किन रोकिन्थ्यो बारमा नांगो नाच

nepali-culturelle-dance-in-kathmandu-7jpg.jpg

एक पटक खुब चुरीफुरी देखाए ग्रिहमन्त्री वामदेव गौतमले । सडकका नाङ्ला पसले लखेट्ने । रेस्टुरेन्टमा नांगा नाच बन्देज गर्ने । रातीराती आफैंपनि गस्तीमा जाने । खुब रोकौंला झैं गरे । तर के को रोकिनु । झन अहिले त सिमित रेस्टुरेन्टहरुलाई मालामाल भएको रहेछ । रेस्टुरेन्टमा रातको नाच बन्द गर्ने उर्दी जारी त भयो तर निर्धाका लागि । जसको मन्त्री, सांसद (सभासद), प्रहरीमा कोहि छैन । जसको पहुँच छ उसले मजाले चलाईरहेको रहेछ । अहिले राती नांगो नाच देखाउने, काम गर्न राखेका केटीहरुलाई ग्राहकसँग लहसाउने, ग्राहकसँग मदिरा सेवनमा लगाएर कुलत बसाउने र अन्य जेपनि काम भईरहेको छ । बरु बार संचालकहरुले प्रहरीलाई मोटो रकम तिरेर संचालन गरिरहेका रहेछन ढुक्कले

 

ठमेलमा थुप्रै बार त्यसैगरि प्रहरीको संरक्षणमै चलेका रहेछन । कतिपय बारमा त प्रहरीका एसपी, एसएसपी, ईन्स्पेक्टरहरुकै लगानी रहेछ । कतिपयमा चाहिँ तिनले आफ्ना प्रहरीहरु राती सुरक्षकालागि पठाउने रहेछन । अप्ठेरो अवस्थामा जाँच गर्नु पर्‍यो पर्‍यो भने पहिल्यै तिनै प्रहरीलाई उपल्लो निकायबाट जानकारी दियो । अनि ति सतर्क हुन्छन ।

 

nepali-culturelle-dance-in-kathmandu-6.jpg

अघिल्लो महिना काठमाडौंमा के छ नयाँ ? गत केहि वर्षमा परिवर्तन भएको भनेर सोधियो साथीहरुलाई । लौ बार र रेस्टुरेन्ट, नाच र गान, दोहोरी र चौतारी जमेको छ भनेर सुनाए । केहि ठाउँ देखाउनुस नत भनें मैले । लगे साथीहरुले तिन चार वटैमा । ओहो हो हो, कतिपयको हालत त शर्मै लाग्ने । आधा शरिर देखाउने, नाच्दा नाच्दै भित्रि लुगा देखाउने त सामान्य रहेछ । शुरुमा यसो ध्यान तान्नमात्रै ।त्यसपछि त के के हुने के के । लाजै लाग्ने । पचाउनै मुस्किल ।

nepali-culturelle-dance-in-kathmandu-4.jpg

बारको नजिक पुग्नासाथ दाई सुटुक्क आउनुस भन्न थालीहाल्ने । ग्राहक गएपछि मन परोस नपरोस छेउछाउमा केटीहरु हात समाउन आइहाल्ने रहेछन बस्दाबित्तिकै । बस्न पाएको छैन मपनि खान्छु है भन्दै रक्सी मगाउँछन । भर्खर १७, १८ वर्षका यूवतीहरु । केहि गर्नुपर्ने उमेरका । तर ति केहि रकम वा सानो जागिरको लोभैले त होला रक्सीले झुम्म पर्छन । झुम्मिदा झुम्मिँदै तिनले साहु र ग्राहकको इच्छा पुरा गर्नुपर्छ । राती नशाले लठ्ठिँदै कहाँ पुग्छन सायद तिनैलाईपनि पत्तो हुँदैन । केहि पेग रक्सी खान पाएकोमा ति मुस्कुराउँछन । बेदना सुनाउँछन । ग्राहकलाई फकाउन, फसाउन ति सबै खाले सिप, कला र प्रशंसा प्रयोग गर्छन । त्यहि नशा, क्षणिक रमाईलो र दुइ चार पैसाको लोभमा तिनले आफ्नो कल्कलाउँदो उमेर फालिरहेका छन ।

nepali-culturelle-dance-in-kathmandu-5jpg.jpg

त्यस्ता नाच देखेपछि १८, १७ वर्षका अल्लारे केटाहरुलाई के चाहियो । रक्सी थपेको थप्यै गर्छन । झुम्म परेर नाचेको नाच्यै गर्छन ।

nepali-culturelle-dance-in-kathmandu-2.jpg

केहि दोहोरी रेस्टुरेन्टहरु त राम्रै पनि छन । तरपनि भर्खर वैश चढेका अल्लारे किशोरहरुलाई नशा चढेपछि के ? राम्रैसँग नाचगान गरिरहेका गायीकाहरुलाई समात्न जाने रहेछन । त्यहि भएर दोहोरी साँझहरुमा झ्याम्मै गायीकाहरुमाथि हाम्फाल्न नसकुन भनेर बार लगाइएको हुने रहेछ ।

nepali-culturelle-dance-in-kathmandu-3.jpg

पुरुषहरु मात्रै होइन कलाकार महिलाहरुपनि संगित बजाउन कतैकतै त उत्तिकै तगडा देखिन्छन ।

nepali-culturelle-dance-in-kathmandu-1.jpg

त्यस्ता रेस्टुरेन्टहरुमा बिदेशी पर्यटकहरुपनि मौका पाइन्छ कि भनेर नेपाली महिलाहरुको पछि पछि लागिरहेको देखिन्छ ।

खासगरि बारहरुमा साँझ ११ बज्न नपाउँदै बारमा बत्ती रिमरिम मात्रै बल्न थाल्छ । अनि हरेक कहाँ कम्तिमा एक जना त्यस्तै कलीला केटी आईपुग्छन । अनि शुरु हुने रहेछ मालिस गर्ने, अँगालो हाल्ने, शरिर खेलाउने अनि मन लागेको प्रस्ताब राख्ने । त्यहिँबाट संपर्क गर्ने, बेश्याब्रित्ती बढाउने । बार वालाहरुले “अहिले त कडा छ हजुर” भन्दै झन रक्सीदेखि हरेक कुराको मुल्य बढाएर लिने रहेछन । प्रहरीहरु नै संलग्न हुने भएकोले कहिलेकाहिँ ति आफैं रक्सी खाएर झगडा गर्छन । तिनैले प्रहरी बल मगाउँछन । अनि डण्डा खुवाउँछन ग्राहकलाई भनेर सुनाउनेपनि थिए । त्यसलाई लुकिचोरी भन्न पनि मिल्दैन किनकि जुन ग्राहकलेपनि त्यस्ता बारहरुमा पस्न कुनै कठिनाईनै छैन । यसरि प्रशासनिक संरक्षणमा युवा युवतीहरुको भविष्य बिगार्ने, ग्राहक ठग्ने र ब्रिक्रिति फैलाउने काम भैरहेको छ अधिकांश बार र डान्सहरुबाट । अनि हावा खाइरहेको छ ग्रिहमन्त्री वामदेव गौतमको नाटकले।

तपाइँको प्रतिक्रिया