विश्व साइकल यात्रीसित पेरिसमा दशैं
नेपाली विश्व साईकल यात्री ढाकेस्वर क्षेत्री पेरिस आइपुगेका छन् । क्षेत्री संगै हिजो पेरिसवासी नेपालीले दशैं मनाए । साइकल यात्रामा क्रममा देखे भोगेका दुख सुख र अनुभव पनि सुनाए । हिजो सबै नेपालीलाई दशैं मनाउन नेपाली दुतावासले साँझका लागि निम्ता गरेको थियो । त्यहि कार्यक्रममा आइपुगेका थिए साईकल यात्री ढाकेश्वर । उनी बेल्जियमको भ्रमण सकेर आइपुगेका हुन् । सन् २००४ को डिसेम्बरबाट विश्व साईकल यात्रा शुरु गरेका उनी झापा दमकका हुन् । ५४ वर्षका उनले हालसम्म ३८ मुलुकको यात्रा गरिसकेका छन् । हालसम्म उनको साइकलले करिब ५५ हजार किली नापीसकेको छ । विश्व शान्ति र बन्धुत्वको भावना लाई फैलाउन र नेपाल तथा नेपालीलाई चिनाउन उनले यो यात्रा गरेका हुन् । पेरिसको दशैं आफुलाई अन्यत्र भन्दा फरक र रमाईलो लागेको उनले प्रतिक्रिया दिए ।
आफ्ना अनुभव सुनाउँदै थिए उनी नेपालीहरुसित । यात्राको शुरुवात र अन्त्य नेपाली झण्डासहितको उनको बोर्डले नै बताउँछ ।
राजदूत दम्पत्तीसित विश्व साईकल यात्री ढाकेश्वर ।
साईकल यात्री छेत्रीलाई नेपालीहरुका माझ प्रस्तुत गर्दै दुतावासक काउन्सिलर जिवन प्रकाश श्रेष्ठ ।
दशैं मनाउन फ्रान्सेली महिलाहरुपनि सारी, ब्लाउज र कुर्था सुरुवालमा आएका थिए । तिनलेपनि नेपाली सँगै नाचगान गरे । टिका लगाए ।

गाउँघर र परिवारबाट टाढा रहेपनि पेरिसमा नेपाली युवा युवतीहरु जमघट गरे र टिका लगाए, रमाए ।
टिकापछिको भोज: दशैंको टिका पछि यसरि संयुक्त भोज गरेका थिए पेरिसमा केहि युवा युवतीहरुले ।
-विश्व साईकल यात्री अब फ्रान्सबाट बेलायत आउँदै छन् । उनको भ्रमणलाइ सहयोग गर्न त्यहाँका नेपालीहरुलाई आग्रह छ । उनको सम्पर्क फोन- ००३२ ४८५ ३०३ ७८४




![DSC04923[1]](http://www.nepalplus.com/wp-content/DSC049231.jpg)





