नेपालका माओवादीमाथि भारतको गम्भिर आरोप

भारतीय राजदूत राकेश सुदमाथि नेकपा माओवादीका कार्यकर्ताले आठ जोर जुत्ता प्रहार गरेको ५ दिन पछि भारतले त्यसको बदला लिन हो वा संयोग हो नेपालका माओवादीमाथि गम्भिर आरोप लगाएकोछ । भारतले आफ्ना कुटनितिज्ञमाथि माओवादीले चिन बिरोधी गतिबिधी गर्न खोजेको आरोप लगएझैं भारतका माओवादी गुरिल्लाहरुलाई माओवादीका जनसेनाले तालिम दिइरहेको समाचार प्रकाशित गराएको छ । हिजो प्रकाशित ईण्डियन एक्सप्रेस दैनिकले त्यस्तो आरोप लागाउँदै समाचार प्रकाशित गरेको हो ।

एक्सप्रेसका अनुसार सयौं भारतीय नक्सालिस्टहरुले अहिले नेपालमा गुरिल्ला तालिम लिइरहेका छन् । त्यो भन्दा खतरा आरोप त अझ के लगाइएको छ भने ति गुरिल्लाहरुलाई अर्को आतंककारी संगठन लस्कर ए तोइबाले निरिक्षण गरिरहेको छ । यहि अक्टोबर पाँच तारिखका दिन भारतीय ग्रिहमन्त्रीले पश्चिम बंगालका ज्यादै प्रभावित आठ राज्यका सरकारलाई त्यहाँका मओवादीहरुको नेपाल र भारतबिच भैरहेको चलखेल बारे पूर्ण विवरण दिँदै चनाखो र सतर्क रहन निर्देशन दिएका छन् ।

भारतीय ग्रिह मन्त्रीले पठाएको पत्रलाई उल्लेख गर्दै ईन्डियन एक्सप्रेसले गत जुन ८ तारिखका दिन आन्द्र प्रदेशका पाँच माओवादी बिहारबाट नेपालको मलंगवा हुँदै प्रवेश गरेका थिए । त्यसको नेत्रित्व गर्ने थिए- कमरेड पंकज । नेपाल पुगेका उनीहरुलाई २० जनसेनाले तालिम दिइरहेका छन् । समाचारमा केपनि उल्लेख गरिएको छ भने नेपालमा २३४ वटा माओवादी तालिम केन्द्र छन् जहाँ बिनोद गुरुङ, प्रकाश महतो लगायतकाले निरिक्षण गरिरहेका छन् ।

 थप-

ईन्डियन एक्सप्रेसको अनलाइन संस्करणमा समाचारको अन्त्यमा भारतीय ग्रिह सचिव जिडी गौतमाको प्रतिक्रिया राखिएको छ । त्यहाँ उनले भारतीय माओवादीहरुलाई नेपालका माओवादी जन सेनाले तालिम दिएको कुनैपनि जानकारी आफुलाई नभएको उल्लेख गरेका छन् । उनले भनेका छन्-

 “I am not aware of such things (training of Indian Maoists by Nepalese Maoists). But in any case we are on guard,” state Home Secretary G D Gautama said.

तपाइँको प्रतिक्रिया