स्पेनमा जम्दै छन् नेपाली
(राजु बस्नेतको बोगाटेल बार्सिलोना बार)
नेपालीहरु यूरोपमा बसाई सरेकै धेरै भएको छैन । करिब ४० वर्षको हाराहारीमा हो । अझ कतिपय देशमा त दुई दशकपनि पुगेको छैन । कतिपयमा दशकपनि । त्यसैले नेपालीहरु यूरोपका महत्वपूर्ण स्थानमा पुग्न भ्याएकै छैनन् । पहिलो पुस्ता हुनाले सिप, भाषा, संस्क्रिति, रहनसहन र थिति सिक्दै, दैनिक समस्याको जोहो र परिवारलाई स्थापित गर्दैमा ठिक्क छ । तैपनि मेहनति, अति मेहनति जातिमा गनिन्छन् नेपाली । एकाध गुनासालाई छोडेर अहिलेपनि यूरोपेलीले एशियाली मध्ये पाएसम्म नेपालीलाईनै रुचाउँछन् काममा । अधिकांश देशमा पाएसम्म काममा खटिहाल्ने नेपालीको स्थिति देखेरपनि नेपालीहरु मेहनति जातिभित्र पर्छन् भन्ने सिद्द हुन्छ नै । त्यसैले हुनुपर्छ थोरै नै संख्यामा भएपनि नेपालीहरु जम्दै छन् ।
स्पेनको वार्सिलोना शहर जसलाई सभ्यतामा पहिलो मानिन्छ, यहाँका मान्छे सौम्य र सुसंस्क्रित अनि सहयोगि मानिन्छन् । यो शहरमापनि नेपालीहरु बिस्तारै महत्वपूर्ण स्थानमा पुग्दै रहेछन् । ब्यापारमा हात हाल्न डराउने भएपनि बार्सिलोनामा भने नेपालीहरुले ब्यापारमा निकै हात लम्काएको पाइन्छ । केहि नेपालीहरु महत्वपूर्ण स्थानमापनि पुग्दै रहेछन् । त्यहाँ अरुपनि केहि नेपाली होलान् नै । मेरो छोटो भ्रमका क्रममा मैले केहि सिमित मात्रै भेटें । त्यसमा यी जोडी हुन् डिक कार्की र सरला सापकोटा । डिक कार्की त्यहाँको विमानस्थलमा महत्वपूर्ण ठाउँमा पुगेका छन् । सरला स्थानिय अस्पत्तालमा नर्स । कार्की र कलाकारितामापनि पोख्त, स्थानिय भाषामा दक्ष । नेपाली राष्ट्रिय गान, राष्ट्रिय फूल लाली गुराँस र शिरमा नेपाली ढाका टोपी । स्पेनिशले संझिनुको कारण र नेपालको माया झल्किन्छ । त्यसैले नेपाल संवन्धि काम पर्दा डिक कार्कीलाई संझने रहेछन् थुप्रै स्पेनिशले । त्यहाँ जम्नेमा मित्र गोपाल रेग्मीकि दिदीपनि पर्ने रहिछिन् ।
छोटो समयमै त्यहाँका नेपालीले ब्यापारका काइदा सिके । सिप जाने । थिति बुझे । स्पेनिस नागरिकलाई विश्वासमापनि लिए । नेपालनै नपुगेका किन नहोउन् स्पेनिश नागरिकले नेपालीलाई निकै विश्वास र माया गरेको पाइयो । बार्सेलोनाको एउटा गल्लीभित्र खोलिएको एभरेस्ट बारमा पुग्दा त्यस्तै स्पेनिस नागरिक देखिए । त्यहाँ आएका केहि स्पेनिस नेपाल कहिल्यै पुगेकै थिएनन् । तैपनि एभरेस्ट बारमा लगातार आउने गरेका । त्यसमा अझ स्थानिय कलाकारको चित्रकला प्रदर्शनीनै रहेछ केहिदिनकालागि ।
