नमूना गाउँ बारपाक र ‘सेभेन सिस्टर’ को नमूना टोली

धनेश घले / पेरिस, फ्रान्स

बिहान उठेर यस्सो झ्यालबाट चियाउने बित्तिकै नाकैमा ठोक्किन आउने सुन्दर हिउँका चुचुरा । माहुरीका घार जस्ता वारका की पार सेताम्मे हिमाली द्रिष्य । त्यसैमा झन् घामको पहिलो किरण ओर्लिनासाथ ? सुनै सुनको हार जस्ता बन्छन् ति हिमाल । हरियाली फाँट । चिरिर्र चिरिर्र आँगनमा गाउँदै आउने हिमाली छिर्केमिर्के चरा । स्व्च्छ हावा, चिसो हिमालको पानी । गुरुङ र घलेहरुको वस्ती । साँझ लागेपछि झ्याउरे र रोदीको जमघट । त्यसैमा परम्परागत पहिरिनमा सजिएर मुसुक्क हाँस्दै स्वागत गर्ने सोल्टिनीहरु । कतै घुम्नु त यस्तो ठाउँ पो घुम्नु ! फेरी टाढा हो र ?

बारपाक त्यसै बनेको हो र गोरखा जिल्लाकै संभवत सुन्दर र नमुना गाउँ ? मान्छेलाइ हुरुक्क पार्ने केहि नभए किन बन्थ्यो यो पर्यटकिय गाउँ । जिल्ला सदरमुकाम गोरखाबाट करीब १८ कोष टाढा र समुन्द्र सतहदेखि १९५० मीटरको उचाईमा छ बारपाक । बौद्ध हिमालको काखमा रहेको बारपाक उतरमा लाप्राक, दक्षिणमा सौरपानी,पूर्वमा गुम्दा र पश्चिममा घ्याचोक गाबिस सम्म फैलिएको छ ।

त्यसो त यो गाउँको ईतिहास आफैमा कम्ति रोचक छैन । घले राज्यको उपमा पएको यो गाउँलाई गजे घलेको नामबाट पनि चिन्न सकिन्छ । दोस्रो विश्व युद्वमा वहादुर प्रर्दशन गरेको भन्दै ब्रिटिस सरकारबाट भिक्टोरीया क्रस पाउने गजे त अहिले छैनन तर पनि यो गाउँलाई गजे घलेको गाउँ भन्दा कसैको दुई मत नरहला । दरौदी खोलाको किनारै- किनार भालुस्वारा, ध्वोटेनी,बालुवा हुँदै रान्गरुंगबाट करीब साढ़े दुई घन्टाको ठाडो उकालो चढेपछि पुगिन्छ यो गाउँ । अहिले कच्ची गोरेटो बाटोको सुबिधा पनि उपयोग गर्न सकिन्छ । यही बाटो भएर पर्यटकहरु बौद्ध हिमाल, गणेश हिमालको दृश्यलोकन गर्न जान्छन ।

बास्त्वमा बारपाक प्राकृतिक र भौगोलिक दृष्टीले अतिनै रमणीय स्वच्छ हावापानी भएको ठाउँ हो । यसको हिमाली भेगमा निर्मसी, जटामसि, पाँचऔंले र यार्षागुम्बा जस्ता दुर्लब जड़ीबुटीहरु पाइन्छन् । बनस्पति तथा बोटबिरुवामा बेसी भेगमा साल, सिसौ र हिमाली भेगमा धूपी सल्ला साथै मनोरम घाँसे मैदानहरु छन । जिव जन्तुमा के छैन यहाँ ? चितुवा, हिमाली भालू, म्रिग र हरर वासना आउने कस्तुरी यहिँ पाइन्छन् । राष्ट्रिय चरो डाँफे र दूर्लभ मानिएको मुनाल अनि कालिजसमेत यहि गाउँको वरिपरि छम छम नाचेको देखिन्छ । जाडो याममा जति जाडो बढ्दै गयो हिमाली भागमा यी पन्छी उति तल्लो भागतिर ओर्लिने हुँदा यीनलाई अझ सजिलोसित देख्न पाइन्छ ।

फागून चैत्र देखि नेपाली नयाँ वर्षतिर पुग्नुभयो भने यहाँका बन जंगलमा रातैरातो गुरास र सेतो फुलहरूले त्यहिँ टाँस्सिएरै बसिराखौं झैं बनाउँछन् । जति उचाइमा गयो त्यति नै रमणीय हिमालको पहाड़ र प्राकृतिक  दृश्य देख्न सकिन्छ । माम्चे डाँडा, धर्जे डाँडा जस्ता ठाउँमा पुगेर बिभिन्न दृश्यलोकन गर्न र अग्लो ठाउँमा आइपुगेको जोकोहिलाई भान हुन्छ ! हरेक बर्ष २ देखि ३ महिना बारपाक गाउँमा निकै जाडो हुन्छ । कहिलेकाही सेतो हिउँले गाउँनै छप्पक्क छोपिदिँदा त यहाँको वातावरणमा एक प्रकारको नौलोपन थपेको महसूस कसलाई नहोला ?

