गन्तब्य

-सागरिका

बाटो छ लामो जानु छ टाढा

मन्जिल हो कहाँ कस्लाई के त्यहाँ

नजाने पनि जानै त्यहाँ पर्ने

नमाने पनि पुग्नै त्यहाँ पर्ने

को पापीको पुण्य कमाएका पण्डित

को भिखारीको महलमा बस्ने ख्वामित

के को लोभ के को घमण्ड साथी

लाने हो कस्ले साथ सुनको भकारी

खाली हात आयौ जाने हो खाली

आज अरुको त भोली तिम्रै होला पाली

जानी जानी यो सब तिमी किन मुर्ख बन्छौ

धर्ती आमालाई अझ कती टुक्रा गर्छौ

इस्वरले त बनाए एकै जातिका सब मानव

जाती र धर्ममा अझै कती बिभाजित गर्छौ

अलग होला बाटो मन्जिल त्यही हो

कोशी बगे पनि लुक्लामा जलेपनि

हामी सबैको गन्तब्य उही हो ।

त्यसैले भुली सब द्वेस र राग

सबै मिली गाऔ शान्तिको पाठ

बसुन्देव कुटुम्बको गीत सुनाई

सबैको घाउमा राख मलहमको थाप ।

(लुक्ला दुर्घटनामा दिवङत भएका सम्पूर्ण नेपाली अनी बिदेशी आत्माहरुको चिर शन्तिको कामना गर्दै उनिहरुलाई समर्पित सानो कबिता)

तपाइँको प्रतिक्रिया