बेल्जियममा मारिएका हजारौं नेपालीको चासो कसलाई ?

(यस संवन्धि व्रिस्त्रित लेख यहाँ क्लिक गरेर वा तल्लो लेखमा गएर हेर्न सक्नुहुन्छ ।)

(बेल्जियमको इपेर भन्ने ठाउँमा प्रथम विश्वयुद्दमा मारिएका नेपालीको नामावली नियाल्दै महेश थापा । अधिवक्ता थापा अहिले प्रथम विश्वयुद्दमा त्यहाँ मारिएका नेपालीको नालीबेली खोज्नमा तल्लिन छन्) ।

दोस्रो विश्व युद्दका कथा र गाथा धेरै कहिन्छन् । पढिन्छन् । दोस्रो विश्व युद्दमा मारिएका नेपाली सैनिकको चर्चा निकै हुन्छ । त्यो युद्दमा मारिएका बेलायती गोर्खाली सेनाको क्षतिपूर्ति बारे अझै दाबी गरिन्छ । तर त्यसरी नेपाली पहिलो विश्व युद्द (सन् १९१४-१९१८) मा पनि निकै मारिएका थिए । त्यसरी नेपालीको ठूलो संख्या बेल्जियमको इपेरमा पनि मारिएको रहेछ । तर त्यस बारे चासो न त सरकारलाई छ । न त भूतपूर्व गोर्खाली सैनिक संगठन लाइनै ।

गोर्खा रेजिमेन्ट्स अन्तर्गत बेलायतीका लागि काम गर्ने नेपाली सैनिकहरू त्यहाँ लड्न आएका रहेछन् । इपेरमा कति नेपाली आए होलान् यति नै भन्न सकिँदैन । त्यहाँका पुराना फाइलहरू हेर्दा करिब १० हजार नेपालीको उपस्थिति थियो कि भन्ने अनुमान गरिन्छ । तर बेलायतीहरुले प्रथम विश्व युद्दमा इपेरमा मारिएका आफ्ना सैनिकको संझनामा बनाएको स्मारकमा भने ७०, ८० जनाको मात्रै नाम उल्लेख छ ।

नेपालीहरु गोर्खा रेजिमेन्ट अन्तर्गत भारतमा बेलायतीकालागि काम गरेपनि नेपालीहरु बिभिन्न रेजिमेन्ट अन्तर्गत आएका थिए भन्ने स्मारकमा कुँदिएको सूचीले देखाउँछ ।

जर्मन एलाइन्स र ब्रितिस एलाइन्स अन्तर्गत युद्द भएको हो त्यहाँ । त्यहाँ विभिन्न देशका सैनिकहरुले लडे, मारिए । अहिले आआफ्ना देशले आफ्ना सैनिकको संझनामा यस्ता ससाना स्मारक बनाएका छन् । तर नेपालीको भने केहि छैन । त्यहाँ अरु देशका सैनिकको नाम देख्ने तर नेपालीको नदेख्दा नेपालीको मन चस्स छुन्छ । यहाँ उभिएका देब्रेतिरका महेश थापा हुन् र दाहिनेतिरका शेरबहादुर छन्त्याल ।

त्यहाँ भारतीयहरुले आफ्ना सैनिकको संझनामा बनाएको स्मारक । भूतपूर्व गोर्खा सैनिक संगठनले आफ्ना सैनिकको खोजिनीति, उचित क्षतिपूर्ती र तिनको समानमा आफैंले स्मारक बनाउनुपर्नेमा  त्यहाँ पुगेका गोर्खा सैनिक अधिकारीहरु यहि स्मारकमा सलाम ठोकेर भारतभक्ति देखाउने गर्छन् । के भूतपूर्व गोर्खा सैनिकप्रतिको अपमान होइन र ?

त्यति बेला जर्मन सैनिकहरुले त्यो शहर पुरै ध्वस्त पारेका रहेछन् । यूद्द कालको धव्स्त शहरको तस्विर हेर्दै एक महिना र वालिका ।

ध्वस्त शहर (अघिल्लो तस्विरमा) लाई पूनर्निर्माण गरेर अहिले फेरी यस्तो सुन्दर पारिएको छ । यो शहर हेर्न निकै पर्यटकहरु पुग्ने गर्छन् ।

त्यहाँ मारिएका सैनिकहरुको सम्मानमा चढाइको पुष्प गुच्छाहरु । इपेर एउटा ठूलो पर्यटकिय क्षेत्रमा पर्छ बेल्जियमको । त्यहाँ पुग्नेहरुले आआफ्ना देशका सैनिकको संझना र सम्मान यसैगरि गर्छन् ।

ईसाइहरुका सबैभन्दा ठूला पादरी पप जोन पोलपनि पुगेका रहेछन् प्रवचन दिन एक पटक त्यहाँ । त्यो बेला उनको प्रवचन सुन्न लागेको हो यो भिड ।

शत्रु पक्षका सैनिकको आक्रमण रोक्ने र बचेर प्रत्याक्रमण गर्न बनाइएको हो यो ।

शत्रु पक्षसित बचेर आफ्ना सुरुङहरुमा आवत गर्ने यस्ता मार्ग थुप्रै बनाएका रहेछन् त्यहाँ ।

(यसका अधिकांश तस्विर शेर बहादुर छन्त्यालले खिचेका हुन्) ।

तपाइँको प्रतिक्रिया