फोटोमा जिवजन्तु (फोटो ब्लग)- ३

मित्रहरु, कति राजनितिको मात्रै चर्चा गर्ने है ? कहिलेकाहिँ त यस्सो राजनितिलाई थान्को लगाएर बाहिरि जगतमा आँखा लगाउँदापनि आनन्द आउँछ नी ! मैले आज फेरी बिभिन्न स्रोतबाट मलाई प्राप्त भएका जिवजन्तुका तस्बिरहरु राखेको छु । हेर्नुस् है त ?

स्नोइ आउल भनिने हिउँमा रमाउने लाटो कोसेरोको जर्मनीको हिउँमा रमाउँदै गरेका बेला राती खिचिएको अघिल्लो भाग। फोटो- जुलियन स्टातेन्सुल्ट / इपिए

भारतको पबितोरा वन्यजन्तु आरक्षमा बच्चा सहितको गैंडा । गैंडाहरु हिँड्दै गर्दा किराहरु उड्नाले तिनलाई खान यसरि बकुल्लाहरु झुम्मिने गर्छन् । गैंडाको शरिरमा रहेका किर्ना र किरा यि चराले खाइदिनाले गैंडाको स्वास्थ्यलाईपनि हित गर्छ । फोटो- देशाकल्यान चौधरी / एएफपी /ग्रेटी इमेजेज

चितवनको राष्ट्रिय निकुञ्ज भएर बग्ने रापती नदीमा उडीरहेका चखेवाका जोडी । चखेवाका जोडी दिर्घकालसम्म छुट्टिँदैनन् भन्ने विश्वास गरिन्छ । रापती नदी बसाइ सरेर आउने थुप्रै चराको छोटो र लामो कालको बिश्रामस्थल हो ।  फोटो-  प्रकाश माथेमा / एएफपी / गेट्टी  इमेजेज

जर्मनीको लियबेरोजस्थित वनको तिलिया रुखमा मानव मुटुको आकारभित्र पलाएको एक विरुवा । फोटो – पेट्रिक प्लिउ / एपीए

जंगलमा बाघ ओहोरदोहोर गर्ने ठाउँमा राखिएको क्यामरामा बाघको तस्विर। बाघको संख्या पत्ता लगाउन यसरि बाघका संभावित वासस्थानमा क्यामरा जोडेर छोडिन्छ र बाघ क्यामरा अगाडि पर्नासाथ क्यामरा आफैं तस्विर खिच्छ । यो तस्विर भारतको मध्ये भागमा खिचिएको हो । वन्यजन्तु विशेषज्ञहरुले बाघका पाइला हेरेरपनि बाघको संख्या पत्ता लगाउन सकिने बताउँदै आएका छन् । तस्विर -यादेन्द्रदेव झला / द गार्डियन दैनिक ।

सिनो लुकाउँदै चितुवा। अफ्रीकी देश तान्जानियाको सराङगेटी राष्ट्रिय निकुञ्जमा म्रिग (थोम्सन्स गजेल भनछ यो म्रिग लाई आङ्ल भाषामा) मारेर रुखमा लुकाएको सिनो कुर्दै गरेको चितुवा। चितुवाले अरुबाट जोगाउन यसरि सिनो लुकाउँछ र हप्तौंसम्म खाने गर्छ । फोटो- टोनी करुम्बा एएफपी / गेट्टी इमेजेज

जर्मनीको जमिनमा सूर्यास्त हुँदै गर्दा आहारा टिप्न हतारिएका हुपर स्वान (हाँस) । बसाइ सर्ने थुप्रै यस्ता चराले खुल्ला ठाउँमा बिताउँछन्  जाडोयाम । फोटो- पेट्रिक प्लिउ / एपीए

फूलको रस लिँदै गर्दा फूलमा परागसेचन गर्दै माहुरी । अमेरिकाको क्यालिफोर्निया स्थित एउटा सामुद्रि किनारको होटेलमा खिचिएको हो यो तस्विर । फोटो- माइन नेल्सन / इपिए

बेलायतको दुङ्गानेसमा तारमा रमाइरहेका डाङ्रे चरा । फोटो- स्टेफान वारमुथ रोयटर्स

अल्बानियामा २ यूरो (करिब २ सय नेपाली रुपियाँ) लिएर भालूसित फोटो खिचाउने पेशागत फोटोग्राफर । वातावरणवादीहरुले यसरि जनावर प्रयोग गर्ने काम  अपराध मानिने कानुन ल्याउन अल्बानिया सरकारसित माग गरिरहेका छन् । फोटो- आरमान्दो बाबानी / इपिए

तपाइँको प्रतिक्रिया