चराले हिमाल फ्याट्टै नाघ्नुको रहस्य पत्तो लाग्यो

त्यति अग्ला हिमाल कसरि के का आधाराम नाघ्छन् हँ चराले ? विमानलाई मुस्किल हुने ति चराले सुइँका सुइँ नाघ्ने के हुन्छ तिसित ? मान्छे अचम्मित रहँदै आएका हुन् । थुप्रै तथ्यहरु पत्ता लागेकोपनि हो । तर अहिले मकालु हिमालबाट अनुसन्धान गरेर केहि बैज्ञानिकहरुले यी चराले सजिलै हाम्रा त्यत्रा अग्ला हिमाल कसरि नाघ्छन् त भन्ने नौलो तथ्य फेला पारेका छन् । यो जाडोयाममा खोया हाँसहरु नेपालका अग्ला हिमाल नाघेर भरतीय क्षेत्रमा जान्छन् जाडो छल्न । केहि नेपालतिरै अल्मलिन्छन् । यहि क्रममा बैज्ञानिकहरुले ९ हजार ६ सय ७८ मिटर माथि बाट हिमाल नाघ्दै गरेका खोया हाँसको अवलोकन र अनुसन्धानबाट नौलो तथ्य भेट्टाए । त्यो उचाइ भनेको ब्यापारिक प्रयोजनका लागि उड्ने विमानभन्दापनि माथि हो ।

अहिलेसम्म बैज्ञानिकहरुले के विश्वास गर्दै आएका थिए भने चराको पुच्छरमा ठोक्किने हावा र माथिल्लो भागमा धकेलेर बहने हावाले गर्दा चरा सजिलोसित उड्ने गर्छन् । तर नर्थ वेल्स स्थित  बेङ्गोर विश्व विध्यालयका अनुसन्धानदाता चार्ल्स बिसोपलाई त्यसमा शंका लाग्यो । र उनले नेपालका हिमालमाथिबाट उड्ने खोया हाँसको अनुसन्धान गर्ने निर्णय गरे । त्यो अध्ययन गर्न उनको टोलीले एक दर्जन भन्दा बढि खोया हाँस पक्रेर तिनको ढाडमा सानो थैली जस्तो बाँधे । त्यसमा भूउपग्रह ट्रान्समिसन जोडिदिएर चरालाई छोडियो ।

त्यसबाट प्राप्त तथ्यले उनीहरु छक्कै परे । प्रोसेडिङस् अफ द नेशन एकेडेमी अफ साइन्स, युएसए मा हालसालै प्रकाशित रिपोर्टका अनुसार किनभने यी चरा अपरान्हतिरबाट यात्रा शुरु गर्नुभन्दा कि त बिहानै वा साँझ उड्न शुरु गर्ने रहेछन् । अपरान्हतिरको त्यो बेला प्रथ्वीबाट करिब १२ माइल प्रतिघण्टाका दरले तातो हावा माथितिर बहन्छ । तर विहान र राती भने हावाको बहाव तलतिर हुने गर्छ । त्यो बेला हावा ठण्डा र अलि बाक्लोपनि भएको हुन्छ । त्यसले गर्दा यी हाँसलाई अझ बढि माथि उचालिन सहज हुन्छ । ठण्डा हावाले शरिरबाट उत्पन्न तापलाई चिस्याउन सहयोग पुर्‍याउँछ । चिसो हावामा अक्सिजनको मात्रापनि बढि हुन्छ । त्यसले गर्द अझ उचाईमा उड्न हाँसलाई सहयोग सहज हुछ । उचाईमा पुग्दा हावा नरम हुन्छ ।

उनीहरु अर्को तथ्य देखेर पनि छक्कै परे । हाँसहरुले त्यत्रा हिमाल एकै दिन पार गर्ने रहेछन् । यति अग्लो हिमाल एकै दिन नाघ्न खोया हाँसले १० देखि २० गुणा बढाउनुपर्ने रहेछ अक्सिजनको प्रयोगमा । ठूला पखेंटा, ठूलै फोक्सो, उड्न मुख्य भूमिका खेल्ने मांशपेशीको वरिपरि बाक्लो संयन्त्र हुन्छ । फोक्सोमा अक्सिजनलाई राम्रोसित पठाउने हेमोग्लोबिनको मात्रा जसले चराको श्वास प्रश्वासलाई राम्रोसित संचार गराउँछ । त्यसले उडानमा मुख्य भूमिका खेल्ने मांशपेशीलाईपनि तगडा राख्छ । यि सबैको कारणले खोया हाँस यसरि उड्न सकेका हुन् ।

तपाइँको प्रतिक्रिया