बल्ल मनायौं हामी फ्रान्सेलीले तिहार

सिल्भियान दलापियर / तियज ओत-साभ्वा, फ्रान्स

हामी फ्रान्समा बस्ने मान्छेलाई चाड पर्वकै दिन फूर्सद मिल्दैन । नेपाली पर्वका दिन यहाँ बिदा पाइँदैन । हामी जुन दिन फूर्सद हुन्छ त्यही दिन मनाउँछौं । त्यसैले हामीले गत १४ तारिख मात्रै मनायौं । कार्य व्यस्तताको कारणले गर्दा मैले यी तस्विरहरू हिजो मात्रै पठाउन सकेँ । त्यस दिन हामी नेपाल र नेपाल प्रेमी सय बन्दा बढि फ्रान्सेली र केही नेपालीहरू जम्मा भएका थियौँ । जमघट र पर्व मनाउँदा अर्थपूर्ण होस् भनेर युद्द प्रभावित अनाथहरूको शिक्षामा खर्च गर्ने उद्देश्य थियो । तिहार मनाउन आयोजना गरेको थियो कार्य (KARYA) भन्ने संस्थाले जुन नेपालका युद्द प्रभावित वालवालिका पढाउन सक्रिय छ ।  नेपालको पर्व मनाउन पाउँदा हामीलाई असाध्यै रमाइलो लाग्छ । नेपाल र नेपालीसित निकट हुन पाइन्छ । नेपालको माया र सम्झनालाई ताजा बनाउन पाइन्छ । त्यसैले नेपाल र नेपालीसित संबन्धित कुनैपनि काम गर्न पाउँदा, भेला हुन पाउँदा हामी रमाउँछौ ।

त्यसदिन हामीले लक्ष्मी पूजा गर्‍यौं । बत्ती बाल्यौं र देउसी भैलो झैं खेल्यौं ।

कार्यक्रममा आउनेलाई स्वागत कक्ष यस्तो बनाइएको थियो ।

नेपालका बौद्द मन्दिरमा झैं ध्वजा पताका  र तोरणसोरन झुण्ड्याएर नेपालमय बनाइएको थियो । यी सबै नेपालबाटै ल्याइएको हो ।

वालवालिकालाई झर्को नलागोस । ति पनि रमाउन् भनेर वालवालिकाकालाई रंग लगाउने, कला भर्ने, खेल्ने छुट्टै कक्ष बनाइएको थियो ।

कार्यक्रममा आउनेहरुबिच नेपालको प्रवर्धनपनि त गर्नु पर्‍यो नी ! नेपालका बिभिन्न क्षेत्र, जात र जाति, प्राक्रितिक र ऐतिहासिक सम्पदा झल्काउने तस्बिरहरुको प्रदर्शनी थियो ।

यो चाहिँ ध्यान बस्ने ठाउँ । कार्यक्रममा आउनेले ध्यान बसेरपनि फरक स्वाद लिउन् नेपालको भनेर ध्यान बस्ने ठाउँको ब्यवस्थापनि थियो ।

कसले पकाउने यत्रा मान्छेलाई सेल रोटी ? सिमित नेपाली र बाँके सबै फ्रान्सेली मिलेर शेर्पा झोल, दाल, भात, तरकारी र टिमुरको अचार खाइयो ।

एउटा गोलो भाँडोमा नेपालको परिचय बोकेर बसेकी गुरुङसेनी वा तामाङ्नी आमै ।

तपाइँको प्रतिक्रिया