नेपालीहरु सानातिन खाजा र नास्ता, पानी र पेय पदार्थका पसलतिरपनि आकर्षित भएका छन् । मासिक ठेक्कामा लिएर पसल चलाएका हुन् ईश्वर नास्तिक शर्माले चलाएका हुन् यो पसल ।
बिराटनगरका रमेशजीको फास्टफूट रेस्टुरेन्ट । असाध्यै मेहनति रहेछन् यी । बार्सेलोनाका नेपाली वाणिज्यदूत लुइस बेल्भिसले मलाई यो देखाउन लैजाँदा ग्राहकको भिडमभिड थियो । असाध्यै विश्वास जितेका रहेछन् यीनले ।
गोपाल रेग्मीका दाजूको पसल ‘काजा नेपाल’ । बाहिर बुद्दको कला पेन्ट गरिएको । नेपालका सामाग्रि बिक्रि गर्ने पसल हो यो । नेपालीले जहाँ जे खोलेका छन् नेपालको प्रचारप्रसार गरेका छन् । नेपल चिनाएका छन् । नेपालीहरु मेहनति हुन्छन् भन्ने सिद्द गरेका छन् । ब्यापारका रुपमा बस्दापनि नेपालको बारेमा ति परिचय दिने गर्छन् । नेपाली हाँसो बाँड्छन् । सामिप्यता साँट्छन् ।
नेपालीहरु साईबरको पसलतिरपनि आकर्षित हुँदै छन् पछिल्लो समयमा । हामी साँझ घुम्न निस्किँदा केहि यस्तै साइबर देखिए नेपालीका । यो बलराम वाग्लेजीको साइबर हो । उनी नयाँ साईबर खोलेर चलाउने तर्खरमा रंगरोगन टाकनतुकन मिलाउँदै थिए ।
त्यसो त नेपालीहरु जहाँ पुगुन् आफ्नो संस्क्रिति, कला, राष्ट्रको माया छोड्न र भुल्न सकेका छैनन् । नेपालका हिमाल, नेपाली झण्डा र नेपालीपन, नेपालकै गफगाफ देख्दा लाग्छ, ति बाध्यताले बिदेशिएपनि ति नेपाली भएरै बाँचेका छन् । यतिसम्म कि बाँसुरीको धुनकालागिपनि तिनले नेपालबाटै बाँसका बाँसुरीनै ल्याएका छन् ।
‘के गर्नु मन त हो है ? आफूलाई नचाहिएपनि दिदीलाई चाहियो’ । गोपालजी यसै भनेर सुनाउँदै थिए । यास्सो बिहान उठ्नासाथ तोरण र झल्लर देखियोस नेपालको मन्दिरमा झैं । साईबाबा झुल्कियुन् । सानो खोपीमा जल राख्ने तामाको अंखोरा उभियोस । सानो थालीमा राता अक्षता होउन् ! तब न नेपाली । यस्तै चाहिएर गोपाल रेग्मीले आफ्नी दिदीलाई बनाइदिएको पूजा गर्ने खोपी । यो आखिर नेपाली हुनुको गौरव न हो ।
नेतालाई चाहिँ हतियारनै प्यारो । दोस्रो विश्व युद्दमा शत्रुको हमलाई परास्त गर्न अग्लो ठाउँबाट समुद्रतिर फर्काएर राखिएको हतियार । अहिलेका उर्जामन्त्री टोप बहादुर रायमाझी बार्सिलोना पुगेका बेला यो हतियार खुब नियालेका रहेछन् । साथीहरु त्यहि सुनाउँथे ।
स्पेनको अति प्रसिद्द साग्रादा फामिलियाल भनिने सयौं वर्ष पुरानो चर्च । विशाल र अति सुन्दर रहेछ । त्यसैका अगाडि क्रिष्ण कार्कीजी मलाई देखाउन लैजाँदा । धार्मिक ग्रन्थका क्रिष्ण भन्दा धेरै सोझा, सौम्य, नरम । स्पेनिश खाना बनाउनमा यि निकै पारंगत रहेछन् । आएका चार वर्षमै स्पेनिस भाषापनि खरर बोल्ने र लेख्न सक्ने भएका मनका टाठा र मेहनती ।

















