बोकियो भारी

दिलिप योन्जन / अमेरिका

बोकियो भारी जिन्दगी भरी, उकाली देउराली

सम्झिँदा पनि झर्दछ आँसु, सुखको चौतारी

 °°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

सबैको  हाँसो खुसी, मै रहेछु अभागी

बिताउँदैछु नि दुखिया जीवन, आँसुले पखाली

 °°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

चुहियो छानो छैन मानो,  मुसा कराउने

आङको लुगा आङैमा फाट्दा, मान्छे रमाउने

°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°° 

दुखिको दुख कसले देख्ने, भगवान मूर्तिको

ब्यथा पिडा जिन्दगी रैछ, अभागी खप्परको

 °°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

धर्म गरुँ जातै सानो,  दिँदैन ढोग्नलाई

मागेरै बित्यो सकिएन हक, खोसेर लिनलाई

तपाइँको प्रतिक्रिया