पेरिसमा नेपालीसँगै मनाए फ्रान्सेलीलेपनि म्हपूजा
-कविन्द्र कायस्थ / पेरिस
तिहार त सबैले मनाउँछन् तर नेवार समुदायले मनाउने मह पूजा (स्वयं पूजा भन्ने अर्थ लाग्छ) भन्ने भिन्नै खालको हुन्छ । तिहार जस्तै लागेपनि यो भिन्न हो म्ह पूजा । आफूले आफैँलाई गर्ने पूजा हो म्ह पूजा । तर यसमा पूजा गर्दा बत्ती, फूल अक्षता लगायतका सामाग्री भने आमा दिदी र भाउजूहरूले दिएर सहयोग गर्ने रहेछन् । नेपाली सांस्क्रितिक ग्रिह पेरिसले पहिलो पटक यो म्ह पूजा आयोजना गरेको थियो पेरिसमा शनिवारका दिन । त्यो म्ह पूजामा भागलिन पहिलेनै नाम दर्ता गराउनुपर्ने थियो । त्यसमा दुई दर्जन जतिले नामा लेखाएका रहेछन् । पूजा लगाउने र सगुन लिने काम चाहिँ सबै जसोले गरे । 
यो पूजामा फ्रान्सेलीहरूको पनि उल्लेख्य रूपमा सहभागिता थियो । नेपालनै गएकालेपनि यस्तो पूजा हत्तपत्त देख्न पाएका हुँदैनन् । त्यसैले होला पेरिसमा भएको म्ह पूजामा सहभागी फ्रान्सेलीहरू असाध्यै रमाएका थिए । नेवार बाहेकका अन्य समूदायलाईपनि यो निक्कै आकर्षक बन्यो । यो किनपनि आकर्षक बनेको थियो भने नेपालमा जसरी मनाइन्छ म्ह पूजा ठ्याकै नेपालमै त्यसैगरी नै मनाइएको थियो । यसका लागि आकर्षक सामाग्री सबै नेपालबाट ल्याइएको थियो ।