यहाँ मुख्य घले, गुरुङ विश्वकर्मा र परियार ग़री ९ /१० हजार जनसंख्या रहेको छ भने घले र गुरुङको बाहुल्यता छ । करीब ११०० सय देखि १२०० जति घरधुरी रहेको बारपाक गाउँका घरहरु आफ्नो आफ्नो सैलीमा निर्मित भएको पाइन्छ । यहाँको बासिन्दाहरू मर्दा पर्दा गरिने कर्म काण्डहरु बौद्ध धर्मंसँग आधारित छन भने थोरै संख्यामा क्रिश्चियन धर्मं अनुसारपनि चल्ने गर्छ । यो गाउँबाट करीब ४० मिनेटको पैदल यात्रा गरे त्यहाँको गुम्बा पनि घुम्न सकिन्छ । बारपाकीहरुले प्रमुख मान्ने चाड पर्वमा दशैं, तिहार, ल्वोसार, बुद्ध जयंती, माघे संस्क्रिति हुन् । यतिबेला पुग्ने हो भने यो गाउँमा त झन यहाँको कला, संस्क्रिति र संस्कारसितै रम्न पाइन्छ । यसैमा रमाउन त पुगेका थिए नी हाम्रा राष्ट्रपती डा रामवरण यादवपनि ।

गाउँको लोक सस्कृतिको चर्चा गर्ने हो भने मारुनी नाच एक चर्चित मानिन्छ भने लोकदोहोरी भनेपछि सबै गाउँले युवा तन्नेरी देखि बूढ़ापाखा हुरुक्क हुन्छन् । यहाँका बासिन्दाहरुको मुख्य पेशा र आयस्रोत भनेको कृषि र पशुपालन नै हो भने धेरै थोरै सैन्य सेवा र बैदेशिक रोजगारमा छन् । प्रथम र द्रितिय बिश्वयुद्ध यता धेरै नै संख्यामा बारपाकी जवानहरु भारत, बेलायत सैन्य सेवामा र केहि सिंगापूर पुलीसमा कार्यरत छन । यहाँको खेतिपाती तथा अन्न बालीमा मकै, गहुँ, कोदो, जौ,धान, आलू, भटमास आदि हुन भने पशुपालनमा भेडा बाख्रा,गाई भैसी, कुखुरा आदि ।

बारपाक गाउँमा बिक्रम सम्बत २०१७ सालमा प्राथमिक तहको पाठशालाबाट यहाँको शैक्षिक    बिकासको यात्रा सुरु भएको हामीले थाहा पाएका छौं भने हाल गाबिस भित्र मात्र ५/६ वटा प्रावि, एक उच्च मावि सञ्चालनमा छन । स्थानीय उच्च माविमा करीब १२०० बिद्यार्थी अध्यन गर्छन । २०४८ सालमा बीर बहादुर घलेले निजी लगानीमा जलबिधुत उत्पातन सुरु गरेपछि २४ सै  घन्टा गाउँ बारपाक झलमल्लै छ । खाना पकाउने,पानी तताउने, काठको काम, मिल आदि कामको लागी गाउँलेले सास्ती धान्नू परेको छैन । जलबिधुतको बिकाससँगै ग़ाउँमा बिकास निर्माणको लहर नै आएको छ । २०५५ सालमा रान्गरुंग खोलाबाट माथि गाउँ सम्म २.३ किमिको रोप -वे  सेवा पनि सञ्चालन भएको थियो तर केहि बर्ष पछि प्राबिधिक तथा प्राकृतिक प्रकोपको कारण अबरुद्ध हुन पुग्यो !

