कतारको खाडीमा हाम्रो एक दिन
-प्रदीप स्री, म्याग्दी
हाल-कतार
हजारौ सपनाहरु मन भरी, झोलाभरी बोकेर कतार पसेकेका लाखौ नेपालीहरु आज आफ्ना बिगतका पलहरु आँखाभरि पोखेर कयौ रस्लाफानमा ग्याँस संगै सिलिण्डरमा भरिएका भरिएका छौं । कयौ होमसाइडमा तेल संगै पेलिएका छौं त कतिले सोफिटलमा बसेर गेटेट खोलिरहेका छौं । कोहि कम्प्यूटरको पर्दामा बसेर ड्रोईङ गर्नेदेखि पसलका काउण्टरमा बसि सामन बेच्नेको पनि कमि छैन यहाँ ।
(नेपालीको पसिनाले ठडिँदै गरेको आधुनिक भवन)
कोहि रात दिन पसिना चुहाएर विशाल भवनहरु ठड्याउँदैछन । बैदेशिक रोजेजगारको सजिलो माध्यम बनेकेको यो कतारमा नेपालबाट दलालको पन्जामा परी ठगिएर आउनेको संख्यापनि नगन्य छ । यो घेरामा कतिले आफ्ना सपनाहरु केही मात्रमा पूरा गरेपनि धेरेका अधुरै छन । जे भएपनि यहाँ बाट भित्रिएको रेमिटेन्सले नेपालको अर्थतन्त्रमा भने निकै सहयोग पुर्याएको नकार्न मिल्दैन । यस्तै यथार्थ बोकेर कतार छिरेको म पनि झण्डै १० महिना भइसकेछ । यो अवधिमा कम्पनिको काम र होस्टेलको भात बाहेक अरु केही भएको थिएन ।
तर गत साता चाही साथीहरुले निकै जमर्को गरेर कम्पनिको गाडीसम्म मिलाएछन । अनि लाग्यौ एक फन्को कतार घुम्न भनेर । बाटामा निकै रमाईलो भयो । रामहरि र कुसुमको दाहोरीले मलाइ एकपटक गाउँघरकोरोदीघरको याद आयो । म सानै छँदा काकाको साथ लागेर रोदेदीघर गएको क्षण नाचिरहन्छअझै मेरो आँखाभरि । तर आजभोली त गाउँघरमा पनि हराइसकेछ रोदी बस्ने चलन । हामी ओखरा भन्ने ठाउँमा गएर सुस्ताउन लाग्यौ ।
कोही साथीहरु बल खेल्न लागे ।
कोही टेन्टमा छिरियो । सबैभन्दा अगाडी बसेर राम दाई हाँसिरहनुभयो निकै बेर । यो समुद्रको छेउमा बसेर यहाँको मनमोहक बातबरण नियाल्न थाले धेरैले ।
कोही साथीहरु पौडी खेलेर मनोरञ्जन लिन थाले । तर म भने क्यामरामा तस्बिरहरु कैद गर्न मै ब्यस्त थिए ।
त्यहि बेला कतै बाट टुप्लुक्क आइपुगेको साथी रामहरि (अघिल्लो र म पछिल्लो) ले लौ संयुक्त फोटो खिचौं एउटा भन्दै हौस्यायो ।
निकै रमाईलो भयो आजको यो दिन समुद्री किनारको छातामुनी बसेर समुद्र नियाल्दै साथीभाईसँग भुल्न पाउँदा । सायद कतार बसाईको सबैभन्दा रमाइलो दिन होला । रमाइलोमै साँझ परेको पनि पत्तै पाईएन । के गर्ने यथार्थ आखिर भोग्नै पर्छ । अनि फर्कियौ मन नलागे पनि ।
( तपाईलाई पनि केहि लेखौं लेखौं लाग्छ कि ?-स्वदेश वा बिदेशमा भएका आफन्त वा ईष्टमित्रका संझनायोग्न घटना। अरुलाई उत्प्रेरित गर्ने, सुझाव दिने वा जागरुक र सचेत तुल्याउने प्रसंग । बिदेशमा भएका सफलता अनि असफलताका कथा । नेपाली नियोग, दुतावास वा संघ संस्थाले गर्ने भ्रष्टाचार, दिएका दुख र सताईएका घटना । आफुले देखे सिकेको, आर्जन गरेको सिप र ज्ञान । नेपाल र नेपालीलाई प्रेरणा दिने काम । नेपाली समाजमा हुने गरेका जमघट आदिको बारेमा नेपालप्लसलाई लेखि पठाउनुहोस । सामाग्रि स्रोत खोलिएको हुनुपर्छ । स्रोत खोल्न नसक्ने अवस्थामा नेपालप्लसलाई जानकारी दिएर गोप्य वा छद्म नाममा पनि लेख्न सकिन्छ । त्यसरि लेख्नेको परिचय गोप्य राखिने छ । तर त्यस्तो लेख रचना वास्तबिक हो, सत्य तथ्यमा आधारित छ भन्ने कुरा नेपालप्लसलाई आश्वस्त पार्न भने सक्नु पर्छ । अन्यथा प्रकाशन गरिने छैन । सामाग्रि तस्बिर सहित भए पहिलो प्राथमिकतामा पर्ने छ । चट्ट मिलाएर लेख्न जान्नै पर्छ भन्ने छैन । सबै व्रिस्तित कुरा लेखि पठाउनुभयो भने भाषा नेपालप्लसलेनै मिलाउने छ । वा नेपालप्लससँग अग्रिम सल्लाह गरेरपनि लेख्न सकिन्छ ।)