तिर्खाउन छाडे रुख विरुवा
जनावर र मान्छे मात्रै होइन तिर्खा रुख विरुवालाईपनि लाग्छ । गर्मी, जाडो, हुरी बतास चलोस जतिखेरपनि तिर्खा लाग्छ । तर मान्छेलाई जस्तै हो रुख विरुवा र बनस्पतीलाईपनि, गर्मी धेरै चर्किँदा तिनको आँतपनि छिटो सुख्छ । गर्मी जति चढ्यो उति बढि तिर्खाउँछन् । तर अहिले रुखविरुवालाई कम तिर्खा लाग्न थालेको तथ्य वैज्ञानिकहरुले पत्ता लगाएका छन् । यो चाखलाग्दो कुरो हैन बरु चिन्ताको विषय हो । के भएर तिर्खा कम लाग्दै गयो त रुखविरुवा र वनस्पतीलाई ?
प्रिथ्वीमा रुखविरुवा र वन जंगल मासिँदै जाँदा अक्सिजनको मात्रा घट्दै गएको छ । कार्बनडाइ अक्साइड भने बढिरहेको छ । अक्सिजन घट्ने र कार्बनडाइअक्साइड बढ्ने गर्दा नदीमा पानीको मात्रा बढ्ने गर्छ । भविष्यमा अझ बढ्ने छ । अमेरिकाको एक्जेटर विश्वविध्यालयको मेट अफिस हाड्ली सेन्टरका बैज्ञानिकहरुका अनुसार कार्बनडाइ अक्साईडको मात्रा बढ्दा रुखविरुवा र वनस्पतीमा पानी पिउने क्षमता घट्छ । वोटविरुवाले यसरि पानी पिउने भनेको माटोमा भएको पानी सोसेर लिने हो ।
त्यसो हुँदा के हुन्छ ? लाखौं करोडौं रुख विरुवा र वनस्पतीले पानी कम पिएपछि घट्नुपर्ने पानीको मात्रा नदीहरुमै रहन्छ । अर्थात् नदीमा पानीको सतह बढ्छ । नदीमा यसरी पानीको मात्रा बढ्छ भन्ने तथ्य त प्रिथ्वीमा बढ्दो तापक्रमको असरले पनि औंल्याइसकेको छ । यसरि रुख विरुवालेपनि पानी कम पिइदिएपछि नदीको सतह अझ बढ्ने भयो ।
यो विश्व विध्यालयका वैज्ञानिकहरुले विभिन्न नदीको ऐतिहासिक अध्ययन गर्दा गतसालनै यो तथ्य फेला पारेको दाबी गरेकाछन् । विरुवाका कारणले नदीमा बढ्न सक्ने पानीको मात्राको असरलाई वातावरणिय परिवर्तनबाट वर्षादमा आएको परिवर्तन जत्तिकै क्षतीपूर्ण हुने दाबी वैज्ञानिकहरुको छ ।
अनुसन्धानमा संलग्न मध्येका एक हुन् यूनिभर्सिटिज अफ स्कूल अफ इन्जिनियरिङ कम्प्युटिङ एण्ड म्याथम्याटिक्सको क्लाइमेट सिस्टम डाइनामिक्सका प्राध्यापक पिटर कक्स । उनको भनाइमा कार्बनडाइ अक्साइडको मात्रा घट्दै जाँदा पानी किफायती हुन्छ र नदीको सतह बढ्छ । वोटविरुवा र वनस्पतीहरुले पानी किफायत गर्दै गएका छन् । अर्थात् कार्बन डाइ अक्साइडको बढ्दो मात्राले रुख विरुवालाई कम तिर्खाउने बनाएका छन् । यदि मौसम बदलीबाट उत्पन्न असरलाई कम गर्ने हो र प्रिथ्वीमा उत्पन्न तापक्रमको प्रभावबाट जोगिने हो भने उनको भनाइमा यो प्रक्रियालाईपनि गम्भिरताका साथ लिनु पर्छ ।





