युग र म

विद्या सापकोटा निर्जला 

म एउटा निरिह मान्छे, 

मैले एक छाकको जोहो गर्न नसकिरहेको बेला, 

मेरा सन्ततिहरु, ल्यापटप नसके मोवाइल किनिदिन भनिरहेका छन् ।। 

म खालि पैताला सडक नापिरहेको बेला, 

मेरा भविष्यहरु, कार नसके मोटर साइकल (भनि) चिच्याइरहेका छन् ।।  

मेरा बच्चाहरु फि नतिरेकोले गलहत्तिइरहँदा, 

मेरा साथिहरु तारे होटलमा करोडौंको वाजी लगाइरहेका हुन्छन् ।। 

मेरा नानीहरु प्रेममा पागल बनिरहेको बेला, 

मेरै प्रतिनिधित्व गरेर स्टार वनेको नायक‘, लेभल तोकिरहेको छ ।। 

म नुन किन्न नसकेर छटपटाइरहँदा, 

मेरै अर्धागिङ्गी यस्तो उस्तो नभएमाइत जाने घुर्की देखाइरहेकी हुन्छे ।। 

साँच्चै यो के भइरहेका छ ? दोष दिउँ त कसलाइ दिउ ? 

सायद ! अबुझ होइनन् मेरा आफ्नाहरु, 

फड्को मारिरहने समयकेा खेल मात्र हो 

कमजोर पनी हैनन् मेरा नानीहरु

  पासा थापिरहनेशकुनीनियतीको खेल हो ।।    

साँच्चै, यो युग मलाइ हराउन हात धोएर लागि परेको छ 

यो समय मलाइ अत्याउन भुत वनेर पछ्याइरहेको छ ।। 

म एउटा निरिह मान्छे, न त, जीवन ढल्न दिन सक्छु  

न त सम्हालेर जीउन नै सक्छु, (कोहि त) भन म के गरु ?

 

कल्याणपुर ७, नुवाकोट

 

हाल : शंकरदेव कलेज, काठमाडौं ।

[email protected]/[email protected]  

 

तपाइँको प्रतिक्रिया