । त्यो पैसा लिएर अफ्रिका जाँदा ति धनी हुन्छन् । उहाँ गएर कुनै केटो सित बिहे गरेर बस्नेको संख्यापनि निकै हुने गर्छ । त्यहाँ गयो, सोझो केटो लियो । म त यत्रो पैसा कमाएर आएको यूरोप बसेर भन्यो । तिनको त्यहाँ मान र सम्मान नै चर्को । हातमा दुई तिन लाख यूरो भएपछि मुलुकै खरिद गरम भनेपनि सकिने ।

सुन्दा यौन सन्तुस्टिको काम गाह्रो के हुन्छ र ? यस्तो ठानिएपनि यो पेशा निकै गाह्रो मानिने रहेछ । त्यसैले क्रिष्ण बिष्टका अनुसार यो पेशा एकाध वर्ष भन्दा धेरै अपनाउन सक्दैनन् । यसरि खुल्लमखुल्ला वा बैधानिक रुपमा वेश्यालय खोल्नुको फाइदा यौन बिक्रिति कम हुन्छ । यौन ठगी र यौन जन्य रोग कम देखा पर्छन् । यौनकर्मीहरुको ठगी र अपराध कम हुन्छ भन्ने ठानिने रहेछ । किनभने यस्ता महिलाको निरन्तर स्वास्थ्य परिक्षण हुन्छ । निश्चित मापदण्ड र नियम पालना गरेर निगरानीमा मात्रै यस्तो गर्न पाइन्छ ।

हामी सिसा बाहिर सडकबाट भित्रका यौन कर्मी केटीहरु हेर्दै थियौं । कोहि खुब मुस्कुराउँदै बोलाउँदै थिए । कोहि ढोका खोलेरै बाहिर निस्किएर आकर्षित गर्न खोज्दै थिए । ‘उ यो चाहिँ केटा हो,पुरुष समलिंगी’ उनै क्रिष्ण बिष्टले भने । सिसा भित्रको त्यो ब्यक्ति ठ्याक्कै महिला जस्तो थियो । कपाल, शरिर उस्तै । छाती उसैगरि पुटुम्म फुलेको । लिपिस्टिक लगाएको । ठ्याक्कै महिला जस्तो । तर हेर्नासाथ क्रिष्ण बिष्टले कसरि यो ‘गे’ पुरुष समलिंगी हो भनेर चिने हँ ? पुष्प जी र म मरिमरि हाँस्यौ । जिस्कायौं पनि ‘होइन उता केटीका मूल्य सब कण्ठ, यता गे पनि हेर्न नपाउँदै चिन्ने । यो के चाला हो ?’ । हँसिला, रसिला र हाँसी मजा गर्न बत्तिने क्रिष्णजीले भने ‘थाह भैहाल्छ नी, यहाँ बसेकै २२ वर्ष भयो त यो शहर चिनिन्न र?’ ।

एम्स्टर्डमको झिलीमिली देखाए । स्वतन्त्रता चोक पुर्‍याए दुई जना मित्रले । क्रिषमस र नयाँ वर्षका लागि शहर सिँगारेर दुलही बनाएका छन् । त्यो झिमिमिली र धपक्कै बलेको यो शहर हेर्दै उनले आफ्नो रेस्टुरेन्ट लगे । मर्मत र संभारकालागि दुई तिन महिनाको लागि बन्द गरिएको रहेछ । उनले सुनाए ‘रेस्टुरेन्ट बन्द छ अहिलेको लागि’ । मैले हाँसो गरिहालें ‘केटीका मूल्य कण्ठ गर्दै हिँड्ने, गे को हो भनेर चिन्ने, कुन क्षेत्रमा बस्छन् भनेर हिँड्नै ठिक्क अनि रेस्टुरेन्ट कल्ले चलाओस् र बन्द नहुने त ?’ पुष्पजीका हाँसोका फोहोरा छुटे ।

राजकूमार दिपेन्द्रदेखि प्राधनमन्त्री माधव कुमार नेपाल, निराजन देखि क्रिष्णप्रसाद भट्टराईदेखि पूर्व प्रहरी महानिरिक्षक मोतीलाल बोहोरासम्म आए उनैको शेर्पा रेस्टुरेन्टमा । तिनलाई यहाँ खाँचो पर्दा ‘म छु नी’ पनि भने । सँगै फोटो खिचाए । खाए, पिए हाँसे र रमाइलो गरे । नेदरल्याण्डको यात्रा सफल पारे । तर पछि केहि काम लिनुपर्‍यो भने ? अँहँ तिनले चिन्दैनन् । नेता, कलाकार, प्रहरी अफिसर, गुप्तचरका वरिष्ठ अधिकारी सबै उस्तै हुने रहेछन् । राजकुमार दिपेन्द्र सितको फोटो देखाउँदै गरेका क्रिष्ण विष्टले सुनाए ‘ह्याँ आउँदा पो खाँचो पर्छ र हामी चाहियो, फोटो पनि खिच्यो, उहाँ गएपछि हामीलाई के चिन्थे ?’

हिँड्दा हिँड्दै सपिङसेन्टराको छेवैमा बडेमाका गोट्टी सहितको चेस राखेको रहेछ । जसलाई मन लाग्छ उसिले खेल्न पाउने । क्रिष्णजी रहेछन् चेसका पारखी । म अलिअलि गोट्टी समात्न रुचाउने । बरुवालजी हाँस्ने र फोटो खिच्ने भै गए ।

अलि पर पुगेर फर्किँदा चोकमा आइपुग्यौं झलल बत्तीले सडक उज्यालो बनाएको । क्रिष्णजी उमेरले अझै कलिला नानी झैं उफ्रिएर नाच्न लागे बा ! मच्चामच्चि पर्‍यो नाच्नकालागि । पुष्पजी कलाकार भएपनि यहाँनिर कमजोर देखा परे । हाम्रो भाङभुङे नाचसित के सक्नु !

तपाइँको प्रतिक्रिया