भोली माओवादी उपाध्यक्षलाई पेरिसमा कालो झण्डा

नेपालमा संबिधान नबनेसम्म नेपालबाट आएका कुनैपनि मन्त्री, सभासद र राजनितिक पार्टीका नेतालाई स्वागत नगर्ने बरु कालो झण्डा देखाएर बिरोध गर्ने निर्णय यस अघिनै गरिसकेका हुन् फ्रान्स निवासी नागरिक समाजका सदस्यहरुले । त्यहि निर्णय अनुसार भोली एकिक्रित नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई बिरोध गर्ने निर्णय गरिएको छ ।

उनी तिन दिने पेरिस भ्रमण मा आ इपुगेका छन् । उनलाई भोली नेपाली राजदूत निवासमा कालो झण्ड सहित बिरोध गरिने निर्णय भएको छ । बिरोधको कार्यक्रम अपरान्ह ४.३० देखि ५ बजेसम्मकालागि तय गरिएको छ । उनलाई बिरोध गरिने कार्यक्रममा सहभागि हुन नागरिक समाज पेरिसको तर्फबाट आग्रह गरिएको छ । यस अघि केपी ओलीको भ्रमणलाई बिरोध गरि बिरोधपत्र दिए झैं उनलाईपनि नागरिक समाजको तर्फबाट बिरोधपत्र दिइने छ ।

तपाइँको प्रतिक्रिया