जिवन
-सुर्य प्रसाद ‘सिकारु‘
बर्षै भेलको झरि हो कि बसन्तको सुवास जिवन
दुइ मुटुको मिलन् हो कि बिछोडको पिडा जिवन
संसारलाइ भुलाउने ममताको पोखरिमा
आखाँबाट झरिदिने अश्रुधारा हो कि जिवन
फुल अनि काँडा सँग रमाउँदै बहकिँदा
हावासँगै बगिजाने सिमलको भुवा जिवन
मायालुको जालो बुनि बियोगमा अल्झाएर
बोतलमा राखिएको मादकताको पेय जिवन
बिहानिको किरणसँगै अनन्तताको भित्र
मायालुको न्यानो काखको प्रमोदको आश जिवन
एक पछि अर्को गर्दै युगान्तकारि पर्खाइमा
आसै आसमा बाँच्नुपर्ने झुपडिको बास जिवन
दुइ मुटुको मिलन हो कि बिछोड्को पिंडा जिवन