बियरका बोत्तलमा सेक्स गर्न खोज्दा गोब्रे किरा ठहरै
सेक्सका मामिलामा मान्छे त हुरुक्कै हुन्छन् नै । मन्त्री होस् कि प्रधानमन्त्री । पार्टीका जिम्मेवार नेता । उच्च प्रशासक । सेक्सको लागि प्रयास र त्यसैका कारणले पद र प्रतिस्ठा सारा थाँती राख्छन् । त्यसो त, केहि जनावरका बारेमा पनि सुनिने गरेको हो सेक्सका रोचमाञ्चक कहानी । तर सेक्समा पागल बन्यो भन्दैमा बोत्तलसमेत ताक्ने र बोत्तलमाथिनै जाइ लागेर ज्यानै गुमाउने अन्धा जिवपनि हुने रहेछन् ।
हालै अस्ट्रेलियामा गरिएको अनुसन्धान क्यानडाका अनुसन्धानकर्मीले त्यहि तथ्य पत्ता लगाएर अहिले बैज्ञानिक जगतलाई नै अचम्मित पारेका छन् । अस्ट्रेलियाको गर्मी हावापानीमा हुने अस्ट्रेलियन जेवल बिटल्स भनिने गोब्रेकिरा सेक्सका मामिलामा त्यस्तै अन्धा हुने रहेछन् र तिनले बियरका बोत्तललाईनै सेक्स गर्न जाने रहेछन् ।
क्यानेडाको टोरन्टो मिसिसोगा विश्वबिध्यालयका प्राध्यापक विडारिल ज्ञानले अस्ट्रेलियामा अनुसन्धान गरेका थिए । त्यहाँको खैरो रङको बियरका बोत्तलहरुमा भाले गोब्रे किरा टाँस्सिएको देखे । तिनको अनुसधान गर्दा पत्ता लाग्यो, त्यो बियरको बोत्तल सुन्तला खैरो रङको हुने र त्यो गोब्रे किराका पोथीसित ठ्याक्कै मिल्ने रहेछ । पिँधमा अलिकति थेप्चिएको हुन्छ । त्यो बियरको बोत्तल नढलोस भन्नाकालागि थेप्चो पारिने गरेको हो । तर त्यसमा प्रकाश पर्दा चम्किएर पोथीको पखेंटा जस्तै देख्छन् भालेहरुले । अनुसन्धानदाताका अनुसार त्यसबाहेक ति बोत्तलमा भाले गोब्रे किरालाई आकर्षण गर्ने सबै चिज हुने गर्छ ।
अनि भालेहरुले ‘लौ पोथी पाईयो भन्ने सोचेर अस्ट्रेलियाको तातो मौसममा गएर धमाधम लिंग धस्न थाल्छन् बोत्तलमा । त्यसरि सिसामा धस्दा मुलायम लिंग रहने कुरै भएन । अनि भालेहरुको इहलिला समाप्त हुन्छ । विडारिलले यो अनुसन्धान डेभिड रेन्टसित मिलेर गरेका हुन् । यी अहिले नोबेल पुरस्कार बिजेता बनेका छन् ।
अस्ट्रेलियाको पश्चिमी भागमा अनुसान्धान गरेका तिनले सडकको छेउमा गोब्रे किरा बोत्तलमा टाँस्सिएको देख्दा यहाँ पक्कै केहि अचम्म हुनुपर्छ भन्ने अड्कल काटेर अवलोकन गर्न शुरु गरेका थिए । गत २० वर्ष भन्दा बढि समयदेखि त्यसको निगरानी गर्न थालेको विडारिलले बताएका छन् ।
बियरको बोत्तलमा यौनिक आकर्षणको कुनै चिज नभएर खाली त्यसको आकार, रङ र प्रकाशको मिश्रण पोथीसित मिलेकाले भालेहरु बोत्तलमाथि चढ्ने गरेको उनले खुलाए । भालेहरुले बोत्तललाई पोथी ठानेर सेक्सको प्रयास गरिरहँदा अन्तत त्यहिँ मर्ने गरेकोपनि उनले स्पष्ठ पारे । हामीले यत्र तत्र मिल्काउने गरेका फोहोरका थुप्राले दूर्घन्ध मात्रै फैलाउँदैन कसरि महत्वपूर्ण जिवहरुको अस्तित्वमा संकट थप्छ भन्नेपनि यो एउटा उदाहरण हो ।
(फोटो साइन्स पत्रीकाबाट लिईएको हो)







