अभिभावकबिहिन वालवालिकाको दशैं

मोहन स्वरुप (पौडेल) / उत्तरकाशी, भारत

(बालबालिकालाई खाना दिएर प्रसन्न मुद्रामा स्वामी अशिमानन्द तीर्थ)

आज दशैकोंको टिका । सबैले आआफ्नै ढंगले मनाउँदै छन् दशैं । आफन्त भएकाले त हाँसी खुशि मनाउने नै भए । तर आफन्त नहुने, असहाय, केहि नभएका, आफ्ना वाबु आमा नहुने वालवालिका कहाँ जाने ? तर चाड पर्व मनाउन नपाउने, असहायहरुकालागि पनि कोहि न कोहि मनकारीहरु जन्मिएका हुन्छन् नै । अरुका खुशिमा रमाउनेहरु हुन्छन् । त्यस्तै मनकारी स्वामीहरु निस्किए भारतमा । र तिनले आफन्त नभएका, कोहि नभएर दशैंमा टुलुटुलु हेरेरै बिताउनुपर्ने वालवालिकालाई सामूहिक भोज खुवाएर खुशि बनाए। तिनको खुशि र रमाइलोमा आफूपनि सँगै रमाए । यो सामूहिक दशैं भारतको उत्तरकाशीमा मनाइएको हो ।

दशैँको अवसरमा भारतको उत्तरकाशीमा नेपाली परम्परागत संस्कृति झल्काउने टपरी गाँस्दै म आफैं । नेपालको चियाबारीको जिल्ला भनेर चिनिने ईलाममा जन्मिएपनि हाल म यतै उत्तरकाशीतिर बस्छु ।

भारतीय नौसेनाका पूर्व क्याप्टेन स्वामी रामानन्द पनि यो खुशीमा साथ दिन पछि परेनन् ।

(दशैंको खुशि)

दशैकों खुशि अरुलाईपनि बाँड्नुपर्छ भनेर सामुहिक दशैँ कार्यक्रमका आयोजना गर्ने यिनै  स्वामी विष्णु तीर्थ (सन्यास पूर्व विष्णु सापकोटा त्रिशुली बजार)हुन् । उनले आयोजना गरेको यो मनकारी काम केहि वर्षदेखि चलिरहेको छ ।

तपाइँको प्रतिक्रिया