लौ घुमौं दक्षिण अफ्रिका
-दिनेश श्रेष्ठ (दक्षिण अफ्रिका घुमेर)
(अलि सबियाह् भन्ने ठाउँ)
कि त हुन्छ चर्चा एशियाको नै । कि हुन्छ अ मेरिका र यूरोपकै नेपालीका बिच । अफ्रिका नेपालीको न आकर्षण हो न उतिबिघ्न चासो । तर कम्ति सुन्दर छैन अफ्रिका । बिरलै पुग्ने नेपालीहरु भने त्यहाँको प्राक्रितिक सुन्दरता र संस्क्रिति देखेर जति मुग्ध बन्छन् उतिनै त्यहाँको दुख र कठिनाई देख्नुपर्दा मन अमिलो पार्दै फर्किन्छन् पनि । यस्तै पात्र हुन् दिनेश श्रेष्ठ । फ्रान्सेली सेनाका एक जवान उनी अफ्रिकामा तालिमका क्रममा पुग्दा त्यहाँका केहि तस्विर कैद गरेका थिए । त्यहिँ पुग्न नसकेपनि यस पटक लिउँ आनन्द उनका तस्विर हेरेर !!!!
(यस्तो रहेछ शहर )
(शहरको केन्द्र भागमा लागेको हाटबजार)
(त्यहाँको नुनिली पानीको समुद्र । यो सेतो देखिने सबै नुन हो )
(ईमू चरा र म्रिगको पाठोसित रमाउँदै एक अफ्रिकी)
(तल्लो फोटो ला बासेल भन्ने ठाउँ)
(ला कोत)
(यस्ता हुन्छन् मध्यम वर्गका घरहरु)
(जतापनि नुन)
(यो हो ताजुराह भन्ने ठाउँ । सायद पर्यटकिय अकर्षणकालागि बनेका झुप्रा)


