२०५५ मा नमूना गाबिस घोषणा भए देखि गाउँमा निकै परिवर्तनका राम्रा भएका छन् । साथै स्थानीयबासीमा पनि बिभिन्न चेतना, ज्ञान गुणको कुरो बिकास भएको छ । सामाजिक तथा गाऊ बिकासको लागी सम्पूर्ण बारपाक बासी लागिपरेको र गाउँ भित्रै संघ संस्था, क्लव  खोलेर बिकासको मूल फुटाउन होड़बाज़ी नै चलेको छ । तर पनि लाहुरे, ब्यापार ब्यवसाय तथा रोजगारको खोजीमा युवाहरु बिदेशीनुले एक प्रकारको धक्का लागेको छ गाउँको विकासमा ।

सुन्दर र पर्यटकीय गाउँ मानिएको वारपाक नेपाल भ्रमण वर्ष २०११ को तयारीको लागी जुटन थालेको छ । त्यसको पुरै तयारीको लागी सेभेन सिस्टरको समूह भनेरसमेत चिनिने कुमारी घले सहितको टोलीको ठुलो हात छ । सामान्यतया तपाइ घुम्न जाँन मन लागेका कस्तो ठाउँको कल्पना गनु हुन्छ  सफा सुन्दर र मिलन सार मानिस भएको स्थान । जहाँ जाँदा स्वर्गीय आनन्द आवस । अग्लो भिरमा वसेर चारै चिर हिमाल देख्न पाइयोस । हो यस्तै यस्तै कल्पना गर्नेहरुका लागी घरर्तीकै स्वग हो भन्दा हुन्छ वारपाक ।

गोरखा समरमुकाम देखी उत्तरमा रहेको यो गाउँमा घले गुरुङ्ग र परियार जातीको विशेष वसोवास रहेको छ । वडा नम्वर ४ ५ ६ ७ ८ र ९ गरी छ वटा वडा मिलेर वनेको गाउँ नै वारपाक गाउँ हो । पहिले पहिले गोरखा वजार देखी हिडेर जानुपर्ने यो गाउँमा केही साता अगाडी देखी हलुका सवारी साधन समेत चल्न थाले पछि यहाँ घुम्म जानेहरुको भिड नै लागेको छ ।

के यती विकट ठाउँमा पनि यति ब्यवस्थीत गाउँ हुन सक्छ ? के यस्ता मिलनसार मानिस भएको ठाउँ जहाँ कहिँ पाइन्छ ? यस्तै यस्तै कुराले भिजेको दिमागलाई दुई दिने वसाइमा त्यहाँका मानिसले मनै पग्लने गरी स्वागत विदाई गरे पछि कल्पना भन्दा वाहिरको गाउँ रहेछ वारपाक भन्ने लागेको हो ।

यही गाउँमा हुर्की वढेकी हुन दल कुमारी घले । यी नै हुन वारपाक गाउँलाई नेपाल भ्रमण वर्ष २०११ को तयारीको लागी दिन दुई गुणा र रात चार गुणा काम गरीरहेका छन । उनले यही गाउँलाई चिनाउनका लागी केही महिना अगाडी मात्र वारपाक र वरपर रहेको पर्यटकीय स्थलको डकुमेन्ट्री समेत निर्माण गरी सकेकी छिन । उत्त कार्यका लागी नेपाल पर्यटन वोड पोखराले पनि सहयोग गरेको थियो ।

अहिले उनी वारपाकमा नै वसेर कसरी आफ्ना गाउँका दाजुभाई तथा दिदीवहिनीहरुलाई विदेशी तथा स्वदेशी पर्यटक गाउँमा भित्रउदा के फाइदा हुन्छ भनेर दैनिक भलाकुसारी गर्ने गर्छीन भने अन्य वहिनीहरु काठमाण्डौंमा वसेर वारपाककी आमाहरुलाई पौढ कक्षा संचालन गर्दै छन । पुष्पा भिमकुमारी, खेमकुमारी, आशा पुर्णीमा र दिल कुमारी जस्ता उनका होनाहार वहिनीहरुले उनका यो कार्यलाई सहयोग गरीरहेका छन् ।

दल कुमारीकै प्रयासमा अहिले वारपाकमा होम स्टे अर्थात पाहुना घरको अवधारणा अनुसार २० घर भन्दा वढी घरमा एक देखी दुइ वटा कोठा छुट्टाइएको छ भने त्यसमा चाहिने सामानको तयारी समेत भैरहेको छ । अन्य घरहरुमा पनि यस्तै काम गर्ने तयारी उनको भैरहेको छ । “धेरैले कुरा वुझदैनन । घर घरै गएर संझाउँदा मेरो दिन जान्छ” दल कुमारी घलेको गुनासो छ ।

तपाइँको प्रतिक्रिया