विदेशमा आफ्नो भाषा र संस्क्रिति जोगाउँदै वालवालिका
● सन्तोष न्यौपाने / बेल्जियम
‘’म धेरै पढनेछु
ज्ञानी मान्छे बन्नेछु
आमाबुवालाई खुसि बनाउनेछु’
आमाको म नानु
बाबाको म शानु
आजको लागि भने म सानो भाई ।
प्रतियोगिमा आएका एक शालिन कारन्जितले आफूलाई दर्शकहरुको सानो भाईको रुपमा प्रस्तुत गर्दै आफूले रचना गरेको कविता यसरि वाचन गरे । बेल्जियमको आन्तरपेन शहरमा आयोजित किड टयालेन्ट सो २०११ मा शालिनले यसरि आफैले रचेर ल्याएको कविता वाचन गरेका हुन । केहि वर्ष अगाडि आफना बुवा आमा सँगै बेल्जियम आएका उनलाई नेपाली भाषा अलिअलि मात्र आउँथ्यो । तर केहि महिना अगाडि संचालन भएको नेपाली भाषा कक्षा लिएका उनले आफै कविता रच्ने भएका हुन । सो टयालेन्ट सो कार्यक्रमका प्रतियोगि बनेका उनले देशप्रेम झल्कने कविता को साथमा आफनो परिचय र सन्देश यसरि प्रस्तुत गरे ‘नमस्ते मेरो नाम शालिन कारन्जित हो । मेरो अन्तिम सन्देश छ, सधै सक्रिय भएर आफनो काम गर्नुहोला ।’
सहभागि भाइ बहिनीहरुले राष्ट्रिय गित गाएर टयालेन्ट सो कार्यक्रमको उदघाटन गरे । यसरि रास्ट्रिय गित गाउँदा सबै दर्शकहरु आआफ्नो ठाउँबाट उठेर सबै भाइ बहिनीहरुलाई सम्मान गरे । ‘नमस्कार मेरो नाम जगदिश भटट हो । म १२ वर्षको भएँ । मेरो विध्यालयको नाम द दामेस हो । नेपालमा जहिले पनि शान्ति रहोस।’
केहि वर्ष अगाडि बेल्जियम आएका जगदिशले यसरि आफनो सन्देश छाडदा दर्शकविन्दबाट तालिको गडगडाहट पाएका थिए । नेपाली राम्ररि बोल्न र लेख्न नजान्ने जगदिशले टयालेन्ट सो कार्यक्रम मार्फत आफ्नो नृत्य पनि प्रस्तुत गरे । त्यस्तै गरेर ९ वर्षिय दिपिका केसीले जहाँ गएपनि आफनो देशलाई नभुल्न आग्रह गरिन । प्रतियोगि भाइ बहिनीहरु धेरैले देशलाई निबिर्सन र माया गर्न केहि गर्नको लागि आफ्नो सन्देश मार्फत आग्रह गरे । प्रतियोगितामा समावेश सबै केहि महिना अगाडि मात्र नेपाली भाषा कक्षामार्फत नेपाली सिकेका थिए । सो भाषा कक्षा मार्फत केहि नेपाली सिकेका उनीहरुले आफ्ना खुबिहरु प्रस्तुत गरे ।
बेल्जियमको आन्तरपेन शहरमा रहेका नेपाली भाइ बहिनीहरुले टयालेन्ट सो २०११ कार्यक्रम मार्फत् आआफ्नो टयालेन्ट प्रस्तुत गरे । कार्यक्रममा सहभागि तिनले कविता बाचन, नृत्य, गायन लगायत आफनो परिचयका साथमा अग्रजहरुलाई एक एक सन्देश छाडेका थिए ।
नेपाली भाषा अध्ययन गर्दै गरेका ३० जनाले यो कार्यक्रममा भाग लिए । भाषा र संस्क्रिति भनेको विदेशमा रहेकाहरुलाई एउटै सुत्रमा बाँध्ने धागो हो । यहि नेपाली भाषा सिकेकै कारण विदेशी भूमी बेल्जियममा गएका तथा यहि जन्मेका भाइ बहिनीहरु डच (नेदरल्याण्ड) तथा फ्रेन्च भाषामा अध्ययन गर्दै छन । धेरैलाई नेपाली बोल्न गाह्रो हुन्थ्यो । तर सोफिया महर्जन कार्कि तथा सच्चा कार्किको जोडिले संचालन गरेको नेपाली भाषा कक्षाको कारण आज आन्तरपेनका अधिकांश वालवालिकाहरु यसै गरेर नेपाली भाषामा बोलेर तथा लेखेर आफ्नो राष्ट्रियता झल्काइरहेका छन्, संस्क्रिति जोगाइरहेका छन् ।










