—–कहिलेसम्म ?????????

विद्या सापकोटानिर्जला 

पूजा गर्दै थिएँ, 

भलादमी मान्छे पप्पिसँगै मन्दिर पस्यो 

निर्माणकर्ता/शिल्पकार ढोका बाहिरै घचेटियो 

यो अपमान कहिलेसम्म ? ? ?

 

खेत खन्दै थिएँ 

तथानाम गर्दै ठालुले बाली उठायो 

किसान दाइ जुवामा नारिइरहेका थिए 

यो थिचाइ कहिलेसम्म ? ? ?

 

पाइला चाल्दै थिएँ, 

सम्य पुरुष पजेरोमा हुइँहुइँ बतासियो 

कुको निशानी, प्लाष्ट्रिक बटुल्दै थियो 

यो अन्याय कहिलेसम्म ? ? ?

 

शहर घुम्दै थिएँ, 

धुर्त केटो मिठा भाषण बाँड्दै थियो, 

गाउँले साथि पार्सपोर्ट/भिसा मिलाउँदै थिए 

यो असमानता कहिलेसम्म ? ? ?

 

 

काली मन्दिर गएको  थिएँ 

भक्तहरुले न्यायको माला जप्दै बली चढाए 

घरकी देवी दमनले उग्राउँदै थिइ 

यो देखावटी कहिलेसम्म ? ? ?

 

आवेदन दिदैं थिएँ, 

भुडे नेताले विकासे प्रतिवेदन सुनाएर 

पर्र ताली बज्दा, जनता भोकै मर्दै थिए 

यस्तो झुट कहिलेसम्म ? ? ?

 

यो ………….कहिलेसम्म ? ? ?

“Happy Bijaya Dashamee”  

: [email protected] / [email protected] 

 

तपाइँको प्रतिक्रिया