परदेशी

-राजाप्रेमशुन्य /क्यानडा

वर्स्यो है झरी आँगनैभरि हिउँद मासैमा

छोडेर गयौ परदेशी भयौ बैँसको बेलैमा

दिनमा दिन म गन्दै बसें मायालु यादमा

यादमाथि याद थपिँदै गयो यो एक्लो ठाउँमा !

 ०००००००००००००००००००००००००००००

एक्लो यो मनमा तर्कना धेरै परदेशी भूमिको

सपनी देख्छु टोलाई बस्छु हाँस-खेल गरेको

टाढामा टाढा कति हो टाढा त्यो मुगलान देशपनि

आएनी हुन्थ्यो कहिले काहिँ सपनी झैँ गरी ! !

 ०००००००००००००००००००००००००००००

बिहानीपख कराउँछ चरी चिर्बिरे भाखैमा

उज्यालो छरी उदाउँछ घाम डाँडा र पाखामा

नबिर्स साथी त्यो तिम्रो गाउँ जन्मेर र हुर्केको

हातमा हात मिलाईकन हाँस-खेल गरेको ! ! !

(राजाप्रेम क्यानडाको डिपार्टमेन्ट अफ प्लान्ट  एग्रिकल्चर अन्तर्गत गुयल्फ विश्व विद्यालयमा पिएचडी अध्ययनरत छन्)  ।

तपाइँको प्रतिक्रिया